RAPTI YCL

RAPTI YCL राप्ति YCL — श्रम, उत्पादन र परिवर्तनको अग्रपंक्ति!
� #क्रान्तिकारीयुवा #समाजपरिवर्तन

RAPTI GEN-Z संयोजक कमरेडलाई GEN-Z Pose सिकाउदै
16/10/2025

RAPTI GEN-Z संयोजक कमरेडलाई GEN-Z Pose सिकाउदै


06/08/2025

यो भिडियोलाई हेर्दा झन् लाज लाग्छ — देशको विद्युत प्राधिकरणको प्रमुख भएर बसेका हितेन्द्रदेव (Hitman) शाक्य ज्यू उल्टै सोलार र ब्याट्री (इन्वर्टर) को प्रचारमा लागेको देखिन्छ! 😡

सोध्न मन लाग्छ — यो प्राधिकरणको प्रमुख हो कि सोलार कम्पनीको एजेन्ट?

के हो त तपाईंको कमिसन रेट?
के हो तपाईंको एजेन्डा?
किन देशका जनता अँध्यारोमा बसेका बेला तपाईं सोलार, ब्याट्री बेच्ने धन्दा गर्दै हुनुहुन्छ?

देशमा अहिले पनि हजारौं गाउँघर, बस्तीहरूमा बत्ति छैन,
मानिसहरू अस्पताल, स्कुल, उद्योगधन्दा सबैतिर समस्यामा छन् —
विद्युत अभावले जनजीवन तहसनहस छ।
तर यता सालो हितमान शाक्य भने प्राधिकरणको कुर्सीमा बसेर सोलार बेच्न तल्लीन छन्!

केपी ओलीले सिंगो प्राधिकरणलाई निजी स्वार्थको धन्दा बनाइरहेका छन,
र अहिले यही सालो हितमान शाक्य त्यो धन्दालाई अगाडि बढाइरहेको छ!

यो जनताको साथमा अन्याय हो।
यो राष्ट्रद्रोह हो।
यसको जवाफ जनता माग्ने छन्।

हामीलाई सस्तो बिजुली चाहिएको हो, सस्तो सोलार हैन।
हाम्रो प्राधिकरणलाई दलालहरूबाट बचाउनु पर्छ!

हितमान शाक्य, तिमी नेपाली जनताको पीडामा मलम होइन, नुन छर्किरहेछौ। लाज गर! 😤

#बिजुली_जनताको_अधिकार_हो
#दलाली_बन्द_गर_हितमान_शाक्य_राजीनामा_दे!!_

१ अर्ब ३६ करोड युनिट बिजुली हराउनु त जादू होइन र, हितमान शाक्यज्यू! तपाईंको कार्यकालमा बिजुली हवामा मिसिएको हो कि घुसपैठ...
04/08/2025

१ अर्ब ३६ करोड युनिट बिजुली हराउनु त जादू होइन र, हितमान शाक्यज्यू! तपाईंको कार्यकालमा बिजुली हवामा मिसिएको हो कि घुसपैठिया करेन्टले चोरेर लगेको हो? जनताले महिनौं महिनाको चर्को बिल तिर्छन्, रातभर मैनबत्ती बालेर बस्नुपर्छ, अनि तपाईंजस्तो 'नेता' भने पदमा बसेर बिजुली हराउने तमासा हेर्नुहुन्छ? यस्तो नेतृत्वले त नेपाललाई उज्यालो होइन, अँध्यारोमा पुर्याउँछ। अब जनतालाई मूर्ख ठान्ने दिन गए, हितमानज्यू — हिसाब त दिनुपर्छ नि, जनताको करले खाएको कुर्सी हो!

काठमाडौं । हितेन्द्र शाक्य कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट बढेको छ । न.....

30/07/2025

वर्तमान सरकार घुसखोरि , भ्रष्टाचार , लोडसेडिङ गरि इन्भटर व्यपारि हरुलाइ प्रोत्साहन गरेको बारे सदनमा जनताको बोलि व्यंग्यात्मक शैलिमा बोल्नुहुदै माननिय गोम्बु शेर्पा !

