BJP Kurseong Vidhan Sabha

BJP Kurseong Vidhan Sabha Bharatiya Janata Party is an organisation built on certain principles. Its strength is its cadre.

It is not centered around any individual, leader, family or dynasty. Its driving force is national approach to all issues rising above caste and religion.

02/08/2026

खरायमा भारतीय जनता पार्टीको महत्वपूर्ण संगठनात्मक बैठक सम्पन्न

भारतीय जनता पार्टी (भाजपा) द्वारा आज खरायमा एक महत्वपूर्ण संगठनात्मक बैठक सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा गोराबारी सेन्ट मेरीज मण्डल समितिका पदाधिकारी, पार्टीका वरिष्ठ नेतागण तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकको मुख्य उद्देश्य पार्टी संगठनलाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउँदै स्थानीय तहमा पार्टीको आधार विस्तार गर्नुका साथै जनसमुदायमाझ पार्टीको नीति, सिद्धान्त, विकासप्रतिको प्रतिबद्धता तथा आगामी कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी गराउनु रहेको थियो।

कार्यक्रमका क्रममा उपस्थित नेताहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका विचार, सुझाव तथा समस्याहरूलाई गम्भीरतापूर्वक सुने। साथै, आगामी दिनहरूमा जनहितका कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने, प्रत्येक घर–घरमा पुगेर पार्टीका विचार, योजना तथा केन्द्र सरकारका जनकल्याणकारी योजनाहरूको जानकारी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

बैठकमा सहभागी सम्पूर्ण कार्यकर्ताहरूलाई पार्टीलाई अझ सुदृढ, संगठित तथा जनमुखी बनाउन एकजुट भएर सक्रिय रूपमा कार्य गर्न आह्वान गरिएको थियो।

उपस्थित पदाधिकारीहरू

1. मण्डल अध्यक्ष
2. मण्डल उपाध्यक्ष
3. मण्डल महामन्त्री
4. मण्डल सचिव
5. मण्डल कोषाध्यक्ष
6. जिल्ला कार्यसमिति सदस्य
7. शक्ति केन्द्र प्रमुख
8. शक्ति केन्द्र संयोजक
9. बूथ अध्यक्ष
10. मोर्चा अध्यक्षहरू
11. मण्डल पदाधिकारीहरू
12. वरिष्ठ कार्यकर्ताहरू
13. भारतीय जनता पार्टीका सक्रिय कार्यकर्ताहरू

27/07/2026

27/07/2026

खरसाङ टाउन चिम्नी देउराली मण्डल ११ कमिटीद्वारा १९८६ आन्दोलनका अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण।🙏🌺

आज मण्डल अध्यक्ष श्री संजय थापाको नेतृत्वमा, मण्डल ११ का समर्पित कार्यकर्ताहरू तथा भूतपूर्व सैनिकहरूको गरिमामय उपस्थितिमा, चिम्नी देउराली मण्डल कमिटीले १९८६ सालको ऐतिहासिक गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात तथा अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्यो।

हाम्रो भाषा, संस्कृति, पहिचान, स्वाभिमान र अस्तित्वको रक्षाका लागि आफ्नो रगत बगाउने ती वीर शहीदहरूको बलिदान कहिल्यै बिर्सन सकिँदैन। उहाँहरूको त्याग, साहस र समर्पणले आज पनि हामी सबैलाई सत्य, न्याय र अधिकारको मार्गमा अघि बढ्न प्रेरणा दिइरहेको छ।

अमर शहीदहरूको सपना, बलिदान र संघर्षप्रति हामी सधैं सम्मान व्यक्त गर्दै उहाँहरूको आदर्शलाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

अमर शहीदहरू अमर रहून्।
जय गोर्खा। जय हिन्द।🙏

26/07/2026

Hon'ble Prime Minister Shri Narendra Modi ji has constituted a High-Powered Task Force on Examination Reforms under the leadership of Shri Nandan Nilekani to make India's examination system more transparent, secure, and future ready. 🇮🇳
Sonam Lama Raju Bista Sanjeev La Harsh V Shringla

26/07/2026

अन्याय हामि सहने छैनौ
हामी गोर्खा ❤️
Raju Bista Sonam Lama

26/07/2026

Bharat Mata Ki Jay 🙏🏻
Raju Bista

Transparent Exams. Equal Opportunities. Strong India.
23/07/2026

Transparent Exams. Equal Opportunities. Strong India.

