11/04/2026
तीन ऐतिहासिक कामहरु:
१ विभिन्न देशका राजदूतहरु प्रधानमन्त्रीलाई पररास्ट्रलाई बाइपास गरी जुन बेला मन लाग्यो त्यही बेलामा कोठा चोटामा गएर पररास्ट्रको प्रतिनिधि नै नराखी एक्लाएक्लै भेट्ने परम्पराको अन्त्य भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफूसँग भेटवार्ताको समय माग्ने काठमाडौंमा रहेका २८ वटा विदेशी नियोगहरूमध्ये १७ वटा नियोगका प्रमुखहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एकसाथ भेटे ।
बुधबारको सामूहिक शिष्टाचार भेटवार्तामा नेपालका लागि भारत, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्रसंघका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो ।
२ आफ्नै श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाएर पदीय मर्यादाको धज्जी उडाउने श्रममन्त्री दीपकुमार साहलाई प्रधानमन्त्री बालेनले श्रममन्त्री बनेको १४ दिनमै ठाडो बर्खास्त गरेका छन ।
अन्याय, अत्या’चार, भ्र’स्टाचार, ना’ताबाद, कृ’पाबाद, फरियाबाद भएको बिरोधमा पंचायत, बहुदल, गणतन्त्र हुदै यहासम्म आइपुग्नु अघिसम्म बिरोध गरिएका ती कुराहरुले नै निरन्तरता पाउने मात्रै नभएर झन् झन् बढेको भन्दै यहा आइपुग्दा पनि त्यसको छनक देखाएपछि त्यस्तो छनक देखाउने बित्तिक्कै मन्त्री बनेको १४ दिनमै ठाडो बर्खास्त गरिनु प्रसंशनिय काम हो र यसको चर्चा अन्तरास्ट्रिय संचार जगतले पनि गरेका छन ।
३ सवारी चलाउने प्रचलनको अन्त्य गरी प्रधानमन्त्री आफै नियमित जस्तो ८:३० मा नै कार्यालय पुग्ने गर्नाले कर्मचारी समयमा नै कार्यालय पुग्ने, सरकारी कार्यालयमा कामको सिलसिलामा जादा बिचौलियाका कारण सामना गर्न परेको झन्झट बिचौलियाहरुलाई धमाधम समाउन थालिएपछि बिना झनझट फटाफट काम हुन थाल्ने, ट्राफिक नियम कढाइका साथ लागु गर्ने र अनलाइन मार्फत गरिएका शिकायतहरुलाई सुन्ने गरिएका कारण दुर्घ’टना न्यूनिकरण हुने र जन सरोकारका बिषयहरुले न्याय पाउन थालिएको सुन्न थालिएका छन।
नोट: चित्त नबुझेका कुराहरु सरकारको हनिमुन समयपछि निकाल्ने गरी अहिले राम्रा र सकारात्मक कुराहरुमा नै केन्द्रित हुदा राम्रो हुने हो कि? - Ram Kumar Shrestha