आवाज अस्त्र : Aawaj Astra

आवाज अस्त्र : Aawaj Astra न त दबाब न त प्रभाव, सामाजिक र राजनीतिक बेतिथी विरुद्ध निरन्तर आवाज!

आवाज अस्त्र!

14/08/2026

🌧️ बादल फुटेर आएको भीषण वर्षापछि गोंगर खोलामा ठूलो बाढी आएको छ।
⚠️ माथिल्लो तामाकोशीको पावरहाउस आसपास बाढीको जोखिम बढेको छ।
🔴 गोंगर आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
#दोलखा #गोंगर #गोंगरखोला #बिगु #माथिल्लो_तामाकोशी #तामाकोशी #बाढी #बाढीकोजोखिम #भीषणबाढी #बादलफुट्यो #अत्यधिकवर्षा #मुसलधारेवर्षा #सतर्कता #विपद् #दोलखासमाचार

शुभ बिहानी चरिकोटबाट देखिएको गौरीशंकर हिमाल र दोलखा बजारको मनमोहक दृश्य।
14/08/2026

शुभ बिहानी चरिकोटबाट देखिएको गौरीशंकर हिमाल र दोलखा बजारको मनमोहक दृश्य।

नेपाल भलिबल संघले १३औँ निर्वाचन महाधिवेशनको तयारी सुरु गरेको छ। संघले २०८३ असोज १५ गतेभित्र देशभरका जिल्ला तथा प्रदेश सम...
13/08/2026

नेपाल भलिबल संघले १३औँ निर्वाचन महाधिवेशनको तयारी सुरु गरेको छ।

संघले २०८३ असोज १५ गतेभित्र देशभरका जिल्ला तथा प्रदेश समितिहरू पुनर्गठन गर्ने निर्णय गरेको छ। महाधिवेशन तयारीका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि समेत तोकिएका छन्।

पुनर्गठन प्रक्रिया सम्पन्न भएपछि महाधिवेशनको मिति र विस्तृत कार्यतालिका सार्वजनिक गरिने संघले जनाएको छ।

#नेपालभलिबलसंघ #भलिबल #१३औँमहाधिवेशन #निर्वाचनमहाधिवेशन #भलिबलसमाचार #खेलकुद #नेपालीखेलकुद #कोशीप्रदेश #मधेशप्रदेश #बागमतीप्रदेश #गण्डकीप्रदेश #लुम्बिनीप्रदेश #कर्णालीप्रदेश #सुदूरपश्चिमप्रदेश #खेलकुदसमाचार

12/08/2026

दोलखा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय फुटबल लिग–२०८३ को च्याम्पियन ट्रफी तथा टाइ–सिट सार्वजनिक
#खेलकुद

🏆 दोलखा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय फुटबल लिग–२०८३ को च्याम्पियन ट्रफी तथा टाइ–सिट सार्वजनिक कार्यक्रम सम्पन्न। ⚽९...
12/08/2026

🏆 दोलखा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय फुटबल लिग–२०८३ को च्याम्पियन ट्रफी तथा टाइ–सिट सार्वजनिक कार्यक्रम सम्पन्न। ⚽
९ विद्यालयको सहभागिता रहने प्रतियोगिता भदौ १ गतेदेखि हरेक शनिबार र आइतबार सञ्चालन हुनेछ। 📅
प्रतियोगिता १३ हप्तासम्म सञ्चालन हुने आयोजक चरिकोट खेलकुद विकास समाजले जनाएको छ।
🔥 विद्यालयस्तरबाटै फुटबल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताका लागि शुभकामना!
#खेलकुद

सत्तापक्षकै सांसद आशिका तामाङको प्रश्न—बजेट छ, पैसा छ, तर एउटा कार्यविधि बनाउन नसक्ने सरकारसँग जनताले के अपेक्षा गर्ने?क...
12/08/2026

