Bharatpur Water Supply Management Board

  • Home
  • Bharatpur Water Supply Management Board

Bharatpur Water Supply Management Board Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharatpur Water Supply Management Board, Public & Government Service, .
(3)

Bharatpur Water Supply Management Board (BWSMB) is a public statutory entity, which as the asset owner of the Water Supply Systems within the Bharatpur Municipality.

राम्रो काम।भरतपुर खानेपानी ब्यबस्थापन बोर्ड का बक्यौता बाकी भएका सम्पुर्ण उपभोक्ताहरुलाइ पनि समय मा नै आफ्नो बक्यौता रकम...
18/06/2026

राम्रो काम।भरतपुर खानेपानी ब्यबस्थापन बोर्ड का बक्यौता बाकी भएका सम्पुर्ण उपभोक्ताहरुलाइ पनि समय मा नै आफ्नो बक्यौता रकम भुक्तानीको लागि अनुरोध छ।

🌿 “स्वच्छ वातावरण, सुरक्षित पानी र दिगो भविष्य” 🌿विश्व वातावरण दिवसको अवसरमा सम्पूर्ण उपभोक्ता महानुभाव, सरोकारवाला निका...
05/06/2026

🌿 “स्वच्छ वातावरण, सुरक्षित पानी र दिगो भविष्य” 🌿
विश्व वातावरण दिवसको अवसरमा सम्पूर्ण उपभोक्ता महानुभाव, सरोकारवाला निकाय तथा आम नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
स्वच्छ वातावरण र सुरक्षित खानेपानी एकअर्काका परिपूरक आधार हुन्। वातावरणीय सन्तुलन, जलस्रोत संरक्षण तथा पानीको विवेकपूर्ण उपयोगबाट मात्र भावी पुस्ताका लागि स्वच्छ र पर्याप्त पानीको सुनिश्चितता गर्न सकिन्छ। बढ्दो वातावरणीय चुनौती तथा जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्न प्राकृतिक स्रोतहरूको संरक्षण र वातावरणमैत्री व्यवहार आजको अपरिहार्य आवश्यकता बनेको छ।
भरतपुर खानेपानी व्यवस्थापन वोर्ड स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी सेवा प्रवाहसँगै जलस्रोत संरक्षण, पानीको दिगो व्यवस्थापन तथा वातावरणीय सचेतना अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको व्यहोरा यस अवसरमा व्यक्त गर्दछ।
आउनुहोस्, पानीको प्रत्येक थोपालाई मूल्यवान् सम्पत्तिका रूपमा संरक्षण गर्दै हरित, स्वच्छ र दिगो वातावरण निर्माणमा आ-आफ्नो स्थानबाट योगदान गरौँ।
“पानी जोगाऔँ, वातावरण बचाऔँ, भविष्य सुरक्षित बनाऔँ।”

💧🌱🌍

26/05/2026

भरतपुर खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत गीतानगर पम्प, देवनगर पम्प लगायत विभिन्न पम्प सञ्चालन भइरहेका क्षेत्रहरूमा अविरल वर्षा, हावाहुरी, पोल ढल्ने तथा अन्य विद्युतिय प्राविधिक समस्याका कारण विद्युत सेवा अवरुद्ध हुन गई खानेपानी उत्पादन तथा वितरण प्रणाली प्रभावित भएको र विद्युत आपूर्तिमा समस्या उत्पन्न भएतापनि बोर्डद्वारा उपलब्ध जेनेरेटर तथा अन्य वैकल्पिक स्रोत–साधन प्रयोग गरी खानेपानी सेवा निरन्तर सञ्चालनमा राख्ने अधिकतम प्रयास भइरहेको छ । तथापि, विद्युत अभाव तथा प्राविधिक असहजताका कारण केही स्थानहरूमा पानीको चाप कम हुन सक्ने, वितरण समयमा ढिलाइ हुन सक्ने तथा सेवा आंशिक रूपमा प्रभावित हुन सक्ने अवस्था रहेको छ ।
वर्तमान प्रतिकूल परिस्थितिमा समेत उपभोक्ता महानुभावहरूलाई सहज रूपमा सेवा प्रवाह गर्ने कार्यमा बोर्ड निरन्तर क्रियाशील रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दछौं ।
साथै, सम्पूर्ण उपभोक्ता महानुभावहरूमा आवश्यकताअनुसार मात्र पानीको उपयोग गर्न, पानीको मितव्ययी प्रयोग गर्न तथा केही समय संयमता र धैर्यता अपनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्ड🙏

