Prakash Kumar Budha - प्रकाश कुमार बुढा

  • Home
  • Nepal
  • Dailekh
  • Prakash Kumar Budha - प्रकाश कुमार बुढा

Prakash Kumar Budha - प्रकाश कुमार बुढा निस्वार्थ सेवा भावले राजनीतिमा आएको हुँ! मेरो एउटै उदेश्य सेवा र कर्मले समाज रुपान्तरण गर्नु हो!

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!नयाँ वर्षको यस पावन अवसरमा दैलेख जिल्लावासी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दि...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

नयाँ वर्षको यस पावन अवसरमा दैलेख जिल्लावासी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, समृद्धि, स्वास्थ्य र सुखको हार्दिक कामना गर्दछु।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विशेष रूपमा पार्टीका सबै कार्यकर्ता, शुभचिन्तक तथा समर्थकहरूमा आउँदो वर्षले हाम्रो अभियानलाई थप ऊर्जा र सफलता प्रदान गरोस्, देशमा सुशासन, विकास र सामाजिक न्यायको नयाँ अध्याय सुरु होस् भन्ने कामना गर्दछु।

सचिव
प्रकाश कुमार बुढा
राष्ट्रिय स्वतन्त्र पार्टी, दैलेख

04/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखप्रति शुभेच्छा राख्ने तपाईहरु सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। अब तपाईं हाम्रै साथ, सहयोग र सहकार्यले राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखलाई थप मजबुत र सशक्त बनाउनु छ। पार्टीमा जोडिन इच्छुक सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।
Rastriya Swatantra Party - RSP

16/03/2026

Episode - 1
करिव एक वर्ष अगाडिको अन्तर्वार्ता...!
मैले उतिबेलै पनि वैकल्पिक शक्तिहरू सबै एक ठाउँ आउन जरुरी छ, भनेर प्रष्ट्याएको थिएँ। र आज त्यो सम्भव भयो।
गत स्थानीय तह उपनिर्वाचनका केही प्रसङ्गसहितको पोडकास्ट सामाग्री!

अब डर होइन, अब परिवर्तन!आउनुहोस्, फागुन १४ गते Rastriya Swatantra Party भगवतिमाई गाउपालिकाको चुनाबि आमसभामा सहभागी भई नय...
27/02/2026

अब डर होइन, अब परिवर्तन!
आउनुहोस्, फागुन १४ गते Rastriya Swatantra Party भगवतिमाई गाउपालिकाको चुनाबि आमसभामा सहभागी भई नयाँ राजनीति र नयाँ सोचलाई साथ दिऔं।
युवा शक्ति उठ्यो भने देश उठ्छ!👋🇳🇵🔔🙏

19/02/2026

रवी बालेन सुर्खेतमा।

लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको भएको छ...
28/12/2025

लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको भएको छ । मध्यराति भएको सहमतिअनुसार रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीका उम्मेदवार हुनुहुनेछ ।
यस्तो छ सहमति :
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

भोलि ‌पौष १२ गते बिहान ‌७ बजेदेखि पर्सि पौष १३ गते साँझ ७ बजेसम्म हुने प्रारम्भिक निर्वाचन सँग जोडिएका सम्पूर्ण प्रश्नहर...
26/12/2025

भोलि ‌पौष १२ गते बिहान ‌७ बजेदेखि पर्सि पौष १३ गते साँझ ७ बजेसम्म हुने प्रारम्भिक निर्वाचन सँग जोडिएका सम्पूर्ण प्रश्नहरूको उत्तर दिने कोसिस गरेका छौँ। भिडियो राम्ररी हेर्न र यो भिडियोलाई हरेक पार्टी सदस्य सामु पुर्याउनका लागि आग्रह गर्दछु।

भोलिको प्रारम्भिक निर्वाचनका लागि थाहा पाउनुपर्ने मुख्य कुराहरू

१. प्रारम्भिक निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपबाट हुनेछ। पौष ५ गतेसम्म नेपालभित्र र नेपाल बाहिरका पार्टी सदस्यहरूले मात्र मतदान गर्न पाउनेछन्।

२. निर्वाचन आयोगको नयाँ क्लस्टर डिभिजन अनुसार ११० जनाको बन्दसूची निम्नानुसार हुनेछ, जसअनुसार अधिकतम ११० जना उम्मेदवारहरूलाई छान्न सकिनेछ। ११० जना छान्दा ‌ निम्न कम्पोजिसन अनुसार छान्नुपर्नेछ।
क. खस आर्य:३३
ख. आदिवासी जनजाति: ३२
ग. मधेशी:१८
घ. दलित: १५
ङ. थारु: ७
च. मुस्लिम: ५

