District Traffic Police Office, Banke

District Traffic Police Office, Banke “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं”

आज मिति २०८२।१०।२८ गते दिनको १२:०० बजे देखी १५:०० बजेको समयम यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र यातायात व्यवस्था ...
11/02/2026

आज मिति २०८२।१०।२८ गते दिनको १२:०० बजे देखी १५:०० बजेको समयम यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेको संयुक्त आयोजनामा दुबै कार्यालयका कार्यालय प्रमुख र मेकानिकल ईन्जिनियर समेतको उपस्थितिमा कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडी स्थित पुर्व पश्चिम राजमार्गमा लामो तथा छोटो दुरीमा सञ्चालित बिभिन्न किसिमका सवारी साधनको भौतिक परिक्षण, कागजात परिक्षण, यान्त्रिक परिक्षण गरी चेकिङको क्रममा चेकिङ टोलिले स्वरुप परिवर्तन, ओभर लोड, भवरलोड, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र बैकल्पिक सिट, मुडा राखि यात्रा गराउने, जाँचपास नगराएका, रुट परमिट नलिएका, नविकरण समेत नगरेका लगाएत बिभिन्न ट्राफिक नियम उल्लघंन गरी सञ्चालनमा आएका ४० वटा सवारी साधनहरुलाई यस कार्यालय तथा यातायात व्यवस्था कार्यालयबाट कानून बमोजिम कारवाही गर्नुका साथै वैकल्पिक ३० वटा सिट तथा २५ वटा मुडा निकालीएको ।

आज मिति २०८२।१०।२५ गतेका दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर श...
08/02/2026

आज मिति २०८२।१०।२५ गतेका दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाही ज्यूबाट यस कार्यालयको प्राङ्गणमा निर्वाचन प्रहरीहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएका झलकहरु ।

जि. बाँके कोहलपुर नगरपालिका ११ खुल्लामञ्च स्थित उध्योग बाणिज्य संघ बाँकेबाट आयोजित कृषि पर्यटन तथा औधोगिक प्रदशनी, कोहलप...
07/01/2026

जि. बाँके कोहलपुर नगरपालिका ११ खुल्लामञ्च स्थित उध्योग बाणिज्य संघ बाँकेबाट आयोजित कृषि पर्यटन तथा औधोगिक प्रदशनी, कोहलपुर महोत्सव २०८२ मा यस कार्यालयबाट सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतनामूलक कार्यक्रम गरिएको ।

सवारी चलाउदा चालकको ध्यान सवारी साधनहरुमा लेखिएका अस्वभाविक शब्दहरुमा गई दुर्घटना हुनसक्ने भएको हुंदा बिभिन्न कोटेशन, वा...
22/12/2025

सवारी चलाउदा चालकको ध्यान सवारी साधनहरुमा लेखिएका अस्वभाविक शब्दहरुमा गई दुर्घटना हुनसक्ने भएको हुंदा बिभिन्न कोटेशन, वाक्य तथा शब्दहरु लेखिएका सवारी साधनहरुलाई नियन्त्रणमा लिई हटाउन लगाई कारबाही गरीएको ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके ।

यस जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले साप्ताहिक रुपमा गर्ने गरेका कार्यक्रम अन्तर्गत यस हप्तामा सार्बजनिक सव...
12/12/2025

यस जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले साप्ताहिक रुपमा गर्ने गरेका कार्यक्रम अन्तर्गत यस हप्तामा सार्बजनिक सवारी साधनहरुमा आफुखुशि सिट थप गरी संचालनमा रहेका ३०० वटा सवारी साधनहरुबाट ४६७ वटा सिट तथा ग्याप सिटहरु झिकि एक पटकलाई सम्झाई/बुझाई समेत गरेको र रातको समयमा टल्कने रिफ्लेक्टिभ स्टिकर टाँस कार्यक्रम अन्तर्गत ११३२ वटा साईकल, ई-रिक्सा तथा अन्य सवारी साधनहरुमा स्टिकर टाँस गरेको ।

