12/08/2026
लायन्स क्लब अफ धरान क्यापेबल 2021 August 10 मा बाताबरण संरक्षण, भोकमरी अन्त्य, बालबालिकामा लाग्ने क्यान्सर बिरुद्ध , प्राकृतिक प्रकोप पिडितलाई सहायता, मधुमेह उन्मुलन, युवा जागरण जस्ता समाजमा विभिन्न बिशुद्द सेवा भावनाले "जहाँ आवश्यकता त्यहाँ लायन्स" भन्ने नाराका साथ स्थापनाकालीन अध्यक्षका रुपमा एम. जे. एफ. लायन अम्बिका श्रेष्ठ ज्यूको नेतृत्वमा स्थापना भएको संस्था हो । यो संस्थाले बिगतमा आर्थिक अवस्था कमजोर भएका र एकल महिलालाई निशुल्क ६ महिने पार्लर तालिमहरु बितरण गर्दै आईरहेको छ । त्यसैगरि धरानका विभिन्न पुनःस्थापना केन्द्रहरुमा नियमीत रुपमा आश्रितहरुको कपाल काटिदिने खाना खुवाउने र प्राकृतिक प्रकोप पिडितलाई उद्दारका कामहरु लगायत विभिन्न सामाजीक सेवाका काम गर्दै आफुलाई सामाजिक सेवाको उचाईमा आफुलाई स्थापित गर्न समेत सफल हुनु भएको छ ।
यो बर्ष क्लबको स्थापनाको दिन धरानको भानुचोकको मुटुमा रहेको गणेश मन्दिरको जीर्ण बेल स्टैण्ड नयाँ निर्माण गरि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी का ग्याट डिष्ट्रिक्ट एडभाइजर लायन टंक कुमारी गुरुङ, एरिया - पाँचका एरिया चिफ लायन प्रेमराज शाक्य, एरिया कोअर्डिनेटर लायन रेनुका तामाङ तथा डिष्ट्रिक्टका सिनियर
चिफहरु लगायत सम्पूर्ण लायन्सज्यूहरुको उपस्थितिमा धरान उपमहानगरपालिका वडा नं २ का वडाध्याक्ष रमेश राईज्यूको हातबाट उद्घाटन गरि मन्दिर समितिलाई हस्तान्तरण गरेर मन्दिर परिसरमा केक काटेर स्थापना दिवश मनाएको छ । उक्त कार्यक्रममा हालका क्लब प्रेसिडेन्ट लायन पार्बती गौतम ज्यूले समाजको चाहना र आवश्यकतालाई बुझेर थप सेवाकार्य निरन्तर रुपमा गर्दै जाने आह्वान पनि गर्नुभयो । Parbati Dahal Gautam Uma Chy Lions Club Of Dharan Capable Lions Clubs International Nc Rai