Traditional Mask Dances-Mukti Music Training Center

Traditional Mask Dances-Mukti Music Training Center Typical, Classical, Folk Music & Dances of Bhaktapur

"मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो।"बाढी पीडितहरूका लागि हाम्रो संस्थाको तर्फबाट पनि सानो आर्थिक सहयोग प्रदान गरिएक...
06/09/2026

"मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो।"

बाढी पीडितहरूका लागि हाम्रो संस्थाको तर्फबाट पनि सानो आर्थिक सहयोग प्रदान गरिएको छ। दुःखको यस घडीमा मानवताको नाताले एकअर्काको सहयोग गरौँ। 🙏

गाईजात्रा पर्वको पावन अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित विभिन्न सांस्कृतिक विधाका परम्परागत  नृत्य तथा धि धि बाला का...
06/09/2026

गाईजात्रा पर्वको पावन अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित विभिन्न सांस्कृतिक विधाका परम्परागत नृत्य तथा धि धि बाला कासा प्रतियोगितामा सहभागी भई हाम्रो अमूल्य संस्कृति, परम्परा र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भयो। 😇❤️

पुर्खाहरूबाट प्राप्त यस अनुपम सांस्कृतिक सम्पदाप्रति हार्दिक सम्मान व्यक्त गर्दै, यसको संरक्षण र भावी पुस्तासम्म हस्तान्तरण गर्ने हाम्रो साझा दायित्व रहिरहोस्।

"संस्कृति हाम्रो पहिचान हो, यसको संरक्षण हाम्रो कर्तव्य हो।" 🙏🇳🇵

हार्दिक धन्यवाद तथा शुभकामना 🙏❤️मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा आयोजित चौथो महाकाली नाच पीदानेगु तथा गुरु सम्मान का...
29/08/2026

हार्दिक धन्यवाद तथा शुभकामना 🙏❤️

मुक्ति संगीत प्रशिक्षण केन्द्रद्वारा आयोजित चौथो महाकाली नाच पीदानेगु तथा गुरु सम्मान कार्यक्रम–२०८३ सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा हामी सम्पूर्ण प्रशिक्षण परिवार अत्यन्तै हर्षित एवं गौरवान्वित छौँ। 😇🙏

यस अवसरमा दीक्षित हुनुभएका सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🎉❤️ तपाईंहरूको निरन्तर साधना, समर्पण र संस्कृतिप्रतिको प्रेमले हाम्रो मौलिक कला तथा परम्परालाई अझ समृद्ध बनाउँदै लैजाओस्। 🌺

साथै, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी साथीहरू, आदरणीय अतिथि महानुभावहरू तथा कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ। 🙏

यहाँहरूको माया, साथ, सहयोग र हौसलाले नै हाम्रो प्रयासलाई अझ ऊर्जा र प्रेरणा प्रदान गरेको छ। ❤️

जय महाकाली 🙏
संस्कृति जोगाऔँ, पुस्तान्तरण गरौँ। ❤️

Don't miss this golden opportunity to learn traditional dance... Limited seats available. Class for both boys and girls....
28/07/2026

Don't miss this golden opportunity to learn traditional dance... Limited seats available. Class for both boys and girls.
# mahakali

Address

Gaiti Bhaktapur
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Traditional Mask Dances-Mukti Music Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category