Routine of Dullu City

Routine of Dullu City Dullu, Dailekh

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यो नयाँ वर्ष तपाईंको जीवनमा नयाँ उत्साह, खुशी र सफलताका अनगिन्ती अवसरहरू लिएर आओस्।
स्वास्थ्य, समृद्धि र प्रगतिको बाटोमा तपाईं सधैं अगाडि बढिरहनुहोस् भन्ने कामना गर्दछु।
तपाईंका सबै सपना र लक्ष्यहरू यस वर्ष पूरा होऊन, जीवन अझ सुन्दर र उज्यालो बनोस्।
नयाँ वर्ष २०८३ तपाईं र तपाईंको परिवारका लागि सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्।
नयाँ सुरुवातसँगै नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचले तपाईंको प्रत्येक दिन सफल बनाओस्।
पुनः एकपटक, नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना! 🌸

बिरालोले बाटो काट्यो भने,'स्पिड कन्ट्रोल' गर्नुपर्छ।।'कम्पाउण्ड' मा काग करायो भने,चारो हाल्दिनुपर्छ।।घरमा कुकुर रोयो भने...
21/03/2026

बिरालोले बाटो काट्यो भने,
'स्पिड कन्ट्रोल' गर्नुपर्छ।।

'कम्पाउण्ड' मा काग करायो भने,
चारो हाल्दिनुपर्छ।।

घरमा कुकुर रोयो भने,
'भेटनरी' लानुपर्छ।।

बारीमा स्याल करायो भने,
ढोका बलियो थुन्नुपर्छ।।

दायाँ आँखा फर्फरायो भने,
'आँखा अस्पताल' जानुपर्छ।।

बायाँ आँखा फर्फरायो भने,
झन् छिटो जानुपर्छ।।

बाडुल्की लाग्यो भने,
तातो पानी तन्काउनुपर्छ।।

घाँटी खसखसायो भने,
'कफ सिरप' दन्काउनुपर्छ।।

चुलोमा आगो भर्भरायो भने,
ग्यास सकिन सक्छ।।

डाडु पन्यू चाट्यो भने,
माँझ्न सजिलो हुन्छ।।

साँझ घर बढार्यो भने,
बिहानलाई सजिलो हुन्छ।।

बच्चाले कुच्चो लगायो भने,
मम्मीलाई 'हेल्प' हुन्छ।।

नङ फुल्यो भने,
पालिस किन्नुपर्छ।।

कपाल फुल्यो भने,
'हाइलाइट' गर्नुपर्छ।।

लोग्ने मान्छे रोयो भने,
मन हल्का हुन्छ।।

स्वास्नीमान्छे हाँस्यो भने,
झन् हल्का हुन्छ।।

हात चिलायो भने,
साबुन पानीले धोइहाल्नुपर्छ।।

रित्तो गाग्रो देखियो भने,
खानेपानीमा फोन गरिदिनुपर्छ।।

यात्रामा 'दर्जी दाइ' देखिए भने,
अस्तिको पैसा दिएर जानुपर्छ।।

बाटामा 'विश्वकर्मा भाइ' भेटिए भने,
साथै लिएर हिँड्नुपर्छ।।

दलितहरू मन्दिर पसे भने,
पूजारीको आम्दानी बढ्छ।।

'पूजारी'हरू दलितकहाँ बसे भने,
चिया खर्च घट्छ।।

बाहुनले बंगुर खायो भने,
बंगुरजस्तै मोटाउँछ।।

अन्धविश्वासको पछि नलागौ।।

Address

Dullu
Dullu
21006

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dullu City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category