भरतपुर खानेपानी व्यवस्थापन वोर्ड अन्तर्गत फुलबारी पम्प क्षेत्रमा वडा नं. १५ का उपभोक्ताहरूलाई नियमित, भरपर्दो तथा गुणस्त...
25/05/2026

भरतपुर खानेपानी व्यवस्थापन वोर्ड अन्तर्गत फुलबारी पम्प क्षेत्रमा वडा नं. १५ का उपभोक्ताहरूलाई नियमित, भरपर्दो तथा गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ डिप बोरिङ जडान कार्यभइरहेको छ।
उक्त आयोजनाबाट यस क्षेत्रको खानेपानी आपूर्तिमा थप सुधार भई सेवा प्रवाह प्रभावकारी हुने विश्वास लिइएको छ।
स्थानीय उपभोक्ता महानुभावहरूबाट प्राप्त निरन्तर सहयोग, समन्वय तथा विश्वासप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

07/05/2026

आज मिति २०८३।१।२४ गते बिहीबार यस बोर्ड को भरतपुर स्थित कार्यालयमा ५०० के भि ए को ट्रान्सर्फमर जडान लगायत को बिधुतिय कार्य गर्नु परेकाले यस स्टेसन बाट आज बिहान पानी को आपुर्ती मा समस्या उत्पन्न हुन सक्ने ब्यहोरा सम्बन्धित सम्पुर्ण मा जानकारिको लागि अनुरोध छ।
मर्मत सम्पन्न हुनासाथ पानी पुर्ण रुपमा सन्चालन हुनेछ।

यस बाट हाम्रा ग्राहक बर्ग मा पर्न गएको असुबिधा प्रती बोर्ड क्षमा प्राथी छ।

आज मिति २०८३, बैशाख 11 गतेका दिन  ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गोदावरी-१४, ललितपुरको ३० सदस्यीय प्रतिनिधि टोली...
24/04/2026

आज मिति २०८३, बैशाख 11 गतेका दिन ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गोदावरी-१४, ललितपुरको ३० सदस्यीय प्रतिनिधि टोलीद्वारा भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा बोर्ड का कार्यालय प्रमुख श्री सन्जय बराल ज्यूको संयोजकत्त्वमा अन्तरक्रिया ,छलफल तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।

उक्त भ्रमणका क्रममा बोर्डद्वारा सञ्चालनमा रहेको खानेपानी आपूर्ति प्रणाली, सेवा व्यवस्थापन, सञ्चालन तथा मर्मत सम्भारका कार्यहरू, गुणस्तर नियन्त्रणका उपायहरू तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूबारे विस्तृत जानकारी प्रदान गर्नुका साथै अन्तरक्रियात्मक छलफलसमेत सम्पन्न गरिएको छ। साथै, सेवा प्रवाहमा सुधार, संस्थागत सुदृढीकरण, क्षमता अभिवृद्धि तथा दिगो व्यवस्थापनका सन्दर्भमा अनुभव तथा असल अभ्यासहरूको आदान–प्रदान गरिएको छ।

यस किसिमको अवलोकन भ्रमणले निकायहरूबीच आपसी समन्वय, सहकार्य तथा सिकाइ आदान–प्रदानलाई थप सुदृढ बनाउँदै खानेपानी तथा सरसफाइ सेवाको प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

भ्रमण टोलीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी कार्यहरू सफलतापूर्वक सम्पन्न होऊन् भन्ने शुभकामना व्यक्त गर्दछौं।
भरतपुर खानेपानी व्‍यवस्थापन वोर्ड परिवार !

