06/08/2026
📢 स्वकीय सचिव (नीति, अनुसन्धान तथा संसदीय समन्वय) पदका लागि आवेदन आह्वान
मेरो संसदीय तथा निर्वाचन क्षेत्रसम्बन्धी कार्यलाई अनुसन्धानमुखी, प्रविधिमैत्री, पारदर्शी र जनउत्तरदायी बनाउन एक (१) जना स्वकीय सचिव (नीति, अनुसन्धान तथा संसदीय समन्वय) नियुक्त गर्न इच्छुक योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गर्दछु।
यस पदका लागि योग्यता, क्षमता, अनुसन्धान कौशल, प्रविधिको प्रभावकारी प्रयोग, सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता तथा इमान्दारिता लाई मुख्य आधार बनाइनेछ। छनोट प्रक्रिया पूर्ण रूपमा मेरिट, पारदर्शिता तथा निष्पक्षता का आधारमा सञ्चालन हुनेछ।
कार्यस्थल: संघीय संसद् सचिवालय, काठमाडौं तथा आवश्यकता अनुसार कैलाली निर्वाचन क्षेत्र नं. ५।
न्यूनतम योग्यता:
• मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उत्तीर्ण।
• नेपाली तथा अंग्रेजी भाषामा राम्रो लेखन तथा सञ्चार क्षमता।
• कम्प्युटर तथा Microsoft Office मा दक्ष।
विशेष प्राथमिकता
✅ कैलाली निर्वाचन क्षेत्र नं. ५ का स्थायी बासिन्दा वा मतदाता नामावलीमा नाम समावेश भएका योग्य उम्मेदवारलाई विशेष प्राथमिकता प्रदान गरिनेछ। तथापि, नेपालको जुनसुकै स्थानका योग्य नेपाली नागरिकहरू पनि आवेदन दिन सक्नेछन्।
✅ स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएका उम्मेदवार
✅ सूचना प्रविधि (IT), Computer Science, Artificial Intelligence (AI), Data Science, Software Engineering, GIS, कानून, व्यवस्थापन, अर्थशास्त्र, सार्वजनिक प्रशासन, विकास अध्ययन, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, इन्जिनियरिङ तथा अन्य सम्बन्धित विषय अध्ययन गरेका उम्मेदवार
✅ अनुसन्धान, नीति विश्लेषण, प्रतिवेदन लेखन, कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी उपकरण, Data Analysis, Website Management तथा Digital Communication मा अनुभव भएका उम्मेदवार
छनोट प्रक्रिया
✔ प्रारम्भिक आवेदन तथा कागजात मूल्याङ्कन
✔ रुचिपत्र (Expression of Interest) मूल्याङ्कन
✔ लिखित मूल्याङ्कन
✔ "कैलाली निर्वाचन क्षेत्र नं. ५ का विकासका लागि मेरो पाँच वर्षे दृष्टिकोण" विषयमा ५–७ मिनेटको प्रस्तुतीकरण
✔ अन्तर्वार्ता
📧 आवेदन पठाउने इमेल:
[email protected]
🗓️ आवेदन दिने अन्तिम मिति:
१२ अगस्ट २०२६ (२०८३ श्रावण २७)
📄 पदको विस्तृत विवरण, आवश्यक योग्यता, मूल्याङ्कन मापदण्ड (१०० अंक) तथा आवेदनसम्बन्धी सम्पूर्ण जानकारी 👇 उपलब्ध छ।
योग्य, इमान्दार, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा सार्वजनिक सेवाप्रति प्रतिबद्ध युवाहरूलाई आवेदन दिन हार्दिक अनुरोध गर्दछु।
– डा. आनन्द बहादुर चन्द
प्रतिनिधि सभा सदस्य
कैलाली निर्वाचन क्षेत्र नं. ५
मुख्य जिम्मेवारी:
• नीति अनुसन्धान, प्रतिवेदन तथा संसदीय सामग्री तयार गर्ने।
• मन्त्रालय तथा सरोकारवाला निकायसँग समन्वय गर्ने।
• निर्वाचन क्षेत्रका विकास आयोजना तथा जनगुनासा अनुगमन गर्ने।
• सांसदको कार्यालयको डिजिटल प्रणाली, वेबसाइट तथा सामाजिक सञ्जाल व्यवस्थापन गर्ने।
• आवश्यक अन्य जिम्मेवारी निर्वाह गर्ने।
आवश्यक कागजात:
१. आवेदन पत्र
२. व्यक्तिगत विवरण (CV)
३. रुचिपत्र (Expression of Interest) – नेपाली र अंग्रेजी भाषामा (प्रत्येक अधिकतम १,००० शब्द)
४. नागरिकताको प्रतिलिपि
५. शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि
६. अनुभव प्रमाणपत्र (भएमा)
७. राष्ट्रिय परिचयपत्र नम्बर
८. PAN नम्बर
९. बैंक विवरण
१०. पासपोर्ट साइजका २ प्रति फोटो
रुचिपत्रमा समावेश हुनुपर्ने विषय:
• यो पदमा कार्य गर्न चाहनुको कारण।
• सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता।
• कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रमुख विकास चुनौती र समाधान।
• प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनमार्फत सांसदको कार्यालयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ।
• आफू यस पदका लागि किन उपयुक्त उम्मेदवार भएको।
छनोट प्रक्रियाको अन्तिम चरणमा उम्मेदवारले
"कैलाली निर्वाचन क्षेत्र नं. ५ का विकासका लागि मेरो पाँच वर्षे दृष्टिकोण"
शीर्षकमा ५–७ मिनेटको प्रस्तुतीकरण गर्नुपर्नेछ।
छनोट पूर्णतः मेरिट, पारदर्शिता तथा निष्पक्षताका आधारमा हुनेछ।
स्वकीय सचिव छनोट मूल्याङ्कन मापदण्ड (कुल १०० अंक)
मूल्याङ्कनको आधार अंक
शैक्षिक योग्यता 10
अध्ययनको विषय (प्राथमिकता प्राप्त विषय) 10
सम्बन्धित कार्य अनुभव 10
अनुसन्धान तथा प्रतिवेदन लेखन क्षमता 10
सूचना प्रविधि तथा डिजिटल सीप 10
सार्वजनिक नीति, सुशासन सम्बन्धी ज्ञान 10
रुचिपत्र (Expression of Interest) 15
लिखित मूल्याङ्कन 10
प्रस्तुतीकरण: "कैलाली निर्वाचन क्षेत्र नं. ५ का विकासका लागि मेरो पाँच वर्षे दृष्टिकोण" 5
अन्तर्वार्ता 10
जम्मा 100
रुचिपत्र (१५ अंक) मूल्याङ्कन
मापदण्ड अंक
पदप्रतिको बुझाइ 3
कैलाली–५ सम्बन्धी ज्ञान 3
नवीन सोच र समाधान 3
विश्लेषणात्मक क्षमता 3
लेखन शैली, मौलिकता र प्रस्तुति 3
प्रस्तुतीकरण (५ अंक)
विषय: "कैलाली निर्वाचन क्षेत्र नं. ५ का विकासका लागि मेरो पाँच वर्षे दृष्टिकोण"
समय: ५–७ मिनेट
मूल्याङ्कन:
• विषयवस्तुको स्पष्टता – १
• व्यवहारिकता – १
• अनुसन्धान र तथ्य – १
• प्रस्तुतीकरण क्षमता – १
• नवीन सोच – १
स्वकीय सचिव (नीति, अनुसन्धान तथा संसदीय समन्वय) छनोट मूल्याङ्कन मापदण्ड( Breakdown)
१. शैक्षिक योग्यता (१० अंक)
योग्यता अंक
स्नातक ६
स्नातकोत्तर ८
एम.फिल./विद्यावारिधि (PhD) १०
विद्यावारिधि (PhD) उपाधि प्राप्त उम्मेदवारलाई कार्यालयको आवश्यकता र जिम्मेवारीको प्रकृतिअनुसार अनुसन्धान, नीति विश्लेषण तथा विशेष परियोजनामा अतिरिक्त जिम्मेवारी प्रदान गर्न सकिनेछ।
2. सम्बन्धित कार्य अनुभव (१० अंक)
अनुभव अंक
१ वर्षभन्दा कम ६
१–३ वर्ष ८
३–५ वर्ष १०
3. अनुसन्धान तथा प्रतिवेदन लेखन क्षमता (१० अंक)
मापदण्ड अंक
अनुसन्धान अनुभव ३
प्रतिवेदन लेखन ३
नीति विश्लेषण ४
4. सूचना प्रविधि तथा डिजिटल सीप (१० अंक)
मापदण्ड अंक
Microsoft Office २
Excel तथा Data Analysis २
AI Tools २
Website Management २
Graphic Design / Social Media Management २
5. सार्वजनिक नीति, सुशासन तथा कैलाली निर्वाचन क्षेत्र नं. ५ सम्बन्धी ज्ञान (१० अंक)
मापदण्ड अंक
नेपालको संविधान तथा संघीय शासन प्रणाली ३
सार्वजनिक नीति तथा सुशासन ३
कैलाली निर्वाचन क्षेत्र नं. ५ सम्बन्धी ज्ञान ४
6. रुचिपत्र (Expression of Interest) – १५ अंक
मापदण्ड अंक
पद तथा जिम्मेवारीप्रतिको स्पष्ट बुझाइ ३
कैलाली निर्वाचन क्षेत्र नं. ५ सम्बन्धी ज्ञान तथा विकास दृष्टिकोण ३
नवीन सोच तथा व्यवहारिक समाधान ३
विश्लेषणात्मक क्षमता ३
लेखन शैली, मौलिकता तथा प्रस्तुति ३
7. लिखित मूल्याङ्कन (१० अंक)
मापदण्ड अंक
विश्लेषण क्षमता ४
भाषा तथा प्रस्तुति ३
समाधानमुखी सोच ३
8. प्रस्तुतीकरण (५ अंक)
विषय:
"कैलाली निर्वाचन क्षेत्र नं. ५ का विकासका लागि मेरो पाँच वर्षे दृष्टिकोण"
समय: ५–७ मिनेट
मापदण्ड अंक
विषयवस्तुको स्पष्टता १
व्यवहारिकता १
तथ्य तथा अनुसन्धानको प्रयोग १
प्रस्तुतीकरण क्षमता १
नवीन सोच १
9. अन्तर्वार्ता (१० अंक)
मापदण्ड अंक
सञ्चार क्षमता २
व्यक्तित्व तथा व्यावसायिक आचरण २
नेतृत्व क्षमता २
निर्णय तथा समस्या समाधान क्षमता २
सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता २