Connect Dhading,धादिङ जोडौ

Connect Dhading,धादिङ जोडौ सत्य तथ्य समाचार भिडियो को लागी पेज लाइक तथा फलो गर्नुहोला धन्यवाद !

१५ दिनदेखि अवरुद्ध धादिङको यातायात सेवा भोलि भदौ २५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ! 🚌🛑 गत भदौ १० गते भोटेकोशीको बाढी...
09/09/2026

१५ दिनदेखि अवरुद्ध धादिङको यातायात सेवा भोलि भदौ २५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ! 🚌🛑

गत भदौ १० गते भोटेकोशीको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेसीसहित ८ स्थानीय तहमा परेको सास्तीलाई सम्बोधन गर्न मर्मत सम्भारपछि वैकल्पिक मार्गहरूमार्फत सेवा सुरु गर्न लागिएको हो।

यात्रुहरूले यात्रा गर्दा सडकको अवस्था र मौसम ध्यानमा राखी उच्च सतर्कता अपनाउनुहोला।

पूरा समाचार कमेन्टको लिङ्क मा हेर्नुहोस्। 👇

09/09/2026

#धादिङ #फुर्केखोला #सरकारकोध्यानाकर्षण

बाढीले गजुरी गाउँपालिका–५,  गलौदीका अधिकांश घर डुबाएपछि स्थानीयहरू अहिले जङ्गलमा बस्न बाध्य (तस्वीरहरु)           #धादिङ...
07/09/2026

बाढीले गजुरी गाउँपालिका–५, गलौदीका अधिकांश घर डुबाएपछि स्थानीयहरू अहिले जङ्गलमा बस्न बाध्य (तस्वीरहरु)

#धादिङ #फुर्केखोला #सरकारकोध्यानाकर्षण

07/09/2026

Last Video Malekhu Furkhe Kholako पुल ! सम्झनामा मात्रै अब ।

रेकर्ड राख्ने अवसर गुम्दै ⏳! धादिङ सदरमुकाम जोड्ने फुर्केखोला–परेवाटार पुल बाढीले बगाएपछि जिल्लाको आवागमनमा ठूलो समस्या ...
07/09/2026

रेकर्ड राख्ने अवसर गुम्दै ⏳!
धादिङ सदरमुकाम जोड्ने फुर्केखोला–परेवाटार पुल बाढीले बगाएपछि जिल्लाको आवागमनमा ठूलो समस्या परेको छ । ८ स्थानिय तह प्रत्यक्ष प्रभावित छन् । यस्तो अवस्थामा चीन सरकारले नेपाललाई १०० मिटर लम्बाइका Bailey Bridge उपलब्ध गराईसकेको अवस्थामा त्यसलाई ढिलाई नगरी तत्काल फुर्केखोला–परेवाटारमा प्रयोग गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण होस् ।

सम्बन्धित पक्षले प्राथमिकता दिने हो भने फुर्के खोलामा दशैं अगावै पुल बन्छ/बन्न सक्ने समय पनि छ । नयाँ सरकारले कुनै काममा त चमत्कार गर्छ भन्ने मेरो आशा थियो, अझै छ ! तर दिनहरु क्रमश: बितिसके, हप्ता समेत बितेर, अर्को हप्ता पनि बित्नै लाग्यो तर अब महिना नबितोस् ! सरकारले समयमै काम नगरे क्रमश: आलोचना बढ्दै जाने कुरा बुझोस् । एकातर्फ उद्दारको तनाब छदैछ, तर अर्कोतर्फ पनि करोडौं जनता छन् भन्ने सरकारले बुझ्नुपर्छ । सरकारको उपस्थिति बहुतर्फी हुनुपर्छ । एकातर्फ अति एक्टिभ तर अर्कोतिर शुन्यता, नहोस् !

