Suspa Kshamawoti Dolakha Nepal

Suspa Kshamawoti Dolakha Nepal Suspa Kshamawoti, Dolakha Nepal यहाँहरुलाई सुस्पा क्षमावती गा.वि.स मा हार्दिक स्वागत गर्दछौँ ।

भारतले नेपालसँग माफी माग्यो, गर्यो लाजमर्दो काम, छिछि यस्तो पनि गर्न सकेका…काठमाण्डु, १ भदौ– भारतीय दूतावासले नेपालको अन...
18/08/2016

भारतले नेपालसँग माफी माग्यो, गर्यो लाजमर्दो काम, छिछि यस्तो पनि गर्न सकेका…
काठमाण्डु, १ भदौ– भारतीय दूतावासले नेपालको अन्नपूर्ण हिमश्रृङ्खलालाई भारतको भन्दै प्रचार गरेको छ ।
पोल्याण्डस्थित भारतीय दूतावासले ‘अतुल्य भारत’ लेख्दै एक साइन बोर्डमा नेपालको अन्नपुर्णलाई भारतको भएको भन्दै लाजमर्दो काम गरेको हो ।
भारतको भनिएको सो हिम हिमश्रृङ्खला नेपालको भएको भन्दै नेपलीहरुले विरोध गरेपछि बल्ल पोल्याण्डका भारतीय राजदूत अजय विशरियाले माफी मागेका हुन् ।
भारतको स्वतन्त्र दिवसको अवसरमा पोल्याण्डस्थित भारतीय दूतावास अगाडि राखिएको साइन बोर्डमा एक महिलाले योगभ्यास गर्न लागेको दृश्य छ । जसमा नेपालको अन्नपूर्ण हिमाल पनि प्रस्ट देखिन्छ । तर, त्यसमा ‘अतुल्य भारत’ लेखिएको छ ।
भारतमा पर्यटन भित्राउनका लागि दूतावासले नेपालको प्राकृतिक सुन्दरतालाई उपयोग गरेका थियो । यसअघि पनि विश्वभरका सुन्दरीहरुको एक प्रतियोगितामा भारतीय युवतीले नेपालका प्राकृति मनोरम दृश्यलाई समेटेरर भारतको भन्दै कुप्रचार गरेकी थिइन् ।
त्यसैगरी भारतले नेपालको गौतम बुद्धलाई समेत आफ्नो देशमा जन्मिएको भन्दै गलत प्रचार गर्दै आएको छ । यस्तोमा नेपालका महत्वपूर्ण प्राकृतिक तथा धार्मिक सम्पत्तिप्रति भारतले लाज नै पचाएर कुप्रचार गर्न पक्कै पनि गलत हो । यसलाई भारतको हेपाहा प्रबृद्धी भन्दा फरक नपर्ला ।

