04/08/2026
🙏 हार्दिक धन्यवाद! 🇳🇵
जापान नेपाली एकता समाज क्षेत्रीय समिति ओसाका तथा रक्तिम सांस्कृतिक अभियान जापानको संयुक्त आयोजनामा जनवादी गायक आदरणीय जीवन शर्माज्यूको "एकल साँझ" कार्यक्रम मिति ३ अगस्त २०२६ मा ओसाकास्थित कोको प्लाजा हलमा भव्य र ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
यस अविस्मरणीय सांस्कृतिक साँझलाई सफल बनाउन आफ्नो अमूल्य समय निकालेर उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुने सम्पूर्ण विशिष्ट अतिथि, आमन्त्रित अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, कलाकार साथीहरू, पत्रकार मित्रहरू, दर्शक महानुभावहरू, शुभेच्छुकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
नेपाली जनवादी गीत–संगीतमार्फत सामाजिक चेतना, प्रगतिशील विचार र सांस्कृतिक जागरणको सशक्त सन्देश प्रवाह गर्दै आउनुभएका आदरणीय जनवादी गायक जीवन शर्माज्यू प्रति उच्च सम्मान व्यक्त गर्दछौं। उहाँको ओजस्वी प्रस्तुति, सिर्जना र प्रेरणादायी सन्देशले कार्यक्रमलाई अत्यन्त भावपूर्ण, अर्थपूर्ण र अविस्मरणीय बनाएको छ।
🎶 कार्यक्रमको विशेष आकर्षणका रूपमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत नेपाली मौलिक संस्कृतिको सुगन्ध फैलाउनुहुने गल्कोट नौमती बाजा समूह र ओसाका नौमती बाजा समूहका सम्पूर्ण साथीहरू प्रति विशेष हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। यहाँहरूको समर्पण, अनुशासन र सांस्कृतिक योगदानले कार्यक्रमलाई थप भव्य, जीवन्त र अविस्मरणीय बनाएको छ।
🙏 त्यसैगरी, कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अथक मेहनत गर्नुहुने व्यवस्थापन समिति, स्वयंसेवक, प्राविधिक टोली, सम्पूर्ण सहयोगी साथीहरू तथा सहयोगी संस्था यदोगावा नेपाली समुदाय प्रति पनि विशेष हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
प्रवासी भूमिमा नेपाली भाषा, कला, संस्कृति तथा प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अझ सशक्त बनाउने हाम्रो साझा अभियानमा आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै माया, साथ, सहयोग र सहभागिताको निरन्तर अपेक्षा गर्दछौं।
फेरि एकपटक सम्पूर्णमा हार्दिक धन्यवाद! 🙏
जापान नेपाली एकता समाज क्षेत्रीय समिति ओसाका
रक्तिम सांस्कृतिक अभियान जापान
📍 ओसाका, जापान
📅 मिति: ४ अगस्त २०२६
जापान नेपाली एकता समाज Hilights