Jeetpur Simara, Nepal

Jeetpur Simara, Nepal Real Voice Of Nepal - यहाँ नेता को आवाज होइन जनता आवाज गुजिन्छ!
(1)

जीतपुर, बारा। नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि जामा मस्जिद (मरकज) जीतपुर, जीतपुर सिम...
11/09/2026

जीतपुर, बारा।

नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि जामा मस्जिद (मरकज) जीतपुर, जीतपुर सिमरा उपमहानगरपालिका–७, बारा मा सामूहिक चन्दा संकलन गरिएको छ।

जुमाको नमाजको अवसरमा खुत्बा दिँदै मदरसा इस्लामिया नसीमनगर जीतपुरका पूर्व नाजिम मौलाना जहीरुद्दीन साहब مفتاحीले बाढी पीडितहरूको दुःख र कठिनाइमा सबैले साथ दिनुपर्ने बताउँदै आफ्नो आवश्यकतामा केही कटौती गरेर भए पनि पीडितहरूको सहयोग गर्न अपिल गर्नुभयो।

उहाँले प्रभावित परिवारहरूको लागि विशेष दुआ गर्दै अल्लाह तआलाले उनीहरूको समस्या सहज बनाऊन्, भएको क्षतिको उत्तम बदला प्रदान गरून् र उनीहरूलाई पुनः सुखी जीवन प्रदान गरून् भनी प्रार्थना गर्न आग्रह गर्नुभयो।

जुमाको नमाजपछि मस्जिदमा उपस्थित नमाजीहरूले अत्यन्त भावुक हुँदै बाढी पीडितहरूको लागि सामूहिक दुआ गरे। दुआका क्रममा धेरै जना भावुक बनेका थिए। साथै नेपालको अमन–चयन, शान्ति, सुरक्षा र सम्पूर्ण देशवासीको संरक्षणका लागि पनि विशेष दुआ गरिएको थियो।

यसै क्रममा नमाजी तथा स्थानीय सहयोगीहरूले खुलेर चन्दा दिए। अल्हम्दुलिल्लाह, कुल रु. ८०,०५५ संकलन भएको छ। उक्त रकम बाढी प्रभावितहरूको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ।

यो अभियानले विपत्तिको समयमा मानवता, भाइचारा, एकता र सामाजिक जिम्मेवारीको सुन्दर सन्देश दिएको छ।

मध्यरातको २ बजे। चारैतिर निस्तब्ध सन्नाटा थियो। त्यही सन्नाटालाई चिर्दै प्रसव पीडाले छटपटाइरहेकी एक असहाय आमाको कारुणिक ...
10/09/2026

मध्यरातको २ बजे। चारैतिर निस्तब्ध सन्नाटा थियो। त्यही सन्नाटालाई चिर्दै प्रसव पीडाले छटपटाइरहेकी एक असहाय आमाको कारुणिक चित्कार गुञ्जिरहेको थियो। तर, गरिब र विपन्न हुनुको अपराधमा त्यो चित्कार सुन्ने अस्पतालका बन्द ढोका र त्यहाँभित्रका पत्थर मनहरू पग्लेनन्।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सरकारी अस्पताल— जहाँ गरिब र निमुखा नागरिकहरू बाँच्ने अन्तिम आशा बोकेर पुग्छन्। तर, बुधबार राति त्यही ‘आशाको मन्दिर’ पैसाको अभावमा एउटी आमाका लागि क्रुर र निष्ठुरी बन्यो।

सुत्केरी व्यथाले थलिएर अस्पताल पुगेकी ती विपन्न महिलासँग जब अस्पताल प्रशासनले पैसा माग्यो, तब गरिबीको पीडा प्रसव वेदनाभन्दा पनि भारी भइदियो। रित्तो हात र आँसु मात्र साथमा भएकी ती गर्भवतीले दयाको याचना गरिन्, तर पैसा तिर्न नसकेकै कारण उनलाई उपचार गर्नुको सट्टा अस्पतालबाट निर्दयीपूर्वक बाहिर निकालियो।

प्रसव पीडाले शरीर गलिसकेको थियो, पाइला सार्ने शक्ति थिएन। अन्ततः ती बेसहारा महिला अस्पतालको मूल गेटबाहिर, चिसो र धुलाम्य सडकमै लडिन् र त्यही कालो पिचमा छटपटिँदै बच्चा जन्माउन बाध्य भइन्। न त्यहाँ कुनै डाक्टर थिए, न नर्स, न त कुनै सहारा। त्यो रात सडकमा जन्मिएको नवजात शिशुको पहिलो रुवाइले अस्पतालको पर्खाललाई त केही फरक पारेन, तर समग्र मानवता र राज्यको लाचार स्वास्थ्य प्रणालीलाई भने नराम्ररी लज्जित बनाइदियो।

