नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्ट पार्टी, 政党, Chiyoda-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

नेपाली कम्युनिष्ट पार्टी प्रति आस्था र विश्वास राख्नुहुने सम्पुर्ण महानुभावहरुलाई यस ग्रुपमा न्यानो अभिवादन सहित स्वागत गर्दछौँ। यस ग्रुपमा सत्य तथ्यमा आधारित सबैखालका विचारहरु, समाचारहरु, फोटो अनि भिडियोहरुलाई स्थान दिईने छ। धन्यवाद ! सु-स्वागतम् !💐🙏

क.प्रचण्ड प्रधानमन्त्री हुदा कुलमान प्राधिकरणको md हुदा २० युनिट फ्रि थियो ! भोट हाल्दा तारा नदेख्ने ले बिजुलिको बिल तिर...
31/05/2026

क.प्रचण्ड प्रधानमन्त्री हुदा कुलमान प्राधिकरणको md हुदा २० युनिट फ्रि थियो !
भोट हाल्दा तारा नदेख्ने ले बिजुलिको बिल तिर्दा तारा देख्ने भए जय घण्टी !
काम गर्ने देशको जनताको भलाइ गर्ने नेता नचिन्ने भेडा जनता !

30/04/2026
01/04/2026

प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर ||

वालेन को सम्पत्ति छानबिन गर ।वालेनको ३ पुस्ते सम्पत्ति छानबिन हुनुपर्छ किनभने यीनका बा वैध खानामा जागिरे हुँदा भ्रष्टाचा...
30/03/2026

वालेन को सम्पत्ति छानबिन गर ।
वालेनको ३ पुस्ते सम्पत्ति छानबिन हुनुपर्छ किनभने यीनका बा वैध खानामा जागिरे हुँदा भ्रष्टाचार गरेका थिए
(१) मधेसमा ८० विघा जमिन कसरी आयो
(२) काठमाण्डौमा ५ रोपनी जग्गा कसरी किने
(३) काठमाण्डौमा आलिसान महल कसरी बन्यो
(४) ८करोड पर्ने गाडी कसरी चढे
(५) यीनको सम्पत्तिको स्रोत के हो । Balen

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको स...
29/03/2026

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूले नै अघि सारेको बताएका छन्। सरकारद्वारा उच्च तहका नेताहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु भइरहेका बेला उनले यसलाई सकारात्मक रूपमा लिँदै प्रतिक्रिया दिएका हुन्।

आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतदेखि नै प्रधानमन्त्री, मन्त्री, कर्मचारीलगायत राज्यका जिम्मेवार व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राख्दै आएको उल्लेख गरे। “सम्पत्ति छानबिनको विषय मैले नै उठाएको हुँ,” उनले स्पष्ट पारे।

सरकारले सुरु गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानबारे भने उनले थप अध्ययनपछि मात्र विस्तृत धारणा दिने बताए। तर, कानुनअनुसार हुने कुनै पनि प्रक्रियामा आफ्नो पार्टीको समर्थन रहने उनको भनाइ छ।

“सरकारले कानुनी रूपमा गरेको काममा हाम्रो समर्थन रहन्छ,” उनले भने, “पहिले सम्पूर्ण विषय अध्ययन गरेर मात्रै थप प्रतिक्रिया दिनु उचित हुन्छ।”

हाल सरकारले पूर्वप्रधानमन्त्रीसहित विभिन्न राजनीतिक व्यक्तिहरू र उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यसले देशको राजनीतिक वातावरणमा नयाँ बहस र चासो पैदा गरेको छ।

प्रचण्डको अभिव्यक्तिले सम्पत्ति छानबिनप्रति विरोध होइन, बरु समर्थनको संकेत दिएको छ। उनले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने सन्देश दिँदै अनुसन्धान प्रक्रियालाई सकारात्मक रूपमा लिएको देखिन्छ

28/03/2026

नेपाली कम्युनिस्ट पार्टि ले पहिले नै पटक पट्क सम्झाएका थियौ।
गोली हान्न लगाउने र सिङ दरबार जलाउनेलाई भोट नहाल्नु भनेर! सुनेनौ, देश झन् अराजकतामा गृह युद्द तिर जाने सम्भावना छ l
देशलाई सिरिया जस्तो ध्वस्त बनाउन कुनै बाहिरी आक्रमण आवश्यक छैन घन्टे र एमालेका कार्यकर्ता काफी भए!

रास्वपाको बहुमत वा दुई तिहाई त के सिंगो देशको सिट जितेको थियो भने पनि प्रचण्डको एजेन्डा मेट्न सक्दैन !   प्रचण्ड पथभन्दा...
08/03/2026

रास्वपाको बहुमत वा दुई तिहाई त के सिंगो देशको सिट जितेको थियो भने पनि प्रचण्डको एजेन्डा मेट्न सक्दैन !
प्रचण्ड पथभन्दा दायाँवायाँ हुनै सक्दैन !