17/08/2016

महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न उर्जामन्त्रीको निर्देशन

नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लिने तर महसुल नतिर्ने ठूला ग्राहकको लाइन अब तत्काल काटिने भएको छ ।
महसुल नतिरेको आधारमा साना तथा मझौला ग्राहकको लाइन काट्ने तर ठूला ग्राहकलाई भने कुनै कारबाही नगरेको व्यापक जनगुनासो आएपछि लाइन काट्ने तयारी गरिएको हो ।
ऊर्जा मन्त्री जनार्दन शर्माले तीन दिनभित्र महसुल नतिर्ने दश ठूला ग्राहकको लाइन काट्न प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई निर्देशन दिनुभयो । मन्त्री शर्माले भने ‘‘कार्यकारी निर्देशकको नेतृत्वमा सम्बन्धित विभागका प्रमुख र प्राधिकरणमा क्रियाशील टे«ड युनियनका प्रतिनिधि सहितको टोलीले महसुल नतिर्ने ग्राहकको लाइन काटियोस । होइन भने किन कारबाही गरिएन भनेर मैले कार्यकारी निर्देशकमाथि प्रश्न उठाउनुपर्ने हुनसक्छ ।’’
प्राधिकरणकाअनुसार केही ठूला व्यापारिक घराना, सरकारी निकाय, शक्ति केन्द्र नजिकका व्यक्ति तथा उद्योग व्यवसायले पनि अटेर गरेर महसुल तिरेका छैनन् । मन्त्री शर्माले विधिवत् रुपमा प्रक्रिया मिलाउन समेत प्राधिकरणका अध्यक्ष एवम् ऊर्जा सचिव सुमन शर्मालाई आग्रह गरे ।
प्राधिकरणले बर्सेनि कालोसूचीमा रहेका ग्राहकको नामावली सार्वजनिक गर्दै महसुल बुझाउन आग्रह गर्दै आएको छ तर अटेर गरेर बस्नेको सङ्ख्या पनि उत्तिकै रहेको छ । विशेष गरी तराई– मधेसका केही जिल्लामा मिटरबक्स नपाएर पनि उपभोक्ताले विद्युत् चोरी गर्ने गरेको पाइएको छ ।
यस्तै प्राधिकरणले उपभोक्तलाई सहज रुपमा ट्रान्सफर्मर र मिटरबक्स समेत दिन सकेको छैन । जसका कारण उपभोक्ता विद्युत् सुविधा पाउनबाट वञ्चित भएका छन् । मन्त्री शर्माले भने ‘‘ उपभोक्ताले पैसा तिरेर मिटर बक्स राख्छु भन्दा पनि प्राधिकरणले किन नदिएको, ट्रान्सफर्मर खरिदमा किन ध्यान नदिएको हो ? अब यस्तो चल्दैन तत्काल प्रक्रिया सुरु गर्नुस् । गुणस्तरीय ट्रान्सफर्मर र मिटर बक्स ल्याउनुस । विधिमा रहेका काम गर्दा कोही कसैबाट डर मान्नुपर्दैन ।’’
उनले रकमको अभावमा नै अत्यावश्यक सामग्री ल्याउन नसकिएको भए त्यसको जोहो गर्ने जिम्मा आफूलाई दिनसमेत आग्रह गर्नुभयो । मुलुकभर नेपाल विद्युत् प्राधिकरणको ग्राहक करिब ३० लाख पुगेको छ तर सबै स्थानमा सहज रुपमा विद्युतीय उपकरण पुग्न नसक्दा उपभोक्ताले सेवा पाउन सकेका छैनन् ।

तपाईंको थर कसरी रहन गयो, थाहा छ ? छैन भने यो पढ्नुहोस् खासजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गा...
13/08/2016

तपाईंको थर कसरी रहन गयो, थाहा छ ? छैन भने यो पढ्नुहोस्

खासजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस्
सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
अछाम
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल
बझाङ
रेगम– रेग्मी
सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ
बाजुरा
जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल
डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी
मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा
दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं
कालिकोट
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा
रुकुम
सर्पुकोट–सापकोटा
दाङ
रजौरा– रजौरिया

दोलखाको पुल तथा सडक तत्काल मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री प्रचण्डले केही दिन पहिले दोलखा जिल्लामा बाढ...
10/08/2016

दोलखाको पुल तथा सडक तत्काल मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले केही दिन पहिले दोलखा जिल्लामा बाढी पहिराका कारण क्षति पुगेका सडक तथा पुल तत्काल मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) सम्बद्ध दोलखाका प्रतिनिधिमण्डलले दोलखा जिल्लामा बाढीपहिराले पुल तथा सडक बगाएका विषयमा ध्यानाकर्षण गराउनेबित्तिकै प्रधानमन्त्रीले तत्काल मर्मतसम्भार गर्न र धोढीखोलामा बेलीब्रिज हालेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् ।
भेटमा सहभागी नेकपा माओवादी केन्द्रका दोलखा जिल्ला अध्यक्ष विशाल खड्काले प्रधानमन्त्रीले समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई निर्देशन दिएको र सचिव कार्कीले एकाध दिनभित्रै बेलीब्रिज हाल्ने बताएको जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रतिनिधिमण्डलले तामाकोसीबाट मन्थली जाने धोढीखोलाको पुल केही दिन पहिलेको बाढीले बगाएको भन्दै तत्काल बेलीब्रिजको व्यवस्था गर्न अनुरोध गरेको थियो ।
प्रतिनिधिमण्डलले दोलखामा पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेकाबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो । साथै प्रतिनिधि मण्डलले भूकम्पको पुनःनिर्माणबारे निर्माण गरिएको कार्यविधि अनुदार भएको भन्दै सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्री दाहालले दोलखाको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्दै समस्या समाधान गर्ने विश्वास दिलाएका थिए ।

सुत्केरी उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु [मृतकको नामावलीसहित] गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको...
08/08/2016

सुत्केरी उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु [मृतकको नामावलीसहित]

गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।
दुर्घटनामा चालक क्याप्टेन रञ्जन लिम्बू, स्टाफ नर्स निशा तामाङ, हेलिकोप्टरमा सँगै गएकी लक्ष्मी गुरुङ, गोरखा सिर्दिवासका कितमान गुरुङ, उनकी श्रीमती आसामी, १९ वर्षीया सुत्केरी प्रिती गुरुङ र उनका ५ दिनका नाबालक छोराको मृत्यु भएको हो ।
नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार फिस्टेल एयरको नाइनए–एकेए हेलिकप्टर काठमाडौंस्थित त्रिभूवन विमानस्थलको कन्ट्रोल टावरसँस दिउँसो १२ बजेर ३२ मिनेटमा अन्तिम सम्पर्क भएको थियो ।

भूकम्पपीडितका बाँकी किस्ता तत्कालै : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो र बाँ...
08/08/2016

भूकम्पपीडितका बाँकी किस्ता तत्कालै : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो र बाँकी किस्ता समेत तत्कालै दिन गृहकार्य भइरहेको जानकारी दिएका छन् ।
‘भूकम्पपीडितका समस्या ढिलो नगरी सम्बोधन गर्न सरकारले अत्यधिक प्रयास गरिरहेको छ’, नेकपा (माओवादी केन्द्र) सम्वद्ध दोलखाको प्रतिनिधि मण्डलसँगको भेटमा दाहालले आइतबार भने । उनले आफू दोलखामै केही महिना अघि पुगेका बेला पीडितका समस्या बुझेको र आफूले बोलेको समेत स्मरण गर्दै अब त्यसको कार्यान्वयन गर्ने समेत बताएका थिए ।
पूर्व राज्यमन्त्री देवी खड्काको नेतृत्वमा पार्टीका जिल्ला अध्यक्ष विशाल खड्का, पत्रकार बलराम थापा, छिरिङ्ग शेर्पा, नविन कार्कीसहित टोलीले भेटी तामाकोशीबाट मन्थली जाने क्रममा ढोलीखोलाको पुल शनिबार बगाएकाले तत्काल बेलिब्रिजको व्यवस्था गर्न समेत माग गरेका थिए ।
त्यस्तै, भूकम्पको पुनर्निर्माणबारे निर्माण गरिएको कार्यविधि अनुदार भएकाले सहज बनाउन समेत माग गरेको थियो । ‘अझै पनि हजारौं पीडितको नाम छुटेको छ । मापदण्ड पनि पीडितलाई सहज बनाउने खालको छैन,’ जिल्ला अध्यक्ष खड्काले समस्या अवगत गराएका थिए ।
प्रधानमन्त्री दाहालले ती समस्या समाधनका लागि सम्बन्धित निकायमा तत्काल निर्देशन दिइने बताएका थिए ।

24/07/2016

पुरै पानी परिरहेको छ सुस्पा क्षमावती दोलखामा बाढी पहिरो जाने सम्भाबना सबै सतर्क रहन अनुरोध।।।।।

१९५० को सन्धी पुनरावलोकन गर्न भारत तयार४८५९ पटककाठमाडौँ । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन्...
06/07/2016

१९५० को सन्धी पुनरावलोकन गर्न भारत तयार
४८५९ पटक
काठमाडौँ । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ ।
बैठकपछि नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापालले भन्नुभयो, “ विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेका र छाडिएको छैनन् ।” तर उहाँले दुई देशकाबीचमा कुनकुन कुरा उठेको थियो खुलाउन चाहनु भएन ।
नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकन गरी सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको बैठक सोमबारदेखि यहाँ सुरु भई आज सकिएको हो । बैठक सकिनासाथ दुवै देशका समूहका आठ सदस्य ‘यु’ आकारमा बसी सञ्चारकर्मीसित हँसिलो मुद्रामा प्रस्तुत भएका थिए ।
सुरुमै संयोजक डा थापाले नेपाल–भारतबीचमा समूह अलगअलग होइन, समूहमा रहनुभएका सदस्यका समान हैसियत भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन बैठकमा दुवैतर्फबाट थप अध्ययन गरी अगामी बैठकमा प्रस्तुत गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकले समूहको अर्काे बैठक तीन महिनापछि भारतको राजधानी नयाँ दिल्लीमा बस्ने निर्णयसमेत गरेको छ ।
समूहलाई दिइएको कार्यादेशका बुँदामा बैठकमा प्रवेश गरी अगामी बैठकमा यसकाबारेमा दुवै देशले विस्तृत अध्ययन गरी प्रस्तुत हुने सहमतिसमेत भएको डा थापाले जानकारी दिनुभयो । समूहलाई दिइएको कार्यादेशमा दुवै देशबीचमा भएका सन्धि सम्झौताको अध्ययन, व्यापार तथा पारवहन, सूचना प्रविधि, विकासलगायतका क्षेत्रको अध्ययन गरी सुझाव दिने रहेको बताइएको छ ।
सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन हामी बीचमा सौहाद्रपूर्ण रुपमा छलफल भयो ।” संयोजक डा थापाले बैठकमा दुवै देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन एकमतका साथ काम गरी सम्बन्धको नयाँ खोजी गर्न समूहमा छलफल भएको बताउनुभयो ।
दुवै मुलुकबीचको सम्बन्धको समीक्षा भयो : कोसियारी
पत्रकार सम्मेलनमा भारतको प्रबुद्ध समूहका संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले समूहको छलफलमा दुवै मुुलुकबीचको सम्बन्धको समीक्षा भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल–भारतबीच सन् १९५० को सन्धिपछि कर्णाली र को