गरिबीकै कारण सडकमा जीवनको भिख माग्नुपर्ने यो कस्तो विडम्बना? सरकारी अस्पतालकै आँगनमा पैसा नभएकै भरमा एउटी आमाले सडकमै सन्तान जन्माउनुपर्ने यो दृश्यले जो-कसैको पनि मुटु चसक्क हुन्छ।

यो एउटा लापरबाही मात्र होइन, गरिबमाथिको चरम अमानवीय अपराध हो। यस हृदयविदारक घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन हुनैपर्छ। जीवन दिने अस्पतालको दैलोबाट पैसाकै कारण कसैले यसरी लखेटिनु नपरोस्, र कुनै पनि आमाले आफ्नो कोख सडकमा रित्त्याउनु नपरोस्। मानवतालाई नै कलंकित पार्ने यस्तो अमानवीय व्यवहार अब कसैमाथि कहिल्यै दोहोरिनु हुँदैन!

04/09/2026

दार्चुलाको अपि हिमाल गाउँपालिकामा पहिरो गएपछि केहिबेरको लागि चमेलिया (चौलानी) खोलाको केहि भाग थुनिएको थियो भने अहिले खोला पुन बग्न थालेको छ ।

Source: Asst. CDO and DSP, Darchula

31/08/2026

खाेजी तथा उद्धार कार्यमा नेपाली सेना

वीरगन्जको नारायणी अस्पतालबाट  बच्चा चोरी गरी फरार भएकी महिलाको तस्बिर सार्वजनिक गरिएको छ ।
31/08/2026

वीरगन्जको नारायणी अस्पतालबाट बच्चा चोरी गरी फरार भएकी महिलाको तस्बिर सार्वजनिक गरिएको छ ।

30/08/2026

भारतमा भेटिन थाले सव ! एक घण्टामा ५० भन्दा बढी लास भेटिएको दाबी ।

सिमरा खानेपानीमा भएको भनिएको आर्थिक हिनामिनाको छानविन गर्न राम प्रसाद अधिकारीको संयोजकत्वमा ३ सदस्य छानविन समिति गठन गरि...
30/08/2026

सिमरा खानेपानीमा भएको भनिएको आर्थिक हिनामिनाको छानविन गर्न राम प्रसाद अधिकारीको संयोजकत्वमा ३ सदस्य छानविन समिति गठन गरिएको छ ।समितिलाई सत्य तथ्य बाहिर ल्याउन ७ दिनको समय दिईएको छ ।

एउटा Tatoo सनाखतको आधार बन्यो ,😥फोटोमा देखाईएको हात सुन्दरि महर्जनको हो।  उहाँको शव त्रीसुलिको बगरमा भेटियो ।गोसाइँकुण्ड...
30/08/2026

एउटा Tatoo सनाखतको आधार बन्यो ,😥फोटोमा देखाईएको हात सुन्दरि महर्जनको हो। उहाँको शव त्रीसुलिको बगरमा भेटियो ।
गोसाइँकुण्ड यात्रामा गएका ३ जना गोपाल महर्जन, उहाँकी श्रीमती सुन्दरी महर्जन र छोरी आर्सना महर्जन गोसाइँकुण्ड यात्राका लागि २०८३/०५/१० गते बिहान करिब ६:३० बजे घरबाट निस्कनुभएको थियो। तर २ जना अझै हराईरहेका छन । गोपाल निफ्रा र कार्यरत थिए भने सुन्दरि मुक्तिनाथ बैङ्मा कार्यरत थिइन ।😴
💚

30/08/2026

सरकारले पठाएको राहत ३ दिनसम्म बाँड्न नसकेको भन्दै रास्वपा सांसद आशिका तामाङ र वडाध्यक्ष बिच विवाद

29/08/2026

महामारीको जोखिम बढेपछि शव व्यवस्थापन गरिने

बाढीका कारण पहिचान हुन नसकेका तथा सडेगलेका शवबाट संक्रमणको जोखिम बढेपछि प्रशासनले ती शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ। शव व्यवस्थापनअघि डीएनए नमुना संकलन गरी अभिलेख राखिने जनाइएको छ।

Address

Bara
Birgunj
44400

Website

Alerts

Be the first to know and let us send you an email when Jeetpur Simara, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share