राष्ट्रिय स्वतन्त्र पार्टी- त्रिपुरासुन्दरी धादिङ

  • Home
  • Nepal
  • Dhading
  • राष्ट्रिय स्वतन्त्र पार्टी- त्रिपुरासुन्दरी धादिङ

राष्ट्रिय स्वतन्त्र पार्टी- त्रिपुरासुन्दरी धादिङ जान्ने लाइ छान्ने!

📢 सूचनाराष्ट्रिय स्वतन्त्र पार्टी, धादिङको जिल्ला पार्टी कार्यालय स्थापना भई नियमित रूपमा सञ्चालनमा आएको जानकारी गराउँदछ...
24/07/2026

📢 सूचना

राष्ट्रिय स्वतन्त्र पार्टी, धादिङको जिल्ला पार्टी कार्यालय स्थापना भई नियमित रूपमा सञ्चालनमा आएको जानकारी गराउँदछौं।

यो कार्यालय पार्टीका संगठनात्मक गतिविधि, जनसम्पर्क, सदस्यता विस्तार, प्रशिक्षण, साथै नागरिकका गुनासा, सुझाव र जिज्ञासालाई व्यवस्थित रूपमा सम्बोधन गर्ने साझा केन्द्रका रूपमा रहनेछ।

सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकलाई कार्यालयमा हार्दिक स्वागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको अभियानलाई थप सशक्त बनाउन सहकार्यका लागि अनुरोध गर्दछौं।

राष्ट्रिय स्वतन्त्र पार्टी, धादिङ जिल्ला समिति

📞 सचिवालय: ०१०–५९०५३३📱
जिल्ला सभापति (राजन अर्याल): ९८६०१६६११२

08/07/2026

📢 विषयगत विज्ञ तथा अनुभवी व्यक्तित्वहरूलाई हार्दिक आह्वान!

राष्ट्रिय स्वतन्त्र पार्टी, त्रिपुरा सुन्दरी गाउँपालिका समिति आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विषयगत विभागहरू गठन तथा सुदृढीकरण गर्ने अभियानमा जुटेको छ।

यदि तपाईं निम्नमध्ये कुनै क्षेत्रमा ज्ञान, अनुभव वा विज्ञता राख्नुहुन्छ भने, यो अभियानमा सहभागी भई आफ्नो गाउँपालिकाको विकासमा प्रत्यक्ष योगदान दिनुहोस्।

✅ शिक्षा
✅ स्वास्थ्य
✅ कानून तथा सुशासन
✅ खानेपानी तथा सरसफाइ
✅ सडक तथा यातायात
✅ कृषि तथा पशुपालन
✅ पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन
✅ युवा तथा खेलकुद
✅ महिला, बालबालिका तथा सामाजिक विकास
✅ वातावरण तथा विपद् व्यवस्थापन
✅ सूचना प्रविधि
✅ मठमन्दिर तथा सांस्कृतिक सम्पदा संरक्षण
✅ स्थानीय अर्थतन्त्र, उद्यमशीलता तथा रोजगारी
✅ पूर्वाधार, भूगोल तथा अन्य विषयगत क्षेत्र

हामी केवल सदस्य होइन, आ-आफ्नो क्षेत्रको जिम्मेवारी लिएर पूर्ण कार्यकालसम्म नीति, योजना र सुशासनको आधार निर्माण गर्न प्रतिबद्ध विज्ञहरूको खोजीमा छौँ।

आउनुहोस्, त्रिपुरा सुन्दरी गाउँपालिकाको आवश्यकता, सम्भावना र चुनौतीको गहिरो अध्ययन गरी जनतामाझ विश्वासका साथ प्रस्तुत गर्न सकिने व्यवहारिक विकासको खाका सँगै तयार गरौँ।

📞 सहभागी हुन तथा आफ्नो विषयगत विज्ञता सम्बन्धी जानकारी गराउन सम्पर्क गर्नुहोस्:
९८१८२७३२०५

“राम्रो राजनीति बलियो संगठनबाट, बलियो संगठन विज्ञताको सहभागिताबाट।”

राष्ट्रिय स्वतन्त्र पार्टी
त्रिपुरा सुन्दरी गाउँपालिका समिति

भ्रममा नपर्नुहोस्।साझा बसको रंग परिवर्तन गर्न खोजिएको होइन। प्रस्ताव त केवल साझा बससँग केही बस भाडामा लिएर महिला-मैत्री ...
06/07/2026

भ्रममा नपर्नुहोस्।
साझा बसको रंग परिवर्तन गर्न खोजिएको होइन। प्रस्ताव त केवल साझा बससँग केही बस भाडामा लिएर महिला-मैत्री सेवा सञ्चालन गर्ने हो।
ती बसलाई निलो रंग दिनुको उद्देश्य महिलाहरूले सजिलै चिन्न सकून् र अन्य बसबाट स्पष्ट रूपमा छुट्याउन सकियोस् भन्ने मात्र हो। महिला बस पनि हरियो नै भएमा साझा बस र महिला बसबीच फरक छुट्याउन गाह्रो हुन्छ।
रंग फरक हुनु भनेको साझा बसको पहिचान मेटाउनु होइन, सेवालाई अझ सहज, सुरक्षित र व्यवस्थित बनाउनु हो। तथ्य बुझेर मात्रै टिप्पणी गरौँ।

राते सेते अनलाइन अनि भ्रान्तिपुरले सरकार ले १०० दिनमा के के गर्यो नदेख्या हो कि?  गज्जब र राम्रो सुरुवात गरेको छ। आशावाद...
05/07/2026

राते सेते अनलाइन अनि भ्रान्तिपुरले सरकार ले १०० दिनमा के के गर्यो नदेख्या हो कि?
गज्जब र राम्रो सुरुवात गरेको छ। आशावादी छौं ।

🤘
26/06/2026

🤘

26/06/2026

पार्टी सभापति - रवि लामिछाने
उप सभापति - स्वर्णिम वाग्ले
उप सभापति - सोबिता गौतम
महामन्त्री - विपिन कुमार आचार्य
सहमहामन्त्री - हरि ढकाल
सहमहामन्त्री - असिम शाह
सहमहामन्त्री - निशा डाँगी लगायत
सम्पुर्ण केन्द्रीय समितिलाई हार्दिक बधाई तथा शुभकामना 🙏🏻🔔🇳🇵

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै आदरणीय पार्टी सभापति 🙏🔔
25/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै आदरणीय पार्टी सभापति 🙏🔔

जय देश जय घण्टी 🔔
21/06/2026

जय देश जय घण्टी 🔔

ऐतिहासिक महाधिवेशन उद्घाटन समारोहका केही तस्बिर हरु। 🔔
21/06/2026

ऐतिहासिक महाधिवेशन उद्घाटन समारोहका केही तस्बिर हरु। 🔔

भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा नेपाल सरकारको नाममा दर्ता गराएकी छन् भने हालस...
21/06/2026

भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा नेपाल सरकारको नाममा दर्ता गराएकी छन् भने हालसम्म सरकारको नाममा लालपुर्जा नभएको सिंहदरबार परिसरको जग्गाको लालपुर्जा पनि सरकारको नाममा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। 😮

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी- त्रिपुरासुन्दरी धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share