नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस

  • Home
  • Nepal
  • Biratchok
  • नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस

नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस Nepal student union sukuna multiple campus Page is made to provide information regarding campus acts.

हार्दिक बधाई: मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित सुकुना बहिमुखी क्याम्पसमा अध्यनरत २० वर्षीया छात्रा सुदिना खड्काले ...
20/07/2026

हार्दिक बधाई: मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित सुकुना बहिमुखी क्याम्पसमा अध्यनरत २० वर्षीया छात्रा सुदिना खड्काले कोशी प्रदेश लोक सेवा आयोगद्वारा सञ्चालित स्थानीय प्रशासन सेवा, नायब सुब्बा (पाँचौँ तह) परीक्षाका सम्पूर्ण चरणहरू सफलतापूर्वक उत्तीर्ण गरी मोरङको जहदा गाउँपालिकामा सिफारिस भएकी छन् । उनको कार्यकाल सफल, प्रभावकारी र सेवामुखी रहोस् । शुभकामना 🙏 जय नेपाल 🇳🇵

20/07/2026

विषय: सुकुना माध्यमिक विद्यालयको घटना सम्बन्धमा।

मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूमाथि भएको यौनजन्य दुर्व्यवहारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ परेको घटनाप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ। यो घटना देशभरका शैक्षिक संस्थाहरूमा छात्राहरूले भोगिरहेको यौनजन्य हिंसा, मानसिक उत्पीडन र शक्ति दुरुपयोगको प्रतिनिधि चित्र हो।

नेविसंघ निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित छात्राहरूको गोपनीयता, सुरक्षा, मनोसामाजिक परामर्श तथा कानुनी सहयोगको पूर्ण प्रत्याभूति गराउन जोडदार माग गर्दछ।

शैक्षिक संस्थालाई सुरक्षित बनाउन यौनजन्य हिंसाविरुद्ध शून्य सहनशीलता (Zero Tolerance) को नीति आवश्यक छ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ बमोजिम देशैभरका विद्यालय, कलेज तथा विश्वविद्यालयहरूमा अनिवार्य उजुरी व्यवस्थापन संयन्त्र, स्पष्ट आचारसंहिता र गोप्य उजुरी प्रणाली तत्काल लागू गर्न नेविसंघ सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।


करुणा कटुवाल
अध्यक्ष

पूर्वको प्रतिष्ठित शैक्षिक संस्था 'सुकुना माध्यमिक विद्यालय' सँग सम्बन्धित सतहमा आएका कुराहरू निन्दनीय छन् | विद्यालयका ...
19/07/2026

पूर्वको प्रतिष्ठित शैक्षिक संस्था 'सुकुना माध्यमिक विद्यालय' सँग सम्बन्धित सतहमा आएका कुराहरू निन्दनीय छन् | विद्यालयका केही शिक्षकहरुले आफ्ना छात्रा विद्यार्थिहरु माथी सामाजिक संजालमा गरेको यौन हिंसात्मक ब्यवहार घोर आपत्तिजनक छ।

आज पनि शिक्षाको मन्दिर विद्यालयमा समेत कलिला नाबालिकाहरूले सुरक्षित महसुस गर्न नसक्नुले विद्यालय शिक्षक र प्रशासकको लापरबाही ,असक्षमता उदाङ्गिएको छ । यस्तो मानसिकताबाट ग्रसित व्यक्तिहरू समाजका हितका लागि गुरु बन्न सक्दैनन् तसर्थ निशर्त बर्खास्त गरिनुपर्दछ।

यस्तो संवेदनशील विषयमा विद्यालय प्रशासन, ब्यवस्थापन समिति, नगरपालिका, प्रहरी प्रशासन तथा अन्य सरोकारवालाहरुको चाँडो ध्यान जाओस् साथै सत्य तथ्य छानबिन गरी दोषीलाइ यथार्थ सिघ्र कारबाहीको दायरामा ल्याउनमा माग गर्दछौ ।

सुकुना हामी सुन्दरहरैंचा बासीको गौरव हो, तर त्यसो भन्दैमा अपराध र समस्यालाइ लुकाउने प्रयास कसैले पनि नगरिदिनुहोला।

जय नेपाल

नेपाल बिधार्थी संघ को ५७ अैां स्थापना दिवसको अवसरमा सम्पुर्ण लोकतन्त्रप्रेमि बिधार्थी साथीहरूमा हार्दिक शुभकामना ।नेपालक...
19/04/2026

नेपाल बिधार्थी संघ को ५७ अैां स्थापना दिवसको अवसरमा सम्पुर्ण लोकतन्त्रप्रेमि बिधार्थी साथीहरूमा हार्दिक शुभकामना ।
नेपालको सबैभन्दा ठुलो र एतिहासिक संगठन जसले बिधार्थी का हरेक मुद्दालाई आत्मसात गर्दै बिधार्थीमाझ लोकप्रिय संगठन को रुपमा रहि देशमा हरेक आन्दोलन र परिवर्तनको नेतृत्व गर्दै आएको संगठन नेपाल बिधार्थी संघको ईतिहासको सम्झना गर्दै शुभकामना व्यक्त गर्दछौ ।🙏🙏
जय नेपाल 🙏🇳🇵🙏

मोरङ सुन्दरहरैंचा ९ निवासी सुकुना बहुमुखी क्याम्पसमा अध्यनरत २३ बर्षिय समीक्षा खड्का २०८२ चैत्र ३० देखि परिवारको सम्पर्क...
15/04/2026

मोरङ सुन्दरहरैंचा ९ निवासी सुकुना बहुमुखी क्याम्पसमा अध्यनरत २३ बर्षिय समीक्षा खड्का २०८२ चैत्र ३० देखि परिवारको सम्पर्कमा नआएकोले हजुरहरु कसैले देख्नु वा भेट्नु भएमा वा अन्य कुनै जानकारी प्राप्त भएमा ९८१९३८८७९५ मा सम्पर्क अथवा नजिकको प्रहरी कार्यलमा खबर गरिदिनुहुन अनुरोध छ । 🙏खोजी कार्यमा सहयोग गर्न सक्दो सेयर गर्नुहोला 🙏

15/04/2026

पठनपाठन सम्बन्धमा ।

🎉 नयाँ वर्ष २०८३ 🎉नयाँ उत्साह, नयाँ उमङ्गनयाँ सपना र नयाँ सङ्कल्पका साथ आएको यस शुभ अवसरमातपाईं र तपाईंको परिवारमा सुख, ...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ 🎉
नयाँ उत्साह, नयाँ उमङ्ग
नयाँ सपना र नयाँ सङ्कल्पका साथ आएको यस शुभ अवसरमा
तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा सफलताको कामना गर्दछौं ।
🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸
📍 नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समिति 🙏🇳🇵🙏

10/04/2026

पठनपाठन स्थगित गरिएको सम्बन्धमा ।

नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समिति सदस्य आयुश थापा ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना साथै स...
02/04/2026

नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समिति सदस्य आयुश थापा ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना साथै सामाजिक,आर्थिक, शैक्षिक तथा राजनैतिक सफलताको शुभकामना व्यक्त गर्दछौं ।
जय नेपाल 🙏🇳🇵🎂

Address

Biratchok
Biratchok

Telephone

+9779862109482

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share