यो सरकारलाई चमत्कार गर्ने अवसर छ । गरोस्, जनताको मन जितोस् । बाढी गएको ३१ घण्टामा पुल हालेको भारतमै इतिहास छ, मैले यो विषय उठाउदै गर्दा नेपालमा बाढीको बितण्डा भएको ३१० घण्टा बितिसकेको छ । क्रमश: रेकर्ड राख्ने अवसरहरु गुम्दैछ ।

  अभियानमा जोडिऔँ! धादिङको फुर्के खोला पुल क्षतिग्रस्त हुँदा स्थानीयवासी तथा यात्रुहरूले आवतजावतमा ठूलो समस्या भोगिरहेका...
07/09/2026

अभियानमा जोडिऔँ!

धादिङको फुर्के खोला पुल क्षतिग्रस्त हुँदा स्थानीयवासी तथा यात्रुहरूले आवतजावतमा ठूलो समस्या भोगिरहेका छन्। यस्तो अवस्थामा दीर्घकालीन पुल निर्माण हुन समय लाग्न सक्छ, त्यसैले बेलीब्रीज जडान गरेर भए पनि तत्काल आवतजावत सहज बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ।

अहिले देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेको छ र सरकारलाई समेत स्रोत-साधन तथा व्यवस्थापनमा चुनौती भइरहेको अवस्था छ। त्यसैले हामी सबैले सरकारलाई दबाब मात्र होइन, सहयोग र सकारात्मक पहलका साथ तत्काल सम्भव हुने अस्थायी समाधानतर्फ ध्यानाकर्षण गराउन आवश्यक छ।

आउनुहोस्, अभियानमा जोडिऔँ र फुर्के खोला पुलमा बेलीब्रीज जडान गरी आवतजावत सहज बनाउन सरकारको ध्यानाकर्षण गराऔँ।

#धादिङ #फुर्केखोला #सरकारकोध्यानाकर्षण

25/07/2026

सानी नानीको ठुलो आवाज 🙏

🚨 अत्यन्त जरुरी मानवीय अपिल 🚨धादिङको  नीलकण्ठ नगरपालिका वडा नं ०७ सुकौरा बेसि,  निवासी रामप्रसाद पोख्रेलका एकमात्र छोरा ...
02/01/2026

🚨 अत्यन्त जरुरी मानवीय अपिल 🚨

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ०७ सुकौरा बेसि, निवासी रामप्रसाद पोख्रेलका एकमात्र छोरा चिरञ्जीवी पोख्रेल आजभन्दा करिब ३ वर्षअघि क्रिकेट खेल्न पोखरा जान्छु भनी घरबाट निस्किनु भएको १ वर्षसम्म पोखराबाट सम्पर्कमा रहनु भए पनि त्यसपछि उहाँ सम्पर्कविहीन रहनु भएको आफन्तहरुले बताएका छन् ।

🏥 आज मिति २०८२ पुस १७ गते (बिहीबार)
बुबा लडेर गम्भीर घाइते भई
👉 ४:१५ बजे धादिङ अस्पतालबाट एम्बुलेन्समार्फत काठमाडौंको वीर अस्पताल* लगिएको छ।

🙏 चिरञ्जीवी,
जहाँ भए पनि कृपया घर परिवारको सम्पर्कमा आईदिनुहोला ।

📸 यहाँ २ वर्षअघिको फोटो राखिएको छ।
👀 फोटो देखेर चिन्नु हुने, देख्नु हुने वा भेट्नु हुने महानुभावहरूले कृपया उनीलाई सम्झाई–बुझाई घर फर्कन सहयोग गरिदिनुहोला।

📍 विशेष अनुरोध: पोखरावासी दाजुभाइ दिदीबहिनीहरू
उहाँ अझै पोखरामै हुन सक्ने अनुमान गरिएको छ।

🙏 एक शेयर = एक आशा
कृपया यो पोस्ट Share गरिदिनुहोस्।










Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Connect Dhading,धादिङ जोडौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share