RaptiSonari - राप्तीसोनारी

RaptiSonari - राप्तीसोनारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RaptiSonari - राप्तीसोनारी, Public & Government Service, RaptiSonari Rural munisipality, Banke.

दिगो बिकास र समृद्धि का लागि एक हौं !!
आजको सामूहिक प्रयासले नै भोलिको समृद्ध र सुन्दर समाज निर्माण हुन्छ। आउनुहोस् संकल्प गरौ दिगो विकास,आर्थिक सुधार र समृद्धि राप्ती सोनारी बनाउने ।

31/08/2026

रसुवा बाढीः हाल सम्म ९०३ शव फेला, ४२ सय जना अझै बेपत्ता 😥

मुग्लिङ - काठमाण्डौ  सडकखण्ड पुर्णरुपमा बन्द,  पृथ्बीराजमार्ग अन्तर्गत धादिङ जिल्ला बेनिघाट रोराड गाउपालिका वडा न ७ कृष्...
30/08/2026

मुग्लिङ - काठमाण्डौ सडकखण्ड पुर्णरुपमा बन्द,

पृथ्बीराजमार्ग अन्तर्गत धादिङ जिल्ला बेनिघाट रोराड गाउपालिका वडा न ७ कृष्णभीरमा सडक भासिएर भत्किएकाले सडक बन्द भएको हो।

रसुवा बाढीका शव देवघाटको खुला ठाउँमा व्यवस्थापन गरिने, चितवन जिल्लाबाट हालसम्म २३३ शव संकलन !      विनाशकारी रसुवा बाढीम...
29/08/2026

रसुवा बाढीका शव देवघाटको खुला ठाउँमा व्यवस्थापन गरिने,
चितवन जिल्लाबाट हालसम्म २३३ शव संकलन !

विनाशकारी रसुवा बाढीमा परी चितवन जिल्लाबाट हालसम्म संकलन भएका २३३ वटा शवमध्ये ४ वटाको पहिचान भएको छ भने २२९ वटा शवहरू होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाहरूमा राखिएका छन्।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन भएका शव तथा शवका अवशेषहरू सडे-गलेका र अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। तत्कालका लागि व्यवस्थापकीय प्रबन्धबाट राखिएका ती शवहरू दुर्गन्धित बन्दै गएको र यसबाट संक्रमण वा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन्।

यस विषम परिस्थितिमा प्राप्त शवहरूलाई थप सड्न/गल्न नदिन, तिनको सम्मानजनक, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न चितवन जिल्ला सुरक्षा समितिको बैठकले विशेष निर्णय गरेको छ। 'पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३' बमोजिम सबै शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको हो।

निर्णयअनुसार सबै शवहरूको डिएनए (DNA) नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका वडा नं. १ स्थित देवघाटको खुला स्थानमा शवहरूको व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
शोकको यस परिस्थितिमा यस निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ। साथै, बाध्यात्मक अवस्थाका कारण सिर्जित यस निर्णयबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमाप्रार्थी रहेको जनाएको छ।

शव व्यवस्थापन तथा अन्य थप सूचना र जानकारीका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ:
* प्रहरी निरीक्षक अनिल थापा: ९८५५०-१७०९९
* स.प्र.हवल्दार सुजन खनाल: ९८५१३५९९५८
(प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा आधारित)

श्रद्धाञ्जली तथा सहयोगको अपिल 🇳🇵🙏रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति हार्...
27/08/2026

श्रद्धाञ्जली तथा सहयोगको अपिल 🇳🇵🙏

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धारको कामना गर्दछौँ। 🙏

प्रभावित क्षेत्रका सम्पूर्ण जनसमुदायलाई जोखिमयुक्त स्थान छाडी सुरक्षित ठाउँमा जान तथा प्रशासनको निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछौँ।

उद्धार तथा राहतमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद। ❤️🇳🇵

यस दुःखद् घडीमा व्यक्तिगत वा संस्था/समूहको निजी खाता तथा QR मार्फत सहयोग उठाई व्यक्तिगत स्वार्थमा प्रयोग नगर्न/नगराउन अनुरोध गर्दछौँ। सहयोग गर्न चाहनुहुने सबैले नेपाल सरकारको दैवी विपद्सम्बन्धी आधिकारिक खातामा मात्र सहयोग पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

साथै, सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता, पत्रकार तथा सञ्चारकर्मीहरूलाई यस विपद्सँग सम्बन्धित संवेदनशील फोटो, भिडियो तथा अपुष्ट समाचारहरू जथाभावी प्रसारण/प्रचार नगर्न हार्दिक अनुरोध गर्दछौँ। यसले पीडित परिवार तथा उद्धार कार्यमा थप मानसिक तथा व्यावहारिक असर पर्न सक्छ।

सानो सहयोगले पनि पीडितको ठूलो घाउमा मलम लगाउन सक्छ।
विपद्को यस घडीमा सबै एकजुट बनौँ।

26/08/2026

| रसुवा बाढीमा ४०३ जना बेपत्ता
कुल बेपत्ता: ४०३
महिला: २०३
पुरुष: २००
विदेशी नागरिक: ३४१
भारतीय नागरिक: १३३
नेपाली नागरिक: ६२

26/08/2026

भोटेकोशीको बाढीमा आफ्ना १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

26/08/2026

अत्यन्तै संवेदनशील तथा गम्भीर बाढीसम्बन्धी सूचना !

रसुवाबाट आएको ठूलो बाढीका कारण स्याफ्रुबेँसी तथा विदुर–बेत्रावती क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी प्राप्त भएको छ। बाढीको प्रभाव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत बढ्दै गएकाले अवस्था अत्यन्तै संवेदनशील बनेको छ।
यस विषम परिस्थितिमा त्रिशूली नदी तथा आसपासका तटीय क्षेत्रमा बसोबास गर्नुहुने नुवाकोट, धादिङ, गोरखा र चितवनका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष सतर्कता अपनाउन र सम्भव भएसम्म तत्काल सुरक्षित स्थानमा रहन हार्दिक अनुरोध गर्दछौ ।

18/08/2026

उहाँ हुनुहुन्छ राप्तीसोनारी १ कुसुमका जिवराज कुमाल।
महिलाको भेषमा नाचेर पछिल्लो समय सामाजिक संजालमा निकै भाईरल हुनुहुन्छ।

🙏🙏🙏
17/08/2026

🙏🙏🙏

16/08/2026

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको बथान।
सुरक्षित रहेर यात्रा गर्नु होला 🙏

Address

RaptiSonari Rural Munisipality
Banke

Alerts

Be the first to know and let us send you an email when RaptiSonari - राप्तीसोनारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share