Canon Sikkimese

Canon Sikkimese Politics is Unconditional Service.

07/07/2026

The Hon’ble Chief Minister Shri Prem Singh Tamang-Golay Sir attend the on-going Sikkim Paryavaran Parv 2026 and “A Day for Mother Earth” today.the initiative of Government’s commitment to protecting nature and building a greener future.

03/07/2026
मार्ताम - रुम्तेक निर्वाचन क्षेत्रका लागि एसकेएम पार्टीको नवस्थापित कार्यालय उद्घाटन। पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्...
24/06/2026

मार्ताम - रुम्तेक निर्वाचन क्षेत्रका लागि एसकेएम पार्टीको नवस्थापित कार्यालय उद्घाटन।
पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरुण उप्रेतीले जनसुविधाका लागि गरे समर्पित।।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको मार्ताम - रुम्तेक निर्वाचन क्षेत्रका लागि नयाँ स्थापना गरिएको पार्टी कार्यालय उद्घाटन गरिएको छ। साजोङमा स्थापित उक्त कार्यालयको उद्घाटन पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरुण उप्रेतीले गरे। कार्यक्रममा क्षेत्र विधायक सोनाम भेञ्जोङ्पाको पनि विशेष उपस्थिति रहेको थियो। मन्त्री उप्रेतीको आगमनमा बाइकर्स टोलीले एस्कर्ट गरेको थियो। कार्यालय उद्घाटनपछि उनले आयोजित जनसभामा सहभागिता जनाए। दीप प्रज्वलन तथा राज्यगानसँगै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो। आफ्नो सम्बोधनमा मुख्य अतिथि, मन्त्री उप्रेतीले पार्टीको नीति तथा सिद्धान्तबारे प्रकाश पारे। उनले अहिले नै चुनाउ भए मार्ताम - रुम्तेक समष्टिबाट एसकेएम पार्टीले बहुमत सहित विजय हासिल गर्ने दाबी गर्दै यस क्षेत्रका अधिकांश शीर्ष नेताहरू एसकेएममा आबद्ध रहेको बताए। पार्टीमा नयाँ र पुराना सदस्यबीच कुनै विभेद नरहेको उल्लेख गर्दै उनले पार्टी अध्यक्ष तथा सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको नेतृत्वमा सम्पूर्ण सिक्किम एकताबद्ध रूपमा अघि बढ़िरहेको स्पष्ट पारे। यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै विधायक भेञ्जोङ्पाले नवस्थापित पार्टी कार्यालय जनसुविधाका लागि समर्पित गरिएको बताए। उनले मार्ताम - रुम्तेकलाई सबैभन्दा विकसित क्षेत्रमध्ये एकका रूपमा उल्लेख गर्दै एसकेएम नेतृत्वमा समष्टिको विकासको गति अझ तीव्र बन्दै गएको बताए। कार्यकर्ताहरूलाई जनताको सेवा गर्दा कसैलाई ‘मेरो मान्छे’ नभन्न आग्रह गर्दै उनले सम्पूर्ण जनता एसकेएम पार्टी तथा अध्यक्ष प्रेमसिंह तामाङका हुन् भन्ने विचार प्रकट गरे। कार्यक्रममा अन्य वक्ताहरूले पनि सम्बोधन गर्दै आ-आफ्ना विचार व्यक्त गरेका थिए। कार्यक्रममा एसकेएम पार्टी गान्तोक जिल्ला अध्यक्ष छुङछुङ भुटिया, नारी उपाध्यक्ष प्रभारी तथा मेयर छिरिङ पाल्देन भुटिया, युवा महासचिव योगेन राई, साङ्गठनिक प्रकोष्ठकी संयोजक गङ्गा प्रसाईँ, समष्टि अध्यक्ष ठाकुरप्रसाद शर्मा, महासचिव इन्द्र दाहाल, ओएसडीहरू जीवन सुब्बा, सोनाम छोडेन भुटिया, अध्यक्ष पवन प्रसाईँ, पार्टी कार्यकर्ताहरू लगायत स्थानीय जनताको उपस्थिति रहेको थियो।

18/05/2026

Honoured moment as the Chief Minister of Sikkim, Prem Singh Tamang Golay sir, arrived in an SNT City Runner bus to witness the SPL Final — a true example of simplicity 🙏

Address

Gangtok

Website

Alerts

Be the first to know and let us send you an email when Canon Sikkimese posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share