बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ

  • Home
  • Nepal
  • Bandipur
  • बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ

बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ, Government Official, Bandipur-1, Tanahun, Bandipur.

10/09/2026

कार्यक्रमहरूको प्रस्ताव आह्वान सम्बन्धी सूचना।

10/09/2026
10/09/2026

सञ्चालित उद्योग प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना!

गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत एकीकृत सेवा कार्यालय, तनहुँ द्वारा चालु आ.व. २०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार तनहुँ जिल्लामा उद्योग दर्ता गरी सञ्चालन गरिरहेका उद्यमीहरूलाई प्रविधि (मेसिन/उपकरण) हस्तान्तरण गर्न आवेदन आह्वान गरिएको छ।

📌 प्रमुख विवरणहरू:

सूचना प्रकाशित मिति: २०८३/०५/२३

आवेदन दिने म्याद: सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र

अनुदान/सहयोग: ५० प्रतिशत वा रु. ५०,०००/- (मध्ये जुन कम हुन्छ)

📋 अत्यावश्यक कागजातहरू:
१. उद्यमीको नेपाली नागरिकताको प्रतिलिपि
२. नवीकरण भएको उद्योग दर्ताको प्रतिलिपि
३. स्थायी लेखा नं. (PAN) दर्ता प्रतिलिपि
४. आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण पत्र
५. उद्योगको व्यावसायिक योजना (स्किम)
६. तालिम तथा अनुभवको प्रमाण पत्र
७. खाद्य उद्योग भए खाद्य अनुज्ञा पत्र/उद्योग सञ्चालनमा रहे/नरहेको स्थानीय तहको सिफारिस

ℹ️ आवेदन फाराम एकीकृत सेवा कार्यालय, दमौलीबाट प्राप्त गर्न सकिनेछ।

📞 सम्पर्क:

फोन नं.: ०६५-५६३०९१

इमेल: [email protected]

स्थान: दमौली, तनहुँ

तनहु बन्दीपुर गाउँपालिका वडा नम्बर १ नाहाला घर भई हाल आँबुखैरेनी गाउँपालिका -३ आबुखैरेनी निवासी श्री मदन खत्रीले शर्ट,पे...
07/09/2026

तनहु बन्दीपुर गाउँपालिका वडा नम्बर १ नाहाला घर भई हाल आँबुखैरेनी गाउँपालिका -३ आबुखैरेनी निवासी श्री मदन खत्रीले शर्ट,पेन्ट,टिसर्ट ,साडी,टोपी लगाएत बच्चाका कपडा गरि लगभग 35kg पुन प्रयोगमा ल्याउन सकिने कपडाहरु वडा नम्बर १ को कपडा बैंकमा डोनेट गर्नुभएकोमा उहाँ लगायत उहाँको परिवारमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। साथै तपाईहरुको घरमा पनि यस्तो खालको कपडाहरु छन् भने तपाईहरुले हाम्रो वडा नम्बर १ को कार्यालयले सञ्चालन गरेको कपडा बैंकमा जम्मा गर्न सक्नुहुनेछ। थप जानकारी को लागि वडा कार्यालयमा सम्पर्क गर्नुहोला।

बन्दिपुर गाउँपालिका १ नं. वडा कार्यालय, तनहुँको सूचना।विषयः सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धी सुचना ।प्रस्तुत विषयमा...
17/08/2026

बन्दिपुर गाउँपालिका १ नं. वडा कार्यालय, तनहुँको सूचना।

विषयः सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धी सुचना ।

प्रस्तुत विषयमा बन्दिपुर गाउँपालिका वडा नं. १ मा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आ.व. २०८३/०८४ को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न मिति २०८३ श्रावण ०१ देखि असोज मसान्त सम्म नविकरण गर्नुपर्ने कानुनी प्रावधान भएकोमा आ.व. २०८३/०८४ को सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकि रहेका लाभग्रहीहरुको लागि तपशिल बमोजिमको मिति तय गरिएको हुँदा उक्त समय भित्र आवश्यक कागजपत्र सहित स्वयम् अनिवार्य उपस्थित भै सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्नुहुनको लागि यो सुचना प्रकाशित गरिएको छ ।

तपसिल
मिति २०८३ भदौ ०१ देखि भदौ ३१ गते सम्म

१, पिप्ले टोल विकास संस्था
२०८३ भदौ ०१ गते सोमबार र ०२ गते मंगलबार
२, डुम्रे टोल विकास संस्था
२०८३ भदौ ०३ गते बुधबार र ०४ गते बिहिबार

३, गुरुङटार टोल विकास संस्था
२०८३ भदौ ०५ गते शुक्रबार र ०८ गते सोमबार

४, वानियाँटार टोल विकास संस्था
२०८३ भदौ ०९ गते मंगलबार र १० गते बुधबार

५, नाहाला टोल विकास संस्था
२०८३ भदौ ११ गते बिहिबार र १५ गते सोमबार

६, तल्लो नाहाला टोल विकास संस्था
२०८३ भदौ १६ गते मंगलबार र १७ गते बुधबार

७, रिमाल्नी टोल विकास संस्था
२०८३ भदौ १८ गते बिहिबार र २२ गते सोमबार

८, उपल्लोफाँट टोल विकास संस्था
२०८३ भदौ २३ गते मंगलबार र २४ गते बुधबार

९, खङ्गदेवी टोल विकास संस्था
२०८३ भदौ २५ गते बिहिबार र २६ गते शुक्रबार

१०, पिउघर टोल विकास संस्था
२०८३ भदौ ३० गते मंगलबार र ३१ गते बुधबार

आवश्यक पर्ने कागजातहरुः
१, राष्ट्रिय परिचय पत्र नं. र नागरिकता प्रमाण पत्र
२, विधवा महिलाको हकमा श्रीमानको मृत्यु दर्ता प्रमाण पत्र
३, एकल महिला (६० वर्ष माथि) को हकमा सम्बन्धित वडा कार्यालय बाट अविवाहित सिफारिस
४, बसाई सरी आउनेको हकमा बसाई सराई दर्ता प्रमाण पत्र
५, बालबालिका, ९० वर्ष माथिका जेष्ठ नागरिक र "क" वर्गको अपाङ्गता भएका लाभग्राहीका हकमा संरक्षकको राष्ट्रिय परिचय पत्र सहित संरक्षक उपस्थित' भई आवेदन दिने।

नोट: अन्य छूट भएको हकमा भने अन्य समय असोज मसान्त भित्रमा नमिकरण गर्न सक्नुहुनेछ।

थप जानकारीको लागि
वडा सचिव चेतमान श्रेष्ठ
मोबाइल नम्बर ९८४६०६५२०९
वडा अध्यक्ष शिवकुमार श्रेष्ठ
मोबाइल नम्बर ९८४६२१७५००/९८१६६१७५००

01/08/2026

भु उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सूचना।

01/08/2026

मौजुदा सूचि दर्ता गर्ने सम्बन्धी सूचना ।।।

14/01/2026

मागमा आधारित तालिम कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।

Address

Bandipur-1, Tanahun
Bandipur
33900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ:

Shortcuts

Share