21/05/2026
कर्मचारीहरूको निम्ति सरकारले जारी गर्यो नयाँ नियम।।
पश्चिम बंगाल सरकारको मुख्य सचिव कार्यालयले सरकारी कर्मचारीहरूका लागि नयाँ आचारसंहिता सम्बन्धी परिपत्र जारी गरेको छ।
1,
यो नियम All India Service (AIS), West Bengal Civil Service, Police Service तथा राज्य सरकार अन्तर्गतका सबै कर्मचारीहरूमा लागू हुनेछ।
2,
सरकारी अनुमति बिना कुनै पनि निजी वा प्रायोजित मिडिया कार्यक्रममा सहभागी हुन पाइने छैन।
प्रेस वा मिडियालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरकारी कागजात वा सूचना उपलब्ध गराउन प्रतिबन्ध लगाइएको छ।
3,
सरकारको पूर्व स्वीकृति बिना समाचारपत्र, पत्रिका, रेडियो कार्यक्रम वा अन्य प्रकाशनमा लेख लेख्न, सम्पादन गर्न वा व्यवस्थापनमा संलग्न हुन रोक लगाइएको छ।
4,
केन्द्र वा राज्य सरकारको नीति तथा निर्णयको सार्वजनिक आलोचना गर्न निषेध गरिएको छ।
कुनै पनि भाषण, अन्तर्वार्ता, प्रसारण वा सामाजिक मिडियामार्फत सरकारविरुद्ध नकारात्मक टिप्पणी गर्न नपाइने उल्लेख गरिएको छ।
5,
केन्द्र–राज्य, राज्य–राज्य वा विदेशी राष्ट्रसँगको सम्बन्धमा असर पर्ने सामग्री प्रकाशन वा प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ।
6,
नियम उल्लङ्घन गरेमा सम्बन्धित सेवा आचारसंहिता अनुसार कारबाही हुन सक्ने चेतावनी दिइएको छ।
उक्त सर्कुलर 19 मे 2026 मा पश्चिम बंगाल सरकारका मुख्य सचिवद्वारा जारी गरिएको हो।