21/08/2026
काडिगाउँ, कलेनाको समस्या : झोलुङ्गे पुलको माग
दिपायल सिलगढी नगरपालिका–९, काडिगाउँ, कलेनाका स्थानीयवासी वर्षौंदेखि सुरक्षित आवतजावतका लागि झोलुङ्गे पुलको अभाव झेल्दै आएका छन्। दैनिक कामकाज, विद्यालय, स्वास्थ्य सेवा तथा अन्य आवश्यक कार्यका लागि आवतजावत गर्न स्थानीयले कठिनाइ भोग्नुपरेको छ।
यसै विषयमा स्थानीय जनतामाझ पुगेर उहाँहरूको समस्या, आवश्यकता र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने तथा झोलुङ्गे पुल निर्माणको मुद्दा सम्बन्धित निकायसमक्ष उठान गर्ने काममा हामी निरन्तर लागिरहेका छौँ।
जनताको आधारभूत आवश्यकता र सुरक्षित आवतजावतको अधिकार सुनिश्चित गर्न काडिगाउँमा झोलुङ्गे पुल निर्माणका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस्।