National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi

  • Home
  • Nepal
  • Dhangadhi
  • National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi

National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi "सबैका लागि मर्यादा, समानता तथा न्याय र मानव अधिकार"

राष्ट्रिय मानव अधिकार आयोग नेपाल
सुदुरपश्‍चिम प्रदेश कार्यालय, धनगढी!
धनगढी उपमहानगरपालिका–५, तारानगर, कैलाली, नेपाल
सम्पर्क नं‍. : ००९७७-०९१-५२५६२१, ५२५६२२
मोवाईल नं :९८५८४२३६२१
इमेल : [email protected]
गुगल प्लस कोड :PH6M+XH, Dhangadhi

मिति २०८३ श्रावण २१ गते राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा धनगढी, कैलालीमा आयोगले तयार गरेको मानव बेचबिखन विरुद्धको र...
06/08/2026

मिति २०८३ श्रावण २१ गते राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा धनगढी, कैलालीमा आयोगले तयार गरेको मानव बेचबिखन विरुद्धको राष्ट्रिय प्रतिवेदनको सार्वजनिक तथा मानव बेचबिखनका वर्तमान प्रवृति र उदयमान चुनौतीहरु बारे छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयका नि. प्रमुख मान बहादुर कार्कीले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति, कैलालीको प्रमुख टीका कुमारी चौधरी (भुल) रहनु भएको थियो। विशिष्ट अतिथिको रुपमा आयोगका सचिव मुरारिप्रसाद खरेल रहनु भएको थियो। अतिथिहरुमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख कन्दकला राना, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र कैलाली जिल्लाका सुरक्षा निकायका प्रमुखहरु रहनु भएको थियो। उक्त कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधी, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, कानून व्यवसायी, सञ्चारकर्मी नागरिक समाज, विद्यार्थीसहित करिब ७० जनाको सहभागिता रहेको थियो। आयोगले तयार पारेको उक्त प्रतिवेदनमाथि मानव अधिकार अधिकृत कुमारी महाराले प्रस्तुती राख्नु भएको थियो भने छलफलको क्रममा विभिन्न सहभागीहरु मानव बेचबिखनका क्षेत्रमा देखिएका नविनत प्रवृति, न्यायिक प्रणालीलगायतका विषय उठाउनु भएको थियो।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले मिति २०८३ साल साउन ५ गते आरम्भ पाठसालामा कानून BA  LLB को प्रवे...
21/07/2026

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले मिति २०८३ साल साउन ५ गते आरम्भ पाठसालामा कानून BA LLB को प्रवेश परिक्षाको तयारी गरिरहेको विद्यार्थीहरुलाई मानव अधिकार सम्बन्धी विभिन्न महासंन्धी सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। उक्त कार्याक्रममा राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को २ (च) मा “मानव अधिकार” भन्नाले व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएका अधिकार सम्झनु पर्छ र सो शब्दले नेपाल पक्ष भएको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा निहित अधिकार समेतलाई जनाउँछ ।भन्ने विषयमा विद्यार्थीहरुले राखेका जिज्ञासामा आयोग प्रदेश कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्ट र मानव अधिकार अधिकृत विदेशराम चौधरीले छलफल/सहजिकरण गर्नु भएको थियो। उक्त छलफल कार्यक्रममा करिव ३५ जना विद्यार्थी सहभागिता रहेको थियो।

आज मिति २०८३ साउन ४ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा कञ्चनपुर जिल्लाका निमित्त जिल्...
20/07/2026

