28/08/2026
बाढी–पहिरो प्रभावितहरूका लागि सहयोगको लागि हार्दिक अपिल
नेपालका विभिन्न जिल्लाहरूमा (विशेष गरी रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा) आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। यस दुःखद घडीमा विपत्तिमा पर्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्न हामी सबै एकजुट हुनुपर्ने बेला आएको छ।
बाढी–पहिरोका कारण धेरै परिवार घरबारविहीन भएका छन् भने उनीहरूलाई खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ खानेपानी तथा सुरक्षित आश्रयको तीव्र आवश्यकता रहेको छ।
सहयोगसम्बन्धी मुख्य बुँदाहरू:
तोहोकु,सेन्दाइमा रहनुभएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार स्वेच्छिक आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।
नेपाल सरकारद्वारा जारी गरिएको आधिकारिक QR Code मार्फत सिधै सहयोग गर्न चाहनुहुने महानुभावहरूले प्रत्यक्ष रूपमा पनि सहयोग पुर्याउन सक्नुहुनेछ।
क्रेडिट कार्डबाटपनि सजिलोसंग यो लिङ्क ओपन गरि प्रधानमन्त्रि दैवी प्रकोप ऊद्धार कोषमा सहयोगगर्न सक्नुहुन्छ !
https://pmdrf.nchl.com.np/
आर्थिक सङ्कलन सम्बन्धी कुनै पनि अप्ठ्यारो परेको खण्डमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, जापान ,क्षेत्रीय समन्वय परिषद्, सेन्दाईका समिति सदस्य तथा सल्लाहकार ज्यूहरूसँग समन्वय गर्न सक्नुहुनेछ।
तपाईंको परिवार, आफन्त वा चिनजानका व्यक्ति बाढी–पहिरोबाट प्रभावित हुनुभएको छ भने गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, जापान ,क्षेत्रीय समन्वय परिषद्, सेन्दाईलाई जानकारी गराउनुहोला। सम्भव भएसम्म आवश्यक सहयोग तथा समन्वय गर्ने प्रयास गरिनेछ।
तपाईंको सानो सहयोग पनि पीडित परिवारका लागि ठूलो राहत र आशा बन्न सक्छ। यो दुःखको घडीमा हामी सबै नेपालीले हातेमालो गरौं, मानवीयता निभाऔं र पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिन सहयोगको हात अगाडि बढाइऔँ।
मानवीय सहयोगका लागि एकजुट बनौं!
“पीडितको आँसु पुछौँ, मानवीयताको हात बढाऔँ!”
“तोहोकु–सेन्दाइबाट भौगोलिक दूरी टाढा भए पनि, नेपाली मन सधैँ नजिक!”
“पीडामा मल्हम बनौँ, विपत्तिमा सहारा बनौँ!”