दुई तिहाई मतले संविधान बदल्न सकिन्छ । उसँग आएको मतले संविधान भित्रका

• गणतन्त्र
• संघीयता
• समानुपातिक समावेशिता
• धर्म निरपेक्षता लगायत हटाउने मत भए पनि छिसिक्क छुन सक्दैन !

रास्वपासँग एकल सरकार बनाउने बहुमत छ । उसले क्याबिनेटबाट गर्ने निर्णय मा ३२ सिटको तत्कालीन माओवादीको सरकारले गरेको निर्णय उल्ट्याउन सक्दैन ! यदि त्यसो गरेको दिन केपी ओलीलाई आन्दोलन गरेको २७ घण्टामा फ्याँके, बालेनलाई ७ घण्टामै धोवीखोलाको ढलमा मिल्क्याएर सिनो बनाउँछन !

• MCC कांग्रेस र एमालेले जबर्जस्ती पास गर्न खोजेका थिए । त्यतिबेला प्रचण्डले रोकेका थिए । उनले MCC सैन्य गठबन्धन अन्तर्गत हो वा होइन भनेर क्लियर हुनुपर्ने भने । यसबारे अमेरिकालाई चिठी पठाइयो । उसले होइन भन्यो, नेपाल स्थित अमेरिकी दूतावासले पनि विशुद्ध आर्थिक सहयोग भन्यो । यतिले पनि चित्त नबुझेपछि व्याख्यात्मक घोषणा पनि सँगै पारित गरिएको छ । यो पुरानो दलको भारत, चीन, अमेरिका र रुस जस्ता शक्तिशाली देश नचिढ्याउने र देशहितमा मात्र प्रयोग हुने भन्ने असंलग्न परराष्ट्र नीति थियो ।

• अमेरिकी दूतावासले निर्वाचन सकिए लगत्तै एउटा विज्ञप्ति निकालेको छ । त्यहाँ सुरक्षा सम्बन्धी भन्ने वाक्यांश छ । त्यो भनेको प्रचण्ड सरकारले क्याविनेट निर्णय गरेर रोकेको उक्त निर्णय पत्रको ११ नम्बर बुँदा खारेज गर्ने भन्ने हो ! यदि बालेनले यो निर्णय गरे भने कि चाइनाबाट मिसायल आउँछ कि नेपालभित्रैबाट विद्रोह भएर बालेनलाई टुकुचाको ढलमा चोबल्छन !

• दुई तिहाई उन्मादमा प्रयोग नगर । दुई तिहाई त कांग्रेसले पनि ल्याएको थियो, नेकपाले पनि ल्याएको थियो । अहिले रास्वपाले ल्यायो । यि मत देश बदल्न हो, कसैको कठपुतली बन्न होइन !

08/03/2026

सिन्धुपाल्चोक २ बाट नेकपाका युवराज दुलाल विजयी ।

08/03/2026

माओवादीले माओवादी जस्तो हुने मन गरेन । जनताले सचेत गर्दै भनिरहे - तिमी माओवादी जस्तो हो, त्यस्तै आचरण र ब्यवहारले बन्नुपर्छ ।, एमालेले एमाले जस्तो हुने मन गरेन । जनताले खवरदारी गरिरहे - तिमी एमाले जस्तो नै हुनुपर्छ ।, कांग्रेसले कांग्रेस जस्तो हुने मन गरेन । जनता चिच्याईरहे - तिमीहरु बिपिले बनाएको कांग्रेस जस्तै बन्नुपर्छ ।

हामी हामी जस्तो नदेखिएपछी जनताले मत परिवर्तन गरेका छन् । यसलाई र,तर,यदी केही नगरी स्वीकार गर्नुपर्छ ।

लोकतन्त्रमा एक चुनाव एक घटना हो । आ-आफ्नो बैचारिक र ब्यबहारिक पहिचानमा फर्किएर आफुलाई सुधार्न दिएको यो एक मौका हो ।

नेपाली कम्युनिष्ट पार्टीका हरेक नेता, कार्यकर्ता र समर्थक सुभचिन्तक सबैलाई भन्न चाहन्छु - हामी धुलो टक्टक्याएर उठ्नेछौं र धीरतापूर्वक पार्टीको शीर उठाईनेछ । मनोवल उच्च राख्नुहोस

住所

Chiyoda-ku, Tokyo
100-0001

ウェブサイト

アラート

नेपाली कम्युनिष्ट पार्टीがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー