राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा नेपाल

  • Home
  • Nepal
  • Bharatpur
  • राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी को सहयोगी पेजमा तपाइहरुलाई स्वागत छ ।

27/08/2026

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।
उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।
आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

सभापति Rabi Lamichhaneले आह्वान गर्नुभएको सर्वदलिय बैठक सुरू भएको छ ।
27/08/2026

सभापति Rabi Lamichhaneले आह्वान गर्नुभएको सर्वदलिय बैठक सुरू भएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्...
26/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।

​राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेहरूलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ।

​यसैगरी, प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।

वि.सं. २०८३ भदौ १० विज्ञप्तिचीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायत...
26/08/2026

वि.सं. २०८३ भदौ १०
विज्ञप्ति
चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःख व्यक्त गर्दछ। यो विषम परिस्थितिले निम्त्याएको असहजताको गम्भीर समीक्षा गर्न आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठकले देहायका निर्णयहरू गर्दै यो आधिकारिक वक्तव्य तथा अपिल जारी गरेको छ:

१. भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना
बाढी, पहिरो र डुबानका कारण अकालमै ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। विपद्को यस शोकाकुल घडीमा मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै, घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ।

२. तत्काल उद्धार, राहत तथा आर्थिक सहयोग
विपद् प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकहरूको तत्काल उद्धार गर्नुका साथै सुरक्षित बासस्थान, शुद्ध पिउने पानी, औषधि र खाद्यान्न लगायतका राहत सामग्रीको अविलम्ब व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व र अहिलेको प्रमुख आवश्यकता हो। विपद्को यस संवेदनशील घडीमा सरकारको राहत प्रयासमा हातेमालो गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रु. ५०,००,०००/- (अक्षरेपी पचास लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ। जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र मानवीय सहयोग जुटाउन सम्पूर्ण नागरिकमा अपिल गर्दै, सहयोग वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन ‌सरकारको एकद्वार प्रणालीमार्फत् मात्र आर्थिक तथा भौतिक सहयोग प्रदान गर्न हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।

३. पार्टी पङ्क्तिको सक्रिय परिचालन
विपद्को यस घडीमा राज्य संयन्त्रलाई सघाउनु हामी सबैको साझा राष्ट्रिय दायित्व हो। तसर्थ केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका पार्टीका सम्पूर्ण समिति, सदस्य तथा शुभचिन्तकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहत कार्यमा अनुशासित एवं सक्रिय रूपमा र्‍याट (R.A.T.) मार्फत् खटिन पार्टी सचिवालय निर्देश गर्दछ। साथै, यसको संयोजनको जिम्मा पूर्व र्‍याट संयोजक आशिष थापालाई दिइएको छ।

४. सही सूचना सम्प्रेषण र अफवाह नियन्त्रण
विपद्को समयमा फैलिन सक्ने भ्रामक समाचार र अफवाहले जनमानसलाई थप त्रसित र अन्योलग्रस्त बनाउन सक्छ। तसर्थ, आधिकारिक सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न, सामाजिक सञ्जालमा तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न र नदी तटीय तथा पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन विनम्र अनुरोध गर्दछौँ।

५. महामारी नियन्त्रण र दीर्घकालीन पुनःस्थापना
बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिँदै प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलन नदिन तत्काल विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ। साथै, विपद्का कारण घरबारविहीन भएका पीडित परिवारलाई उचित क्षतिपूर्ति र उनीहरूको स-सम्मान एवं दीर्घकालीन पुनःस्थापनाको ठोस कार्ययोजना अविलम्ब सुरु गर्न सरकारसमक्ष जोडदार माग गर्दछौँ।

६. पार्टीका सम्पूर्ण साङ्गठनिक गतिविधि स्थगित
यस संवेदनशील घडीमा हाम्रो सम्पूर्ण ध्यान र ऊर्जा विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा मात्र केन्द्रित गर्नुपर्ने भएकाले, विपद् प्रभावित नागरिकहरूलाई पूर्ण रूपमा साथ दिन राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।
अन्त्यमा,
प्राकृतिक विपत्तिको यस असहज घडीमा उच्च राष्ट्रिय एकता प्रदर्शन गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, अन्य राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय र सम्पूर्ण सरोकारवालाहरूसँग हातेमालो गर्दै हरसम्भव सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी दृढ सङ्कल्पित छ। साथै, सरकारले देखाएको तदारुकताको स्वागत गर्दै यस कठिन परिस्थितिमा पार्टी सधैं सबैको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्दछ।

विपिन कुमार आचार्य
महामन्त्री

PM B***n shah Says: आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान ...
26/08/2026

PM B***n shah Says: आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ। प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ।
बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ। म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ। बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु।
यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौंको संख्यामा उद्धार कार्यमा परिचालन गरेको छ।
बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो। त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरियो।
बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ।
हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०+ नागरिकको उद्धार गरिसकेका छन्। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ।
अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो।
घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ। उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ। सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ। काठमाडौंको राष्ट्रिय ट्र्मा सेन्टर, विभिन्न सुरक्षा निकायहरुबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली तत्कालै पठाइएको छ। यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ।
बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौं। घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ।
यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ। बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ ।
नुवाकोटको विदुर; रसुवाको उत्तरगया र गोसाइँकुण्ड; धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ ।
बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ। विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ

बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।
यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।
हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ।

धन्यवाद।

26/08/2026

आज मिति २०८३ भाद्र १० गते बसेको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलकातर्फबाट बोल्नुहुँदै पार्टी सभापति एवं सांसद रवि लामिछाने।

26/08/2026

नेपाली सेनाले अहिलेसम्म प्रभावित क्षेत्रबाट १२ जनाको उद्धार गरेको छ भने रसुवा र आसपासका क्षेत्रमा उद्धार तथा राहतका लागि अहिले १२ वटा हेलिकप्टर परिचालित छन्। 🙏

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
26/08/2026

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ । उहाँले यो विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गर्नुभएको छ ।

26/08/2026

रुसुवाको टिमुरेमा स्थानीयले तत्काल थप उद्धार टोली र हेलिकोप्टर पठाउन माग गरेका छन्। अहिले २ वटा हेलिकोप्टर मात्र पर्याप्त नभएको भन्दै टिमुरेलाई उद्धार तथा राहतका लागि प्राथमिकतामा राख्न अनुरोध गरेका छन्।🙏🏼

P.S. सम्बन्धित निकायले चाँडोभन्दा चाँडो यस विषयमा ध्यान दिई आवश्यक उद्धार तथा राहतको व्यवस्था गरिदिनुहोला!

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !
26/08/2026

उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ !

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share