29/07/2025
29/07/2025

"श्रम तथा उत्पादनमा YCL""श्रम तथा उत्पादनमा YCL भन्ने नाराले अहिले नयाँ अर्थ पाएको छ। YCL अब केवल राजनीतिक गतिविधिमा सीमित छैन, उसले गाउँगाउँमा पुगी समाजसेवा, उत्पादनमूलक कार्य र श्रम अभियानमार्फत उदाहरणीय काम गर्दै आएको छ।""YCL को सक्रियता सामूहिक कृषि, बाटोघाटो निर्माण, विपद् राहत, घर निर्माण, सरसफाइ र सार्वजनिक सेवामा देखिएको छ। उनीहरूले हातमा हतियार होइन, कोदालो, गैंती, कोदालो समाएर राष्ट्र निर्माणमा सघाएका छन्।""देशमा बेरोजगार युवालाई श्रम र उत्पादनमा लगाउने अभियानले आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्‍याइरहेको छ। YCL ले 'श्रम सम्मान हो' भन्ने सन्देश व्यवहारमै उतारेको छ।""YCL को यो परिवर्तनकारी भूमिका युवालाई राष्ट्रका लागि केही गर्न प्रेरणा दिने खालको छ। उनीहरूको कामले देखाएको छ—सक्रिय युवा शक्ति राष्ट्रको मेरुदण्ड हो।""श्रम तथा उत्पादनमा YCL" अब केवल नारा होइन, यो युवा समर्पण, इमानदारी र राष्ट्रप्रेमको प्रतीक बनिसकेको छ।

शाक्यज्यू! तपाईं हुँदा मात्र किन अन्धकार छ? पहिले त उज्यालो थियो!हितेन्द्र शाक्यलाई खुल्ला प्रश्न – विद्युत् बिना गिजोलि...
28/07/2025

शाक्यज्यू! तपाईं हुँदा मात्र किन अन्धकार छ? पहिले त उज्यालो थियो!

हितेन्द्र शाक्यलाई खुल्ला प्रश्न – विद्युत् बिना गिजोलिएको जनता कहिलेसम्म सहन्छन्?

चितवनको हर्दी सबस्टेसनमा निरीक्षण गर्दै हिँड्नुभएकै दिन हामीले फेरि पनि ५–६ घण्टासम्म बिजुली नहुँदा घामको तापमा ४० डिग्रीसम्म तातेर बस्नुपर्‍यो। यो निरीक्षण देखाउने नाटक किन? हामीलाई चाहिएको काम हो, फोटो खिच्ने होइन।
शाक्यज्यू, के तपाईंलाई थाहा छ अहिले कस्तो अवस्था छ? दिनमा घाम, रातमा मच्छर, बिरामीको सिट्ठी छुटेको छ, अफिसमा काम ठप्प, विद्यार्थीको पढाइ बर्बाद! यत्रो गर्मीमा बिजुली बिना बाँच्नु, तपाईंको लागि कल्पना पनि गर्न गाह्रो होला होला, हैन?

हामी तपाईंलाई सोध्न चाहन्छौँ:
* किन लगातार लोडसेडिङ भइरहेको छ?
* के तपाईंले जनतालाई बुझ्नुभएको छैन, कि बुझ्ने नाटक गर्दै हुनुहुन्छ?
* के जनतालाई इन्भर्टर र जेनेरेटर कम्पनीसँग मिलेर बर्बाद पार्ने षड्यन्त्र भइरहेको हो?
* तपाईंलाई कति घूस खाएर यो समस्या समाधान गर्न ढिलो गर्न मन लागिरहेको छ?
* तपाईंले कति कमाउँनुभयो पद सम्हालेदेखि? करोडौँ घूस खाएर पनि जनतालाई अन्धकारमै राख्ने विचार कस्तो लाग्छ?
* यो निरीक्षण नाटक हो कि जनतालाई मूर्ख बनाउने खेल?
* कुलमान आए उज्यालो, शाक्य आए अन्धकार – किन?
* कतिबेला सम्म जनतालाई इन्भर्टरमा धकेल्ने योजनामा हुनुहुन्छ?
* बिजुली होइन घूस बग्दैछ! तपाईँको कमीशन कति हो?

