30/08/2026
हार्दिक आभार तथा धन्यवाद 🙏
बन्दीपुर नवयुग युवा क्लबको जर्सी निर्माण तथा भोलि हुने खेलका लागि आवश्यक खेलकुद सामग्री व्यवस्थापन गर्न आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति क्लबको तर्फबाट हृदयदेखि नै हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद व्यक्त गर्दछौँ।
विदेशमा रहनुभएका विशेष सहयोगदाता
• बिश्वराम बिसुनके दाइ
हाल दुबई
सहयोग रु. ९,०००
• उदिप थापा
हाल मलेसिया
सहयोग रु. ३,०००
• निखिल रोका
हाल बुल्गेरिया
सहयोग रु. २,०००
आफ्नो गाउँ–ठाउँ र यहाँका युवाहरूलाई सम्झेर हजारौँ किलोमिटर टाढा रहेर पनि हाम्रो सानो प्रयासमा साथ दिनुभएकोमा विशेष आभार व्यक्त गर्दछौँ। तपाईंहरूको सहयोगले केवल जर्सी तथा खेलकुद सामग्री व्यवस्थापनमा मात्र सहयोग पुगेको छैन, समाजका लागि अझ राम्रो काम गरौँ भन्ने हौसला र प्रेरणा पनि मिलेको छ।
आगामी दिनमा पनि क्लबले सञ्चालन गर्ने खेलकुद, सामाजिक तथा युवा लक्षित सकारात्मक अभियानहरूमा यहाँहरूको माया, साथ, सुझाव र आशीर्वाद निरन्तर प्राप्त भइरहनेछ भन्ने आशा राखेका छौँ।
क्लबका सदस्यहरूबाट प्राप्त सहयोग
• प्रकाश सुनार — रु. ५००
• बादल गुरुङ — रु. ५००
• मन्जिल रोका — रु. १००
• सुभम श्रेष्ठ — रु. ५००
• स्व्यम थापा — रु. ५००
• माधव नेपाली — रु. ५००
• बिशाल गुरुङ — रु. ५००
• जितबहादुर नेपाली — रु. ५००
• सन्तोष शाही — रु. ५००
• सन्तोष गुरुङ — रु. १,०००
• राजन रोका — रु. १,०००
• राजेश अछामी — रु. ५००
• अनमोल बयलकोटी — रु. ५००
• साजन नेपाली — रु. ५००
• अनिल के.सी. — रु. ५००
• बिराज श्रेष्ठ — रु. ५००
• कुशल गुरुङ — रु. ५००
• सन्तोष रोका — रु. १,०००
• दिपेन्द्र (हाल दुबई ) — रु. २०००
• सुगम थापा — रु. ५००
सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, सहयोगदाता तथा शुभेच्छुक महानुभावहरूमा पुनः हृदयदेखि नै धेरै–धेरै धन्यवाद तथा नमन।
तपाईंहरूको साथ नै हाम्रो हौसला हो।
तपाईंहरूको माया नै हाम्रो शक्ति हो।