04/09/2026
'सरकार असफल भयो' भन्दै आक्रोश पोख्ने पुराना दल र नेताहरूको नियतमाथि प्रश्न!
विपद्को यो कठिन समयमा सरकारलाई सही सल्लाह, रचनात्मक सुझाव र हिम्मत दिनुको साटो केही पुराना दलहरू सत्ता गुमेको पीडा र आक्रोश मात्र पोखिरहेका छन्। नेताहरू देशका ऐना हुन्, मन भक्कानिए पनि उनीहरूलाई रुने वा जनताको मनोबल गिराउने छुट हुँदैन। तर, पुराना नेताहरूमा त्यो मानवता देखिएन। उनीहरूको यस्तै हर्कतले गर्दा नै आज उनीहरू अस्तित्वको अन्तिम बिन्दुमा पुग्दै छन् भन्ने अनुमान लगाउन सकिन्छ। जनताको आँखामा छारो हाल्ने र सत्ता स्वार्थका लागि मात्र काम गर्ने पुरानो बानी उनीहरूले अझै छोडेका छैनन्।
पुराना नेताहरूकै आरोपलाई मान्ने हो भने पनि दोषी त उनीहरू आफैँ देखिन्छन्। "सरकारले बेलैमा उद्धार गर्न सकेन, पर्याप्त साधन-स्रोत भएन, सुरुङबाट उद्धार गर्न लामो समय लाग्यो" भन्ने उनीहरूको आरोप कतिसम्म न्यायसंगत छ? जम्मा ५ महिनाअघि बनेको नयाँ सरकारलाई देश गरिब बनायो भन्न मिल्छ र? विगत ३५ वर्षसम्म पालैपालो राज गर्दा देशलाई आधुनिकीकरण गर्न यी पुराना दलहरूलाई कसले छेकेको थियो? संकटको बेला उद्धार गर्न चाहिने आधुनिक सामग्री र प्रविधि किन जुटाएनन्? वर्षौंसम्म भ्रष्टाचार र लुट मच्चाएर देशलाई खोक्रो बनाउनेहरूले नै अहिले ठूला कुरा गर्नु अलिकति पनि सुहाउँदैन!