शिवखोला ग्राम पञ्चायत पनि पूर्णरूपमा भारतीय जनता पार्टी (भाजपा) को झोलीमा!आज भारतीय जनता पार्टी (भाजपा) तिनधारे–महानदी म...
20/07/2026

शिवखोला ग्राम पञ्चायत पनि पूर्णरूपमा भारतीय जनता पार्टी (भाजपा) को झोलीमा!

आज भारतीय जनता पार्टी (भाजपा) तिनधारे–महानदी मण्डलअन्तर्गत शिवखोला–सिपाहीधुरा ग्राम पञ्चायतमा सम्पन्न फ्लोर टेस्टमा प्रधान तथा उपप्रधानविरुद्ध भएको मतदानमा भाजपा पक्षले स्पष्ट बहुमत हासिल गर्दै नयाँ प्रधान र उपप्रधान चयन गर्न सफल भएको छ। यो विजय सम्पूर्ण भाजपा परिवार, समर्पित कार्यकर्ता तथा जनताको विश्वासको परिणाम हो।

यस अवसरमा उपस्थित विशिष्ट व्यक्तित्वहरू:

1. श्री आर.बी. लामा – जिल्ला उपाध्यक्ष, भाजपा दार्जिलिङ जिल्ला समिति
2. श्री बिनय कुमार प्रसाद – जिल्ला सभापति, भाजपा दार्जिलिङ जिल्ला समिति
3. श्री चन्दन प्रसाद – मण्डल प्रभारी, तिनधारे–महानदी मण्डल
4. श्री रमेश अग्रवाल – कानुनी सल्लाहकार, भाजपा दार्जिलिङ जिल्ला समिति
5. श्री उमेश प्रधान– मण्डल अध्यक्ष, तिनधारे–महानदी मण्डल
6. मण्डलका सम्पूर्ण पदाधिकारीहरू
7. जिल्ला तथा मण्डल प्रतिनिधिहरू
8. सम्पूर्ण बूथ अध्यक्ष, बूथ पदाधिकारी तथा समर्पित कार्यकर्ताहरू

यस ऐतिहासिक सफलतामा योगदान पुर्‍याउनुहुने सम्पूर्ण जनप्रतिनिधि, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं।

जनताको सेवा, विकास र सुशासनप्रतिको हाम्रो प्रतिबद्धता अझ दृढताका साथ निरन्तर अघि बढिरहनेछ।

भ्रम होइन, सत्य बुझौं!सामाजिक सञ्जालमा फैलाइएको "नेपाली भाषा हटाइयो", "अब बङ्गाली भाषा मात्र अनिवार्य भयो" भन्ने प्रचार ...
20/07/2026

भ्रम होइन, सत्य बुझौं!

सामाजिक सञ्जालमा फैलाइएको "नेपाली भाषा हटाइयो", "अब बङ्गाली भाषा मात्र अनिवार्य भयो" भन्ने प्रचार पूर्ण रूपमा भ्रामक र असत्य हो।

प्रेस विज्ञप्तिरासन कार्ड सम्बन्धी महत्त्वपूर्ण सूचनारासन कार्ड लाभार्थीहरूको नाम हटाउने वा नयाँ आवेदन अस्वीकृत गर्ने प्...
20/07/2026

प्रेस विज्ञप्ति

रासन कार्ड सम्बन्धी महत्त्वपूर्ण सूचना

रासन कार्ड लाभार्थीहरूको नाम हटाउने वा नयाँ आवेदन अस्वीकृत गर्ने प्रक्रिया पश्चिम बंगाल खाद्य तथा आपूर्ति विभागको २९ नोभेम्बर २०२४ को आदेश अनुसार भइरहेको प्रमाणीकरण (Verification) प्रक्रिया हो, यो कुनै नयाँ निर्णय होइन।

यदि कुनै योग्य व्यक्तिको नाम अन्यायपूर्वक हटाइएको छ वा आवेदन अस्वीकृत भएको छ भने सम्बन्धित खाद्य तथा आपूर्ति कार्यालयमा गुनासो दर्ता गर्नुहोस्। भारतीय जनता पार्टी वास्तविक हकदारहरूको पक्षमा सदैव साथ रहनेछ।

भ्रममा नपर्नुहोस्। सही जानकारीका लागि सम्बन्धित कार्यालय वा भारतीय जनता पार्टीसँग सम्पर्क गर्नुहोस्।

सकल देवान
प्रवक्ता
भारतीय जनता पार्टी, दार्जिलिङ जिल्ला समिति

Address

Kurseong

Alerts

Be the first to know and let us send you an email when BJP Kurseong Vidhan Sabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share