07/11/2026
‼️👁️निःशुल्क आँखा शिविर भव्यताका साथ सम्पन्न भयो👁️‼️
"स्वस्थ आँखा: उज्यालो भविष्य - आँखाको जाँच गरौं, दृष्टि सुरक्षित राखौं" भन्ने मूल नाराका साथ आज बोधिमाई मन्दिर परिसर, नगवा पोखरी, वीरगञ्ज-१६ मा आयोजित निःशुल्क आँखा शिविर भव्यताका साथ सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौं।
यस बृहत् स्वास्थ्य शिविरमा २०० भन्दा बढी स्थानीय महानुभावहरूले आफ्नो आँखाको निःशुल्क परीक्षण गराई यस सुवर्ण अवसरको भरपुर लाभ लिनुभएको छ।
हाम्रो यस सामाजिक तथा मानवीय प्रयासलाई सफल बनाउन अमूल्य प्राविधिक सहयोग प्रदान गर्नुहुने वीरगञ्ज दृष्टि आँखा अस्पताल प्रति हामी हार्दिक आभार प्रकट गर्दछौं। साथै, कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण स्थानीय युवाहरू, स्वयम्सेवकहरू, सुरक्षाकर्मीहरू तथा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा इन्क्रेडिबुल वीरगञ्ज परिवारको तर्फबाट उच्च सम्मानसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
समाजसेवा र जनहितका यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं। 🙏