कुलमान घिसिङको पालामा यस्तो कहिल्यै भएको थिएन। त्यो बेला हामी बत्ति जाने समय हेरिन्थ्यो, अहिले बत्ति आउने समय मात्र हेर्नुपर्ने अवस्था छ। त्यो बेला जनताले “बिजुली आयो” भनेर सास फेर्ने गर्दथे, आज “बिजुली गयो” भन्दै पखालिन बाध्य छन्।
शाक्यज्यू, तपाईं निरीक्षणमा हैन, जवाफ दिन आउनुहोस्।�यो देश तपाईंको जागिर खाने खेत मात्रै होइन, यहाँ जनताको सपना, श्रम, पसिना छ। ती सबै बर्बाद पार्ने तपाईं कसरी जनतालाई हेर्न सक्नुहुन्छ?

अब जनताले उत्तर खोज्छन्। नतिजा नआए तपाईंको कुर्सी टिक्दैन।�सावधान हुनुहोस्, अन्धकार सधैं रहँदैन – उज्यालो आउनेछ, तर यो तपाईंको लागि चेतावनी हो।


"युवाको जोश, जनताको भरोसा — वाईसिएल अगाडि बढौं क्रान्तिको भरोसा!"
28/07/2025

"युवाको जोश, जनताको भरोसा — वाईसिएल अगाडि बढौं क्रान्तिको भरोसा!"


कृषकलाई मल अभाव तथा मल बितरण प्रकृयामा देखिएको पक्षधरतापुर्ण कमिशन को खेल को विरुद्धमा आज वाईसियल नेपालले देशैभर ज्ञापनप...
27/07/2025

कृषकलाई मल अभाव तथा मल बितरण प्रकृयामा देखिएको पक्षधरतापुर्ण कमिशन को खेल को विरुद्धमा आज वाईसियल नेपालले देशैभर ज्ञापनपत्र बुझाउनुको साथै धर्ना दिने कार्यक्रम गरेको छ !!
किसानको पक्षमा YCL.
Ycl चितवन !!!
YCL नेपाल,चितवन
RAPTI YCL

22/07/2025

📢 राप्ति YCLको सन्देश — सफा नगर, समुन्नत समाज ✊ श्रम, सेवा र समाज परिवर्तनका लागि — राप्ति YCL सधैं अगाडि!� #सफा_नगर #समाजपरिवर्तन

21/07/2025

📢 राप्ति YCL द्वारा सम्पन्न सरसफाइ तथा उत्पादनप्रेरित कार्यक्रमको रिपोर्ट 🧹🌱

आज राप्ति YCL ले “हामीले नै सफा बनाऔं हाम्रो नगर, हाम्रो टोल, हाम्रो समाज” भन्ने उद्देश्यका साथ राप्ति नगरपालिका क्षेत्रको सरसफाइ कार्यक्रम सम्पन्न गर्‍यो। कार्यक्रममा हामीले नगरवासीहरूलाई आफ्नो क्षेत्र, टोल, र घर आँगन सफा राख्न प्रेरित गर्दै, नगर प्रमुख, उप–प्रमुख तथा वडा अध्यक्षहरूलाई पनि यस्तो कार्यमा अग्रसर हुन र जिम्मेवारी निभाउन सचेत गराएका थियौं।

कार्यक्रमपछि, हामीले हाम्रो २ महिने अभियान “वाईसिएल श्रम तथा उत्पादन अभियान” अन्तर्गत राप्ति–१, परेवा कोट मा coffee खेती गरिरहनु भएका वाईसिएल जिल्ला सह–संयोजक कमरेड मुस्कानको खेतमा भ्रमण गर्यौं। वहाँले विगत ३ वर्षदेखि कफी खेतीमार्फत उत्पादनमा उदाहरणीय कार्य गरिरहनुभएको छ। हामीले वहाँलाई सम्मान गर्दै, यस्तो कृषिमा साथ, सहयोग र प्रेरणा दिने आग्रह आम जनसमुदायलाई गर्यौं।

यसै सन्दर्भमा हामीले आगामी दिनहरूमा राप्ति नगरपालिकाभित्रका अन्य उद्यम, कृषिक्षेत्र, युवा परियोजनाहरूमा भ्रमण तथा सहयोग गर्ने योजना बारे जानकारी गरायौं।

✊ राप्ति YCL सदैव श्रम, उत्पादन र परिवर्तनको पक्षमा अग्रसर छ।
संगठित हौं, सिर्जनशील बनौं, राप्तिलाई उदाहरणीय नगर बनाऔं!
#श्रम_उत्पादन #सफा_राप्ति

Address

Rapti Municipality
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when RAPTI YCL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share