Nepal Student Union -Dang -ने.बि.संघ ,दाङ

  • Home
  • Nepal
  • Ghorahi
  • Nepal Student Union -Dang -ने.बि.संघ ,दाङ

Nepal Student Union -Dang -ने.बि.संघ ,दाङ नेपाल विद्यार्थी संघ दाङ्ग जिल्ला कार्यसमितिको अधिकारिक फेसबुक पेज

22/08/2026

न्यायका लागि आह्वान!

​बारा, सिमराकी ३ वर्षीय अबोध बालिका गरिमा चौधरीमाथि भएको बर्बर बलात्कार र हत्याको खबरले हृदय विदीर्ण बनाएको छ। यस्तो जघन्य अपराध गर्ने पापीलाई तत्काल नियन्त्रणमा लिई कडा भन्दा कडा कानुनी कारबाहीको जोडदार माग गर्दछौँ।

​दिवंगत अबोध बालिकाको आत्माको शान्ति तथा दोषीलाई कारबाहीको दबाबका लागि आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण न्यायप्रेमी मनहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ।

​📍 स्थान: बि.पि. चोक, घोराही

मिति २०८३/०५/०६

⏰ समय: आज साँझ ६:३० बजे

30/04/2026

परीक्षा केन्द्र अनुगमन सम्बन्धमा परिपत्र ।
जय नेपाल !

नेपाल विधार्थी संघ को ५७ स्थापना दिवसको अवसरमा मानव कल्याण सेवा नारायणपुरमा अति आवश्यक सामग्री र स्वास्थ्य उपचारका लागि ...
19/04/2026

नेपाल विधार्थी संघ को ५७ स्थापना दिवसको अवसरमा मानव कल्याण सेवा नारायणपुरमा अति आवश्यक सामग्री र स्वास्थ्य उपचारका लागि नगद हस्तान्तरण गरेका छौं ।
#जयनेपाल

नेपाल बिद्यार्थी संघ को ५७ औ स्थापना दिवसको अबसरमा आज दिउसो ३ बजे घोराहि उपमहानगर पालिका १० नारायणपुर स्थित मानव सेवा आश...
19/04/2026

नेपाल बिद्यार्थी संघ को ५७ औ स्थापना दिवसको अबसरमा आज दिउसो ३ बजे घोराहि उपमहानगर पालिका १० नारायणपुर स्थित मानव सेवा आश्रम मा आबस्यक सामग्री बितरण गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण साथीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
#जयनेपाल

घोराही उपमहानगरपालिकाभित्र सञ्चालित कक्षा ८ को वार्षिक परीक्षाको लागि सामाजिक विकास महाशाखाले परीक्षा केन्द्र तोकेको सन्...
19/03/2026

घोराही उपमहानगरपालिकाभित्र सञ्चालित कक्षा ८ को वार्षिक परीक्षाको लागि सामाजिक विकास महाशाखाले परीक्षा केन्द्र तोकेको सन्दर्भमा परीक्षा केन्द्रहरू विद्यार्थीमैत्री तथा पायकपर्ने ठाउँहरूमा नभएको गुनासो विद्यार्थीहरु र अभिभावकहरुले गरेपश्चात नेपाल विद्यार्थी सङ्घले सम्बन्धित निकायसँग समन्वय गरेर समस्याको समाधान गर्ने प्रयत्न गरेको कुरा सर्ववेभितै छ।
उक्त विषयमा सरकारवाला निकायबाट अपेक्षित संवेदनशीलता र आवश्यक पहल नहुँदा दुर्गम र टाढाबाट आउने विद्यार्थीहरूलाई परीक्षा दिनको लागि अत्याधिक कठिनाइ भोग्नुपरेको अवस्था विद्यमान रहेको छ।विशेषतः १३–१४ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लामो दूरी आउजे-जाने गरि ५/६ घन्टा पैदल हिँडेर परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता सिर्जना हुनु अत्यन्तै चिन्ताजनक विषय हो।
यसै परिस्थितिलाई मध्यनजर गर्दै, विद्यार्थीहरूको शैक्षिक अधिकारको संरक्षण, सहज पहुँच सुनिश्चितता तथा मानवीय संवेदनशीलतालाई आत्मसात गर्दै नेपाल विद्यार्थी संघले टाढाबाट परीक्षा दिन आउने सम्पूर्ण विद्यार्थीहरूका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था गरेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
विद्यार्थीहरूको हित र सुविधालाई केन्द्रमा राखी गरिएको यस व्यवस्थापनमा सम्बन्धित सबै विद्यार्थीहरूलाई आवश्यक सहयोग लिन हार्दिक अनुरोध गरिन्छ। साथै, आगामी दिनमा यस्ता विषयमा स्थानीय सरकार तथा सरोकारवाला निकायहरूले जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछौं।

नेपाल विद्यार्थी संघले विद्यार्थीहरुको लागी ब्यवस्थापन गरेको सेवा प्राप्त गर्न देहाएको सम्पर्क ब्यक्ति र नम्बरमा सम्पर्क गर्न सबैमा अनुरोध गर्दछौं।
गुरु प्रसाद गौतम-९८४७९५५५५१
भ्यु कुमार पुन -९८४७८८२७४०
रमिला शर्मा -९८६०४९३१११
जीवन अधिकारी -९७६९२६२९२१

15/03/2026

Kulraj Pokhrel 💞💞

नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पाेख्रेल ज्यूले नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्षकाे जिम्मेवारी प्र...
27/02/2026

नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पाेख्रेल ज्यूले नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्षकाे जिम्मेवारी प्राप्त गर्नुभएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछाै ।
जय नेपाल

हालै सम्पन्न हुन लागेको निर्वाचनमा जिल्लाभर सक्रियता पूर्वक खटिनु पर्ने भएकोले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौ...
26/02/2026

हालै सम्पन्न हुन लागेको निर्वाचनमा जिल्लाभर सक्रियता पूर्वक खटिनु पर्ने भएकोले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ वमोजिम तपाई श्री गुरु प्रसाद गौतम ज्यू लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिरहेको छ ।
नेपाल विद्यार्थी संघको विधी, विधान र मर्यादा भित्र रहि संघलाई गतिशिल बनाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।

जय नेपाल ।

Address

घोराही/१५-दाङ
Ghorahi
22400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857832752

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Student Union -Dang -ने.बि.संघ ,दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share