यसरी ११० जना छान्दा ५७ जना महिला उम्मेदवार अनिवार्य छान्नु पर्नेछ।

३. अधिकतम ११० जना छान्नु भनेको ‌ पार्टीको आन्तरिक प्रारम्भिक निर्वाचनमा आफ्नो मताधिकारको सर्वोच्चम प्रयोग गर्नु हो। यदि ११० जना छान्दै नगरेको खण्डमा पनि हरेक क्लस्टरमा भएका उम्मेदवारको १०% छान्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। उदाहरणका लागि , यदि खस आर्य क्लस्टरमा १७० जना उम्मेदवारहरू छन् भने त्यसमध्येबाट १७ जनालाई अनिवार्य छान्नुपर्छ।

४. मतदान गर्नका लागि पार्टीको मोबाइल एपमा आफ्नो युजर नेम र पासवर्ड प्रविष्ट गरेपछि होम पेजमा समानुपातिक निर्वाचन प्रणालीको प्रारम्भिक निर्वाचनमा मतदान गर्नुहोस् भन्ने सेक्सन आउँछ। त्यो सेक्सनमा क्लिक गरिसकेपछि तपाईँले पार्टी सदस्यता लिँदा जुन मोबाइल नम्बर प्रयोग गर्नुभएको छ त्यही मोबाइल नम्बरमा ओटिपी आउँछ। त्यो ओटिपी राखिसकेपछि तपाईँलाई सिस्टमले भोटिङ ड्यासबोर्डमा लैजान्छ जहाँ छ वटा क्लस्टरको उम्मेदवारहरूको लिस्ट हुन्छ। कम्तीमा हरेक क्लस्टरको १०% र अधिकतम सबै क्लस्टर मिलाएर ११० जनालाई मतदान गर्न सकिनेछ।
५. एउटा ओटिपीले तीन घण्टा मात्र काम गर्नेछ। ३ घण्टापछि नयाँ ओटिपीको आवश्यकता पर्ने छ।

६. यदि तपाईँले उम्मेदवार छानेर त्यसलाई सबमिट गर्नुभएन र मोबाइल एपबाट तपाईँ बाहिरिनुभयो भने फेरि मोबाइल एप खोल्दा पुनः मतदान गर्नुपर्नेछ। यदि तपाईँले आफ्ना मतदान प्रक्रिया ओटिपी पाएको तीन घण्टाभित्रै सुरु गर्नुभयो भने अर्को ओटिपी पर्दैन। तर तीन घण्टा कट्यो भने पुन ओटिपी चाहिन्छ।

७. प्रवासमा रहने पार्टी सदस्यहरूका हकमा उहाँहरूको इन्टरनेसनल फोन नम्बर ( यदि त्यही नम्बरबाट पार्टी सदस्यता लिनुभएको हो भने) मा ओटिपी आउँछ। यदि तपाईँले पार्टी सदस्यता लिएको फोन नम्बर एउटा ‌र अहिले चलाइरहेको नम्बर अर्को छ भने तपाईँको मोबाइलमा ओटिपी नआउन पनि सक्छ। त्यसैले मोबाइल नम्बर परिवर्तन गर्नुपर्ने छ भने संगठनको संरचनामा सम्पर्क राख्नुहोला।

८. आफूले उम्मेदवार छानिसकेपछि ‌ सबमिट गर्नु अगाडि ‌ उम्मेदवारहरूको सूची हेर्न मिल्नेछ ‌र सूचीमा केही परिवर्तन गर्नु छ भने गर्न पनि मिल्नेछ। यद्यपि यदि तपाईँले उम्मेदवार छानेर सबमिट गर्नुभयो भने पुन मतदान गर्न मिल्दैन।

९. आज राति ७ बजेदेखि १० बजेसम्म, सम्पूर्ण पार्टी सदस्यलाई प्रारम्भिक निर्वाचनमा प्राक्टिस गराउने ‌र टेक्निकल टिमलाई हुन सक्ने सम्भावित ग्लिचेजहरूका लागि तयार गराउने हेतुले प्रारम्भिक मक इलेक्सन हुँदैछ। यो मक इलेक्सनमा देखिने नाम र ‌ ठेगानाहरू सबै डमी नाम हुन्। आज साँझको ‌ प्रारम्भिक मक इलेक्सनमा सहभागी भएर भोलि देखि हुने प्रारम्भिक निर्वाचनका लागि आफूलाई तयार राख्नुहोला।

पार्टीको आन्तरिक प्रारम्भिक निर्वाचनमा सहभागी हुने सम्पूर्ण पार्टी सदस्यलाई आभार।

Address

Dailekh
Dailekh

Telephone

+9779851211075

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Kumar Budha - प्रकाश कुमार बुढा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Prakash Kumar Budha - प्रकाश कुमार बुढा:

Shortcuts

Share

Category