01/06/2026
हार्दिक धन्यवाद
श्री जनसेवा आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ भोजपुरद्वारा आयोजित ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८३ कार्यक्रम भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएको अवसरमा यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति विद्यालय परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौ ।
यस कार्यक्रममा प्रमुख अतिथि, अतिथिगण, अभिभावकज्यूहरू, शिक्षक–शिक्षिकाहरू, विद्यार्थी भाइबहिनीहरू, सहयोगी संस्थाहरू, दाताहरू, तथा सम्पूर्ण शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति, सहयोग, सुझाव र सद्भावले कार्यक्रमलाई अझ प्रभावकारी, उपलब्धिमूलक र स्मरणीय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
विद्यालयप्रति यहाँहरूले देखाउनुभएको विश्वास, अपनत्व र निरन्तर सहयोग नै हाम्रो प्रेरणाको स्रोत हो। आगामी दिनहरूमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा विद्यालयको समग्र उन्नयनका लागि यहाँहरूको यस्तै माया, साथ, सहयोग र मार्गदर्शन प्राप्त भइरहने अपेक्षा राख्दछौँ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
“हाम्रो सफलता, यहाँहरूको साथ र विश्वासको परिणाम हो।”
श्री जनसेवा आधारभूत विद्यालय परिवार
भोजपुर नगरपालिका–७ भोजपुर