आज मिति २०८३ साउन ४ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा कञ्चनपुर जिल्लाका निमित्त जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत/नि.प्रमुख प्रशासकीय अधिकृतहरुसँग आयोगको कार्यालयमा समन्वय बैठक सम्पन्न भएको छ। उक्त बैठकमा निम्न विषयमाथि छलफल भएको छ।
१- नेपाल सरकारले तर्जुमा गरेको मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा आयोग र गैरसरकारी संस्थाको समन्वयात्मक भूमिकाका सम्बन्धमा,
२- तीनै तहको सरकारको (कार्य-विभाजन) नियमावली, को कार्य विभाजन अन्तर्गत मानव अधिकार संरक्षण र सम्वर्द्धन, आधारभुत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा तथा प्रवर्द्वनका सम्बन्धमा,
३- राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ को उपदफा (१) को देहाय (ग) बमोजिम प्रचलित कानून समेतको कार्यान्वयनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोगबाट हुने सम्बन्धमा।
४- स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, २०८२ मा उल्लेख भएका सबै विषयहरु मध्ये सामाजिक विकास विषय क्षेत्रको सूचक नं. २.५.७ मा मानव अधिकार विषयसमेत थप भएको हुँदा उक्त विषयका सम्बन्धमा।
५- स्थानीय तहमा मानव अधिकार सम्पर्क व्यक्ति र सूचना अधिकारी तोक्ने सम्बन्धमा।

आज मिति २०८३ साल साउन १ गते राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा कैलाली जिल्लाका जिल्ला सम...
17/07/2026

आज मिति २०८३ साल साउन १ गते राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा कैलाली जिल्लाका जिल्ला समन्वय अधिकारी, कैलाली जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य अधिकृतहरुसँग समन्वय बैठक भएको छ। मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन र त्यसको प्रभावकारी कार्यान्वयन आगामी दिनमा स्थानीय तह खेल्ने भुमिका, नेपाल सरकारको मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४-०८७/८८) को कार्यान्वयनमा स्थानीय तहको जिम्मेवारी, स्थानीय तहमा मानव अधिकार सम्पर्क व्यक्ति राख्नेलगायतका विषयमा छलफल कार्यक्रम भयो।

आज मिति २०८३ साउन १ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलाली जिल्लामा सक्रिय गैरसरकारी...
17/07/2026

आज मिति २०८३ साउन १ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलाली जिल्लामा सक्रिय गैरसरकारी संस्था र नागरिक समाजसँग समन्वय बैठक गरेको छ। उक्त बैठकमा मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन र त्यसको प्रभावकारी कार्यान्वयनमा गैरसरकारी संस्था, नागरिक समाजको भुमिका, आयोगसँग गैसरकारी संस्थाले आगामी दिनमा गर्न सक्ने समन्वय र गैरसरकारी सँस्थामा सूचना अधिकारी तोक्ने विषयमा छलफल भयो।

आज मिति २०८३ साल असार ३२ गते राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकार...
16/07/2026

आज मिति २०८३ साल असार ३२ गते राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश सचिवहरुसँग समन्वय बैठक भएको छ। उक्त बैठकमा सुदूरपश्चिममा मानव अधिकारको संरक्षण, सम्वर्द्धन र त्यसको प्रभावकारी कार्यान्वयन आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकार र मानव अधिकार आयोग विच सहकार्य गर्न सकिने क्षेत्रका बारेमा छलफल भएको छ। त्यसैगरी नेपाल सरकारको मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४-०८७/८८) को कार्यान्वयनमा प्रदेश सरकारलाई जिम्मेवार बनाएको विषयको कार्यान्वयनका लागि प्रदेश सरकारले गर्नु पर्ने क्रियाकलापका बारेमा पनि छलफल भयो।

मिति २०८३ साल जेठ २८ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा फियान नेपालसँग छलफल कार्यक्रम भए...
12/06/2026

मिति २०८३ साल जेठ २८ गते राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा फियान नेपालसँग छलफल कार्यक्रम भएको छ। उक्त कार्यक्रममा आयोगका सहसचिव तथा कार्यालय प्रमुख श्री प्रकाश दत्त भट्टले आयोगले फियान नेपालसँग सहकार्य गर्न सक्ने क्षेत्र, सुदूरपश्चिम प्रदेशमा खाद्य अधिकारको सुनिश्चितताको लागि खेल्न सक्ने भुमिकाका बारेमा फियान नेपालको तर्फबाट सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।

27/05/2026
27/05/2026

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Human Rights Commission, Sudurpashchim Province, NHRC Dhangadhi:

Shortcuts

Share