Birendra Bhatta - विरेन्द्र भट्ट

Birendra Bhatta - विरेन्द्र भट्ट गोदावरी नगरपालिकामा भई रहेका दैनिक घट्नाहरु,सुसासन,समृद्धिका दैनिक खबरहरु यस पेजबाट अपडेट गरिनेछ।

लगातारको वर्षाका कारण गोदावरीको बनखेतको बस्ती नजिक ठूलो रूख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। साथै अन्य रूखबाट समेत जोख...
07/09/2026

लगातारको वर्षाका कारण गोदावरीको बनखेतको बस्ती नजिक ठूलो रूख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। साथै अन्य रूखबाट समेत जोखिम बढेकाले जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै रूख कटान तथा आवश्यक व्यवस्थापनको काम तत्काल अघि बढाइएको जानकारी गराउँदछु। सुरक्षित रहनुहोस्। 🙏

⚠️ नगरवासीमा हार्दिक अनुरोध : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ !आदरणीय गोदावरी नगरवासी आमाबुबा, दाजुभाइ तथा दिदीबह...
07/09/2026

⚠️ नगरवासीमा हार्दिक अनुरोध : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ !
आदरणीय गोदावरी नगरवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण गोदावरी/मोहन नदीमा पानीको बहाव बढ्दै गई चेतावनी तहसमेत पार गरिसकेको जानकारी प्राप्त भएको छ। वर्षा अझै जारी रहेकाले नदीको बहाव थप बढ्न सक्ने सम्भावना रहेको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।
कृपया नदी किनारमा अनावश्यक रूपमा नजानुहोस्, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिनुहोस् र जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जानुहोस्।
नगरवासीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। सम्भावित विपद्को सामना गर्न नगरपालिका आवश्यक समन्वय र तयारीमा रहेको छ। कुनै आपत्कालीन अवस्था आएमा सम्बन्धित वडा कार्यालय तथा नगरपालिका/सुरक्षा निकायमा तत्काल जानकारी गराउनुहुन अनुरोध गर्दछु।
सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

बजेटको पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय खगराज भट्टज्यूसँग भेटघाट गरी गोदावरी नगरपालिकाको समग्र वि...
06/09/2026

बजेटको पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय खगराज भट्टज्यूसँग भेटघाट गरी गोदावरी नगरपालिकाको समग्र विकास र नगरवासीका आवश्यकताबारे छलफल गरेका छौँ।

नगरपालिकाका सबै वडामा रहेका मुख्य तथा अत्यावश्यक समस्या समाधानका लागि आवश्यक बजेट विनियोजन गरिदिन अनुरोधसहित ज्ञापनपत्र बुझाएका छौँ। गोदावरीको समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन हुनेमा आशावादी रहेको छु। नगरवासीका आवश्यकता र प्राथमिकताका विषयमा आवश्यक पहल र समन्वयलाई निरन्तरता दिनेछु।

06/09/2026

गोदावरी–३ बसन्त भट्टको भान्सामा गोमन सर्प भेटिएपछि नगर प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा छाडेका छन्।

06/09/2026

सुदूरपश्चिमको प्रमुख ट्रान्जिट प्वाइन्ट अत्तरिया बसपार्कको भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाटसहित सरोकारवालाहरूले स्थलगत निरीक्षण गरेका छन्। वर्षायाममा हुने हिलाम्मे र आवागमन समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल र समन्वयबारे छलफलले ठोस हुनेमा आशावादी छु।

आज सुदूरपश्चिम प्रदेश सरकारका माननीय भौतिक पूर्वाधार मन्त्रीज्यूसहित गोदावरी नगरपालिका वडा नं. १ स्थित वडेहा–बिजौरा खाने...
06/09/2026

