BJP news Darjeeling

BJP news Darjeeling Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BJP news Darjeeling, Political Party, Darjeeling, Siliguri.

केही झलक सपथ ग्रहण समारोहको...
09/05/2026

केही झलक सपथ ग्रहण समारोहको...

हार्दिक शुभकामना सन्देशभारतीय जनता पार्टी केन्द्र समिति, राज्य समिति तथा दार्जिलिङ जिल्ला समिति अन्तर्गतका सम्पूर्ण संगठ...
09/05/2026

हार्दिक शुभकामना सन्देश
भारतीय जनता पार्टी केन्द्र समिति, राज्य समिति तथा दार्जिलिङ जिल्ला समिति अन्तर्गतका सम्पूर्ण संगठन, नेतृत्वगण, कार्यकर्ता एवं शुभेच्छुकहरूको अथक मेहनत, समर्पण र योगदानका कारण पश्चिम बङ्गालमा भाजपा सरकार गठन गर्न हामी सफल भएका छौँ। यस ऐतिहासिक सफलतामा योगदान पुर्‍याउनु हुने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नयाँ सरकारले राज्यका हरेक नागरिकको जीवनमा सकारात्मक परिवर्तन, सुशासन, विकास, समृद्धि र जनविश्वासको नयाँ अध्याय सुरु गर्न सकोस् भन्ने कामना गर्दछु। जनताको आशा र भरोसालाई आत्मसात गर्दै आगामी दिनहरूमा अझ जिम्मेवार, पारदर्शी र जनमुखी कार्य सम्पादन गर्न हामी सबै प्रतिबद्ध रहौँ।
पुनः एकपटक सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना।

सोङदेन लेप्चा
महासचिव एवं प्रवक्ता
दार्जिलिङ जिल्ला समिति, भाजपा

कोलकातामा एउटै फ्रेममा पहाडको आवाज।
08/05/2026

कोलकातामा एउटै फ्रेममा पहाडको आवाज।

भोलि ९/५/२०२६ शनिबारको दिन सबेन्दु अधिकारीले बंगालको नयाँ मुख्यमन्त्रीको रूपमा सपथ लिने चर्चा राजनीतिक क्षेत्रमा तीव्र ब...
08/05/2026

भोलि ९/५/२०२६ शनिबारको दिन सबेन्दु अधिकारीले बंगालको नयाँ मुख्यमन्त्रीको रूपमा सपथ लिने चर्चा राजनीतिक क्षेत्रमा तीव्र बनेको छ। यस विषयलाई लिएर विभिन्न क्षेत्रबाट व्यापक चासो र प्रतिक्रिया आइरहेको छ।

08/05/2026

साकल देवानले आज दार्जीलिङ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै दार्जिलिङका तीनै BJP उम्मेदवारलाई विजयी गराएकोमा जनतालाई धन्यवाद दिएका छन्। साथै GTA कोषको पारदर्शी छानबिन हुनुपर्ने माग गर्दै भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोडिने बताएका छन्।
#जिल्लाप्रबक्त

भाजपा मड्पु मण्डलले सिन्कोना ब्यवस्थापकसित भेटेर सिनकोना समस्या माथी चर्चा गरेको छ, २०१६ बिधान सभाको नतिजा आए पश्चात बंग...
08/05/2026

भाजपा मड्पु मण्डलले सिन्कोना ब्यवस्थापकसित भेटेर सिनकोना समस्या माथी चर्चा गरेको छ, २०१६ बिधान सभाको नतिजा आए पश्चात बंगालमा भाजपा सरकार आएपछि पहाड़मा रहेका एकमात्र सरकारी उधोग सिन्कोना उधोगको बर्तमान अवस्था माथि गम्भीर रहेर मड्पु भाजपा मण्डल टोलीले बिहिबार सिन्कोना ब्यवस्थापकसित भेट गरेको हो, उक्त भेटमा भाजपाले सिन्कोना बगानभित्र बर्तमान समस्या 'ग्रुप डी: बदला काम,श्रमिकहरूले पाउनु पर्ने मोडल हाउसको माग गर्दै खेती सम्बन्धमा सिंन्कोना खेतीलाई नै प्राथमिकता दिन पर्ने चर्चा गरिएकोछ‌ भने यसको साथमा विबिध समस्या माथि बहश गरेकोछ,यसभेटमा भाजपा मड्पु मण्डल सभापति प्रदीप कुमार छेत्री,मूल सचिव आशिषदीप राई,मूल सचिव अजित छेत्री, जिल्ला नारी सभापति रोमा छेत्री, कार्यलय सचिव हेमन्त रावत, देवलाल मोक्तान, भाजपा युवा एकाई जिल्ला सचिव,साथै अन्य कार्यकर्ताहरुको उपस्थिति थियो।।

06/05/2026
06/05/2026

कालिम्पोङ अनि पश्चिम बङ्गालको विधान सभा चुनावमा भारी मत ल्याएर विजेपीको जित भइसकेको छ र अब नयाँ व्यवस्था कसरी चलाउने भन्ने सल्लाह सुझाव दिँदै दुई शब्दमा पुनम गुरुङ दिदीको भनाई साझा गर्दै दार्जीलिङ जिल्ला प्रवक्ता सुरज बिष्ट ज्युसँग...।
#जिल्लाप्रबक्त

05/05/2026

भारतीय जनता पार्टीले बहुमत भोटले विजय हासिल गरेपछि आज घर–घरमा पुगेर दार्जिलिङ जिल्ला भारतीय जनता पार्टीका प्रवक्ता सुरोज बिष्टले कालिम्पोङ खण्ड 1 टिस्टा ग्राम पंचायत अन्तर्गत पर्ने तर्जोम फरेस्ट बस्तीका पार्टी कार्यकर्ताहरूलाई धन्यवाद दिँदै खादा लगाएर विजय उत्सव साझा गरे...।
साथै, उनले भारतीय जनता पार्टीको नयाँ सरकारले सबैको विकास गर्ने र आउँदो दिनहरूमा पनि अझै बलियो सांगठनिक बल साथ सहयोग गर्नु होला भनी शुभकामना व्यक्त गरे...।

05/05/2026

भारतीय जनता पार्टीले बहुमत भोटले विजय हासिल गरेपछि आज घर–घरमा पुगेर दार्जिलिङ जिल्ला भारतीय जनता पार्टीका प्रवक्ता सुरोज बिष्टले खरसाङ अन्तर्गत टिस्टा भ्यालीका पार्टी कार्यकर्ताहरूलाई धन्यवाद दिँदै खादा लगाएर विजय उत्सव साझा गरे। साथै, उनले भारतीय जनता पार्टीको नयाँ सरकारले सबैको विकास गर्ने र पहाडलाई भ्रष्टाचारमुक्त बनाउने बताए...।

Address

Darjeeling
Siliguri

Website

Alerts

Be the first to know and let us send you an email when BJP news Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to BJP news Darjeeling:

Share