आज भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा छत्रेश्वरी  गाउँपालिकाबाट (कर्णाली प्रदेश, सल्यान) आउनुभएका प्रतिनिधिहरूको अवलोकन ...
17/04/2026

आज भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा छत्रेश्वरी गाउँपालिकाबाट (कर्णाली प्रदेश, सल्यान) आउनुभएका प्रतिनिधिहरूको अवलोकन भ्रमण सम्पन्न भएको छ।

यस अवसरमा बोर्डद्वारा सञ्चालनमा रहेका खानेपानी वितरण प्रणाली, ग्राहक सेवा प्रवाह, राजस्व संकलन प्रक्रिया तथा प्रविधिमैत्री सेवाहरू (जस्तै: Online/QR भुक्तानी प्रणाली) सम्बन्धी जानकारी आदानप्रदान गरिएको थियो।

भ्रमण टोलीले बोर्डको व्यवस्थापन, सेवा प्रवाह तथा कार्यशैलीको प्रशंसा गर्नुका साथै आफ्ना अनुभव तथा सुझावहरू समेत प्रस्तुत गर्नुभएको थियो।

यस किसिमको अन्तरसंस्थागत अनुभव आदानप्रदानले खानेपानी सेवा थप प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

👉 भ्रमण टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।🙏❤️
२०८३, बैशाख ४

नव वर्ष २०८३ सालको शुभ अवसरमा हामी हाम्रा सम्‍पुर्ण उपभोक्ता, कर्मचारी, कार्यसमिति, शुभचिन्तक साथै स्‍वदेश तथा विदेशमा र...
14/04/2026

नव वर्ष २०८३ सालको शुभ अवसरमा हामी हाम्रा सम्‍पुर्ण उपभोक्ता, कर्मचारी, कार्यसमिति, शुभचिन्तक साथै स्‍वदेश तथा विदेशमा रहनु भएका समस्‍त नेपाली दाजु भाई दिदि बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्‍यक्त गर्दछौं।🙏🙏

कार्यकारी निर्देशक
एवम्
भरतपुर खानेपानी व्यवस्‍थापन वोर्ड परिवार

खोजमुलक पत्रकारिताका निम्ति नारायणी टुडेलाइ विशेष आभार अनि धन्यबाद🙏❤️
05/04/2026

खोजमुलक पत्रकारिताका निम्ति नारायणी टुडेलाइ विशेष आभार अनि धन्यबाद🙏❤️

वि.सं. २०८२ सालको फागु पूर्णिमा (होली) पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभ...
01/03/2026

वि.सं. २०८२ सालको फागु पूर्णिमा (होली) पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

रङ्गहरूको यस पर्वले आपसी सद्भाव, सामाजिक एकता, सहिष्णुता तथा भाइचाराको भावना अभिवृद्धि गर्दै राष्ट्रमा शान्ति, समृद्धि र प्रगतिको मार्ग प्रशस्त गरोस् भन्ने कामना गर्दछौं।

यस अवसरमा सबैले मर्यादित, सभ्य तथा सुरक्षित रूपमा पर्व मनाई सामाजिक सद्भाव कायम राख्न सहयोग पुर्‍याउनुहुन समेत अनुरोध गर्दछौं।

फागु पूर्णिमा (होली) २०८२ को हार्दिक शुभकामना।

भरतपुर खानेपानी व्‍यवस्‍थापन वोर्ड परिवार 🙏❤️

Address


Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 21:30 - 17:00
Friday 09:30 - 15:00
Sunday 09:30 - 17:00

Telephone

+9779845963850

Alerts

Be the first to know and let us send you an email when Bharatpur Water Supply Management Board posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bharatpur Water Supply Management Board:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share