एउटै घरमा छुट्टै भान्छा गर्नेले पनि दुई लाख अनुदान पाउने! एउटै घरमा छुट्टै भान्छा गरी बस्ने भुकम्प पिडित लाई पनि दुई लाख...
05/07/2016

एउटै घरमा छुट्टै भान्छा गर्नेले पनि दुई लाख अनुदान पाउने!

एउटै घरमा छुट्टै भान्छा गरी बस्ने भुकम्प पिडित लाई पनि दुई लाख रुपैया अनुदान पाउने भएका छन् । घरको प्राविधिक जाँच सरकारले खटाएको इञ्जिनियरहरुले गर्नेछन् र भूकम्प प्रतिरोधी रहेको प्रमाणित हुनुपर्नेछ ।
सरकारले गतबर्ष भूकम्प जानुअघि नै मालपोत कार्यालयबाट अंशवण्डा कागज पारित गरिसकेको तर एउटै घरमा छुट्टै भान्छा गरेर बसेको परिवारलाई छुट्टै घरपरिवार मानेर अनुदान रकम दिने निर्णय गरेको छ ।
यसअघि सरकारले एउटै घरमा बसेका तर फरक भान्छा गर्दै आएको परिवारलाई छुट्टै परिवार मान्ने की नमान्ने भन्नेबारे स्पष्ट पारेको थिएन ।यस्तै मालपोत कार्यालयबाट अंशवण्डा नभएका परिवारले पनि छुट्टै परिवारको रुपमा अनुदान पाउने भएका छन् । तर त्यसका लागि गत वर्षको बैशाख १२ गतेअघि नै छुट्टै घर बनाएर बसेको हुनुपर्नेछ । र त्यो परिवारलाई केन्द्रीय तथ्यांक विभागले छुट्टै परिवारको रुपमा सूचीकृत गरेको हुनुपर्नेछ ।यस्तै जग्गाधनीको मृत्यु भई हकवालाहरुमा नामसारी गर्न बाँकी रहेको र हकवालाले मृत्यु दर्तासहित निवेदन दिएमा हकवालाहरुमध्ये एक जनाले अनुदान रकम पाउने छ । तर त्यसरी अनुदान पाउन सबै हकवालाको मन्जूरी आवश्यक पर्नेछ ।
यसका साथै स्थानीय अधिकारीको रोहबरमा हुने सरजमिनमा समेत छुट्टभिन्न भएको प्रमाणित हुनुपर्नेछ । सरकारले उल्लेखित मापदण्ड पूरा भएका परिवारलाई छुट्टै परिवार मानेर अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै भूकम्प प्रभावित परिवारको तथ्यांकमा नाम सूचीकृत भइसकेको तर अनुदान सम्झौता अघि नै आफ्नै पैसाले घर बनाउनेलाई पनि सरकारले अनुदान रकम दिने निर्णय गरेको छ । तर त्यसरी बनेको घरको प्राविधिक जाँच भने पास हुनुपर्नेछ ।

भूकम्प प्रविधि नेपालका लागि राष्ट्रिय समाज (NEST) जागिर खुल्यो !!
03/07/2016

भूकम्प प्रविधि नेपालका लागि राष्ट्रिय समाज (NEST) जागिर खुल्यो !!

UNDP मा जागिर खुल्यो !
03/07/2016

UNDP मा जागिर खुल्यो !

आयो विद्यार्थीहरुका लागि खुसीको खबर !!! हेर्नुहोस् पुरा विवरण । साथिहरुलाइ पनि बाड्नुहोला ..
02/07/2016

आयो विद्यार्थीहरुका लागि खुसीको खबर !!! हेर्नुहोस् पुरा विवरण । साथिहरुलाइ पनि बाड्नुहोला ..

Address

Suspa Kshamawoti
Dolakha

Alerts

Be the first to know and let us send you an email when Suspa Kshamawoti Dolakha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share