आज सुदूरपश्चिम प्रदेश सरकारका माननीय भौतिक पूर्वाधार मन्त्रीज्यूसहित गोदावरी नगरपालिका वडा नं. १ स्थित वडेहा–बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति र वडा नं. ५ स्थित गेटा खानेपानी आयोजनाको स्थलगत अनुगमन गरिएको छ।
अनुगमनका क्रममा निर्माण कम्पनीबाट खानेपानी आयोजनाअन्तर्गत निर्माण हुनुपर्ने पानी शुद्धीकरण ट्यांकी निर्माण नभएको अवस्था देखिएको छ। यस विषयमा सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी निर्माण तथा व्यवस्थापनका बाँकी काम तत्काल अगाडि बढाउन पहल गरिएको छ।
नगरवासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।

सुदूरपश्चिम प्रदेशको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा रहेको अत्तरिया बसपार्कको आज निरीक्षण गरिएको छ।सुदूरपश्चिम प्रदेश ...
06/09/2026

सुदूरपश्चिम प्रदेशको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा रहेको अत्तरिया बसपार्कको आज निरीक्षण गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय ओमविक्रम भाट लगायत, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा अत्तरियाका व्यवसायी मित्रहरूको उपस्थितिमा बसपार्क क्षेत्रको स्थलगत निरीक्षण गरिएको हो।
विशेषगरी वर्षायाममा बसपार्क क्षेत्रमा हुने हिलाम्मे तथा आवागमनमा देखिने समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल र समन्वयबारे छलफल भएको छ।
अत्तरिया बसपार्कलाई व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउने हाम्रो प्रतिबद्धता रहेको छ। सम्बन्धित निकायसँग समन्वय गर्दै वर्षायाममा नागरिक तथा यात्रुहरूले भोग्दै आएको समस्याको समाधानका लागि आवश्यक काम अगाडि बढ्ने विश्वास लिएको छु।

04/09/2026

🙏 गौरा पर्वको हार्दिक शुभकामना! 🙏
सुदूरपश्चिमको मौलिक पहिचान, परम्परा र संस्कृतिको प्रतीक गौरा माताको टीका तथा प्रसाद ग्रहण गर्दै आजको पावन दिनलाई श्रद्धा र भक्तिपूर्वक मनाएँ।
गौरा पर्वले हाम्रो मौलिक संस्कृति, आपसी सद्भाव, भाइचारा र एकतालाई अझ बलियो बनाउँदै पुस्तौँदेखि हाम्रो पहिचान जोगाउँदै आएको छ। आधुनिकताको बढ्दो प्रभावसँगै हाम्रा मौलिक संस्कार र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म यसको महत्त्व र गौरव पुर्‍याउनु हामी सबैको साझा दायित्व हो।
यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
जय गौरा माता! 🙏🌺

🙏 जय श्रीकृष्ण! 🦚श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिमेलीहरूको मौलिक एवं महान् पर्व गौरा पर्वको पावन अवसरमा देश तथा विदेश...
04/09/2026

🙏 जय श्रीकृष्ण! 🦚

श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिमेलीहरूको मौलिक एवं महान् पर्व गौरा पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरवासी, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 💐

भगवान् श्रीकृष्णको दिव्य शिक्षाले हाम्रो जीवनमा सत्य, सदाचार, प्रेम र मानवताको मार्गलाई अझ सुदृढ बनाओस्। गौरा पर्वले हाम्रो मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव र सामाजिक एकतालाई थप बलियो बनाउँदै समृद्ध समाज निर्माणको प्रेरणा प्रदान गरोस्।

यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सकारात्मक ऊर्जा ल्याओस् भन्ने हार्दिक कामना गर्दछु।

श्रीकृष्णले सबैको रक्षा गरून्।
गौरामाताको आशीर्वाद सधैँ हामी सबैमा रहिरहोस्। 🙏❤️

02/09/2026

गोदावरी नगरपालिका–६, भुईँहारास्थित सुरेन्द्र बोहराको घरबाट घामन सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छाडिएको छ ।

Address

Godawari Municipality
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Birendra Bhatta - विरेन्द्र भट्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birendra Bhatta - विरेन्द्र भट्ट:

Shortcuts

Share