21/11/2025
आज भन्दा 2 वर्ष अगाडि हामी पूर्व विद्यार्थी समाज डुग्रीखान मा वि ले स्कूल को सर्वाङ्गीण विकास को लागि सहयोग अभियान चलाएका थियौ उक्त अभियान बाट करिब 106500 जती सहयोग संकलन भएको थियो र डुग्रीखान मा वि मा फिल्ड को दियावा बनाउन हामीले 96500 जति उठेको रकम बात तार जाली किनेर स्कूल लाई हस्तान्तरण गरेर का थियौ र स्कूल को फिल्ड निर्माण भएको थियो उक्त सहयोग गर्ने महानरुपी सहयोगी,भूतपूर्व विद्यार्थी, समाजसेवी,सम्पूर्णलाई हाम्रो भूतपूर्व विद्यार्थी समाज हार्दिक कृतज्ञताका साथै धन्यबाद दिन चाहन्छ । साथै उक्त सहयोग गर्नु हुने पूर्व विद्यार्थीहरू मध्ये 5 जना विद्यार्थीहरुलाई आज हुन गइरहेको 76 औं वार्षिक उत्सव बाट सम्मान कार्यक्रम रहेको व्यहोरा जानकारी गराउनु चाहन्छु ।