मिति २०८२।०८।२५ गते जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी स्थित  ज्ञानकुञ्ज ई.मि. स्कुलको आयोजना र यस जिल्ल...
11/12/2025

मिति २०८२।०८।२५ गते जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी स्थित ज्ञानकुञ्ज ई.मि. स्कुलको आयोजना र यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा “ ट्राफिक प्रहरीसंग विद्यार्थी सवारी दुर्घटना न्यूनिकरण तथा सडक सुरक्षा कार्याक्रम “ मा विद्यालयमा अध्यनरत विद्यार्थीहरु ,शिक्षकहरुलाई ट्राफिक नियम ,सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सैद्धान्तिक ,व्यवहारिक अभ्यास सहित सचेतना कार्याक्रम गरिएको ।

जय नेपाल । यस कार्यालय तथा मातहत कार्यालयहरु बाट कार्तिक महिनाको अन्तिम हप्ता "सार्वजनिक तथा निजि सवारी साधनहरुमा अस्पष्...
24/11/2025

जय नेपाल ।
यस कार्यालय तथा मातहत कार्यालयहरु बाट कार्तिक महिनाको अन्तिम हप्ता "सार्वजनिक तथा निजि सवारी साधनहरुमा अस्पष्ट नम्बर प्लेटलाई पुनर्लेखन गर्ने विशेष साप्ताहिक कार्यक्रम" अन्तर्गत विभिन्न एक सय पाँच (१०५) वटा सवारी साधनहरुको नम्बर प्लेट पुनर्लेखन गराइ सम्झाई बुझाई गरि पठाईएको छ ।

ट्राफिक प्रहरीको अनुरोध ।।
20/11/2025

ट्राफिक प्रहरीको अनुरोध ।।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कार्तिक २६ ...........................................आज मिति २०८२।०७।२६ गते यस कार...
12/11/2025

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके
कार्तिक २६ ...........................................
आज मिति २०८२।०७।२६ गते यस कार्यालय तथा मातहत पोष्टहरुले सवारी चेक जाँचको क्रममा यस जिल्ला भित्र चल्ने तथा विभिन्न जिल्लाहरुको लागि छुट्ने ई.भि.भ्यान तथा म्याजिक भ्यानहरुमा आफुखुसी मानिस झुन्ड्याउनको लागि बनाईएका फलामको डण्डी र सिटको स्वरुप तथा सिट थप गरि संचालन गरिएका ६४ वटा सवारी साधनहरुलाई कारवाही गरी पठाईएको ।
साथै अत्याधिक भवरलोड बोकि आईरहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिई भवर लोडलाई पल्टी गराई कारवाही समेत गरी सुरक्षित गन्तव्यमा पठाईएको ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कार्तिक २५ ...........................................आज मिति २०८२।०७।२५ गते यस कार...
11/11/2025

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके
कार्तिक २५ ...........................................
आज मिति २०८२।०७।२५ गते यस कार्यालय तथा मातहत समेतले सवारी चेक जाँचको क्रममा यस जिल्ला भित्र चल्ने तथा विभिन्न जिल्लाहरुको लागि छुट्ने ई.भि.भ्यान तथा म्याजिक भ्यानहरुमा आफुखुसी मानिस झुन्ड्याउनको लागि बनाईएको फलामका डण्डी र सिटको स्वरुप तथा सिट थप गरि संचालन गरिएका सवारी साधनहरुलाई कारवाही गरी पठाईएको ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कार्तिक २२ ........................................... मिति २०८२।०७।२२ गते यस कार्य...
09/11/2025

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके
कार्तिक २२ ...........................................
मिति २०८२।०७।२२ गते यस कार्यालय तथा माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले यस जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक चेकिङ्गको क्रममा अत्याधिक भवरलोड बोकि आईरहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिई भवर लोडलाई पल्टी गरी कारवाही समेत गरी सुरक्षित गन्तव्यमा पठाईएको ।

Address

Banke
Banke
21904

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office, Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Traffic Police Office, Banke:

Share