07/08/2026
📢 अष्ट्रेलिया जनगणना (Australia Census) २०२६ – तपाईंको सहभागिता अत्यन्तै महत्वपूर्ण छ।
🗓️ Census Night: ११ अगस्ट २०२६ (मंगलबार)
अष्ट्रेलियामा बसोबास गर्ने जनगणनाको रात (Census Night) मा देशभित्र रहेका लगभग सबै व्यक्तिहरू जनगणनामा समावेश हुनुपर्छ। यसमा:
✅ अष्ट्रेलियाली नागरिक
✅ Permanent Resident
✅ विद्यार्थी (International Students)
✅ Temporary Visa Holder
✅ Visitor/Tourist (त्यो रात अष्ट्रेलियामा भए)
सबै जना पर्दछन्। सामान्यतया एउटै घरमा बस्ने सबैको विवरण एकै Census फारममा समावेश गरिन्छ। यदि आवश्यक परे, छुट्टै फारम भर्ने व्यवस्था पनि उपलब्ध छ।
किन Census महत्त्वपूर्ण छ?
तपाईंले दिएको जानकारीका आधारमा सरकारले भविष्यका योजना बनाउँछ, जस्तै:
🏥 अस्पताल तथा स्वास्थ्य सेवा
🏫 विद्यालय र शिक्षा
🚌 सार्वजनिक यातायात
🛣️ सडक तथा पूर्वाधार
🏘️ स्थानीय समुदायका सेवा
💼 रोजगारी तथा अन्य सरकारी योजना
यसबाट नेपालबाट आएका समुदायसहित अष्ट्रेलियाका सबै समुदायको वास्तविक आवश्यकता बुझ्न र उचित सेवा तथा बजेट योजना बनाउन मद्दत पुग्छ।
Census गर्नु अनिवार्य (Compulsory) हो। सही र सत्य जानकारी दिनु प्रत्येकको कानुनी दायित्व हो।
थप जानकारी वा Census पूरा गर्न:
🔗 Australian Bureau of Statistics (ABS): https://www.abs.gov.au/census
🔗 Census सुरु/पूरा गर्ने: https://start.census.abs.gov.au
हाम्रो सहभागिताले नै हाम्रो समुदायको सही प्रतिनिधित्व गर्छ। आफ्नो Census समयमै पूरा गरौं र अरूलाई पनि जानकारी गराऔं। 🇦🇺🇳🇵