17/07/2026
२०८३ असार ३२ गते बिहीबार वीरगन्जस्थित श्री गहवा माइ मन्दिरमा आयोजित रथयात्रा धार्मिक, शान्तिपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बारा र पर्सा जिल्लाका ८० जना एन.सि.सि क्याडेटहरूले स्वयंसेवकका रूपमा सक्रिय सहभागिता जनाउँदै भीड व्यवस्थापन, सुरक्षा समन्वय तथा कार्यक्रम सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनीहरूको अनुशासन, सेवा भावना तथा जिम्मेवारीपूर्ण कार्यशैलीप्रति श्रद्धालु एवं आयोजकहरूले उच्च प्रशंसा व्यक्त गरेका छन्।
कार्यक्रममा एन.सि.सि. अल्मुनाई एसोसिएसन नेपाल, पर्सा जिला र मधेश प्रदेशको समन्वय तथा नेतृत्वमा स्वयंसेवक परिचालन गरिएको थियो। कार्यक्रमलाई सफल, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित पदाधिकारी तथा स्वयंसेवकहरूको सक्रिय समन्वय र योगदान उल्लेखनीय रहेको थियो।
यस प्रकारको सहभागिताले एन.सि.सि को सामाजिक सेवा, अनुशासन तथा नेतृत्व क्षमतालाई थप उजागर गरेको छ।