24/08/2026
“निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”
----------------------------------------
मिति २०८३।०५।०८ गते, यस नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनमा कार्यरत प्रहरी कमर्चारीहरु को निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न भएको छ । यस कार्यलयका कार्यालय प्रमुख प्र.उ. डिल्ली नारायण पाण्डेय ज्युबाट यस कार्यालयमा कार्यरत प्रहरी कमर्चारीहरु को निरीक्षण गरी कार्यरत प्रहरी कमर्चारीहरुलाई अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशन दिनुभएको छ ।