सत्तापक्षकै सांसद आशिका तामाङको प्रश्न—बजेट छ, पैसा छ, तर एउटा कार्यविधि बनाउन नसक्ने सरकारसँग जनताले के अपेक्षा गर्ने?
कम्बोडियामा निधन भएका सन्तोष राईको शव नेपाल ल्याउन सदनमा आवाज उठाएको दुई महिना, मन्त्रालय धाएको २७ दिन बितिसक्दा पनि समाधान भएन।
परिवार शोकमा छ, श्रीमती हरेक दिन “मेरो श्रीमानको शव कहिले आउँछ?” भन्दै रोइरहेकी छन्।
जनताको पीडाभन्दा ठूलो कुनै कागजी प्रक्रिया हुन सक्दैन—सरकारले अब बहाना होइन, तत्काल निर्णय दिनुपर्छ।
यो एउटा परिवारको मात्र सवाल होइन, दुःखमा परेका नागरिकप्रति राज्यको जिम्मेवारी र जवाफदेहिताको सवाल हो।

📢 विद्यार्थीको आवाज सरकारसम्म पुग्दा परिणाम पनि आयो।शनिबार, आइतबार र सार्वजनिक बिदाका दिन पनि विद्यालयले कक्षा सञ्चालन ग...
05/08/2026

📢 विद्यार्थीको आवाज सरकारसम्म पुग्दा परिणाम पनि आयो।

शनिबार, आइतबार र सार्वजनिक बिदाका दिन पनि विद्यालयले कक्षा सञ्चालन गरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरूले हेलो सरकार (११११) मा गुनासो गरेका थिए। त्यसपछि नगरपालिकाले सम्बन्धित विद्यालयलाई बिदाका दिन नियमित पठनपाठन नगर्न निर्देशन दिएको जनाएको छ।

यस घटनाले एउटा सन्देश दिएको छ— विद्यार्थीको आवाज पनि महत्त्वपूर्ण हुन्छ। आफ्नो अधिकारसँग सम्बन्धित विषयमा जिम्मेवार निकायमा गुनासो राख्दा सम्बन्धित निकायले आवश्यक कदम चाल्न सक्छ।

#1111

दोलखा जिल्ला बैतेश्वर गाउँपालिका–२ का अनिश घिसिङले तेस्रो वर्ल्ड मिक्स बक्सिङ २०८३ मा स्वर्ण पदक र 'बेस्ट प्लेयर अवार्ड'...
02/08/2026

दोलखा जिल्ला बैतेश्वर गाउँपालिका–२ का अनिश घिसिङले तेस्रो वर्ल्ड मिक्स बक्सिङ २०८३ मा स्वर्ण पदक र 'बेस्ट प्लेयर अवार्ड' जित्दै नेपाललाई गौरवान्वित बनाएका छन्। १५ भन्दा बढी देशका खेलाडी सहभागी प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको पहिचान अझ उँचो बनाएको छ। यो सफलता बैतेश्वर, दोलखा र सम्पूर्ण नेपालका लागि गर्वको विषय हो। अनिश घिसिङलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको ब्रड पिक हिमालमा आएको हिमपहिरोमा निधन भएको खबरले सम्पूर्ण नेपालीलाई स...
01/08/2026

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको ब्रड पिक हिमालमा आएको हिमपहिरोमा निधन भएको खबरले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। उहाँको साहस, समर्पण र योगदान सधैं प्रेरणाको स्रोत रहनेछ।

व्यवहारिक शिक्षा नै वास्तविक शिक्षा हो। चरिकोटस्थित एपेक्स स्कूलले जिल्लामै पहिलो पटक आयोजना गरेको ‘पोटरी सेसन’ ले विद्य...
29/07/2026

व्यवहारिक शिक्षा नै वास्तविक शिक्षा हो। चरिकोटस्थित एपेक्स स्कूलले जिल्लामै पहिलो पटक आयोजना गरेको ‘पोटरी सेसन’ ले विद्यार्थीमा सिर्जनशीलता, आत्मविश्वास र जीवनोपयोगी सीप विकास गर्ने नयाँ उदाहरण प्रस्तुत गरेको छ। शिक्षा अब किताबमा मात्र सीमित छैन, अनुभवमै उत्कृष्ट सिकाइ छ।

Address

Bhimeshwor Municipality 2
Charikot
455000

Opening Hours

Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when आवाज अस्त्र : Aawaj Astra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category