28/08/2026
🕯️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕯️
हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति The Council of GENZ Rupandehi को तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🙏
बाढीले भत्काएका पुलहरू, डुबेका घर–बस्तीहरू र पीडामा रहेका परिवारहरूको दृश्यले आज हामी सबैको मन दुखाएको छ। यस दुःखद घडीमा नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी तथा सम्पूर्ण उद्धारकर्मीहरूले आफ्नो ज्यानको पर्वाह नगरी गरिरहनुभएको उद्धार तथा सहयोगप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। 🇳🇵❤️
एक जनाको पीडा, हामी सबैको पीडा हो।
एक परिवारको आँसु, हाम्रो साझा आँसु हो।
🕯️ आउनुहोस्, दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाऔँ।
🤝 पीडितहरूको साथमा उभिऔँ।
❤️ मानवता, सहयोग र एकताको हात बढाऔँ।
📅 मिति: १३/०५/२०८३
🕕 समय: साँझ ०६:०० बजे
📍 स्थान: ट्राफिक चोक
🕯️ मौन श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम 🕯️
आयोजक: The Council of GENZ, Rupandehi, Nepal
“विपद्मा हामी अलग होइनौँ—मानवताको लागि हामी एक हौँ।” 🇳🇵
#हार्दिक_श्रद्धाञ्जली #बाढीपीडित #समवेदना #मानवता #एकता