20/07/2026
हजुरहरूलाई यो जानकारी गराइन्छ कि 21-तुरुङ्ग मामरिङ्ग ग्राम प्रषाशण केन्द्रको सभा कक्षयमा 'ग्राम पञ्चायत विकास योजना GPDP 2026-27 ' को ग्राम सभा सफलतापूर्वक माननीय पञ्चायत सभापति श्रीमान अरुण कुमार गुरुङज्यूको सभापतित्वमा सम्पन्न भयो।
उक्त सभामा ग्राम पञ्चायतका माननीय पञ्चायत सदस्य सदस्यागण, कार्यालयका कर्मचारीहरू, उप-निर्देशक (BAC नामथाङ), पञ्चायत निरीक्षक, सहायक निर्देशक (शिक्षा विभाग, नामथाङ), विद्युत तथा ऊर्जा विभाग (नामथाङ र मामरिङ) का सहायक इन्जिनियरहरू, ग्रामीण विकास विभाग (RDD) र सार्वजनिक निर्माण विभाग (PWD) का कनिष्ठ इन्जिनियरहरू, खाद्य निरीक्षक (नामथाङ), 21-तुरुङ्ग मामरिङ्ग ग्राम प्रषाशण केन्द्र अन्तर्गतका सम्पूर्ण आशा (ASHA) कार्यकर्ता तथा आंगनवाडी कार्यकर्ता (AWWs), सरकारी विद्यालयका प्रधानाध्यापकहरू, सामाजिक सञ्जालका प्रतिनिधिहरू, स्वयं-सहायता समूह (SHG) का सदस्यहरू, मामरिङ आउट-पोस्टका इन्चार्ज तथा 21-तुरुङ्ग मामरिङ्ग ग्राम प्रषाशण केन्द्रका सर्वसाधारणको उपस्थिति रहेको थियो।
ग्राम सभाको क्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक, जीविकोपार्जन, कृषि, सामाजिक कल्याण र अन्य जनहितका क्षेत्रहरूसँग सम्बन्धित विभिन्न विकासमूलक आवश्यकता तथा प्राथमिकताहरूमाथि छलफल गरियो। ग्राम पञ्चायतको समग्र विकासका लागि पारदर्शी, समावेशी र सहभागितामूलक योजना सुनिश्चित गर्ने उद्देश्यले, सहभागीहरूबाट प्राप्त बहुमूल्य सुझाव र प्रस्तावहरूलाई 'ग्राम पञ्चायत विकास योजना (GPDP 2026-27) मा समावेश गर्नका लागि अभिलेखीकरण गरियो।
ग्राम सभाको सफल सञ्चालनमा सक्रिय सहभागिता र बहुमूल्य योगदान पुर्याउनुहुने सम्पूर्ण अधिकारीहरू, विभागीय प्रतिनिधिहरू, सरोकारवालाहरू तथा सर्वसाधारणप्रति ग्राम पञ्चायत हार्दिक आभार व्यक्त गर्दछ।
धन्यवाद 🙏
21-तुरुङ्ग मामरिङ्ग ग्राम प्रषाशण केन्द्र