24/09/2026
उत्पादनमा आधारित अनुदान । दुध प्रति लिटर तथा सुन्तला र किवी प्रति के.जी. रु ३ का दरले अनुदान प्रदान हुने ।
गौरीशंकर गाउँपालिका द्धारा यस आर्थिक वर्ष देखि दुध, सुन्तला तथा किवीमा प्रति के.जी. रु ३ का दरले उत्पादनमा आधारित अनुदान दिने निर्णय भएको हुदा सम्पूर्ण कृषकहरु वडामा आवश्यक कागजात सहित दर्ता हुनु हुन हार्देिक अनुरोध छ । यसका साथै बिक्रि वितरणमा सहजिकरण गर्न ईच्छुक फर्म,सहकारी,डेरीलाई पनि प्रति के.जी. ०.२५ पैसाका दरले सहजिरण शुल्क प्रदान गरिने हुदाँ सूचिकृत हुनु हन हार्दिक अनुरोध छ । निवेदनको ढाँचा र आवश्यक कागजातको लागि तथा अन्य थप जानकारीको लागी वडा स्थित पशु तथा कृषि प्राविधिक एव गाउँपालिका कृषि तथा पशु शाखामा सम्पर्क गर्नुहुन सबैलाई अनुरोध छ ।