शहिद लखन गाउँपालिका, गोरखा ।

  • Home
  • Nepal
  • Gorkha
  • शहिद लखन गाउँपालिका, गोरखा ।

शहिद लखन गाउँपालिका, गोरखा । Official page of Shahid Lakhan Rural Municipality, Ghairung, Gorkha.

मिति २०८३/०५/१० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परि ज्यान गुमाउने ब्यक्तिहरुको स्मृतिमा राष्ट्रिय शोक मनाउ...
07/09/2026

मिति २०८३/०५/१० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परि ज्यान गुमाउने ब्यक्तिहरुको स्मृतिमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय अनुसार आज शहिद लखन गाउँकार्यपालिकाको कार्यालयमा पनि राष्ट्रिय झण्डा आधा झुकाइ शोक व्यक्त गर्नुका साथै दिवंगत आत्माहरु प्रति १ मिनेट मौनधारण गर्दै शोकाकूल परिवारमा गहिरो समबेदना प्रकट गरियो र गाउँपालिका कार्यालय परिसर सरसफाइ गरि नियमित कार्यलय संचालन गरियो ।

कृषि विकास कार्यालयको आवेदन पेश गर्ने सम्बन्धी सूचना सम्बन्धित सबैको जानकारिको लागि
01/09/2026

कृषि विकास कार्यालयको आवेदन पेश गर्ने सम्बन्धी सूचना सम्बन्धित सबैको जानकारिको लागि

प्रेस विज्ञप्ती!
31/08/2026

प्रेस विज्ञप्ती!

सबैलाई सतर्क र सुरक्षीत रहनुहुन अनुरोध छ।
30/08/2026

सबैलाई सतर्क र सुरक्षीत रहनुहुन अनुरोध छ।

सबैलाई सतर्क र सुरक्षीत रहनुहुन अनुरोध छ!
28/08/2026

सबैलाई सतर्क र सुरक्षीत रहनुहुन अनुरोध छ!

मिति २०८३।०५।१० को भोटेकोशी तथा त्रिशुली नदीमा आएको आकस्मिक बाढी सम्बन्धमा प्रेस विज्ञप्ती
27/08/2026

मिति २०८३।०५।१० को भोटेकोशी तथा त्रिशुली नदीमा आएको आकस्मिक बाढी सम्बन्धमा प्रेस विज्ञप्ती

मिति २०८३/०५/१० गते तिब्बतबाट भोटेकोशी हुँदै आएको आकस्मिक बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा भएको अकल्पनीय म...
26/08/2026

मिति २०८३/०५/१० गते तिब्बतबाट भोटेकोशी हुँदै आएको आकस्मिक बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति शहिद लखन गाउँपालिका गहिरो दुःख व्यक्त गर्दछ। यस प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र उद्धार, उपचार र राहतको कामना गर्दछौँ।

यसै क्रममा उक्त बाढीका कारण शहिद लखन गाउँपालिकाका ७ जना नागरिक सम्पर्कविहीन हुनुभएको जानकारी प्राप्त भएको छ। उहाँहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी, स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालालाई आवश्यक समन्वय र सहयोगका लागि गाउँपालिका हार्दिक अपिल गर्दछ।

सम्पर्कविहीन नागरिकहरूको विवरणः

१. पुकार थापा मगर (शिशान्त थापा मगर)
शहिद लखन गाउँपालिका–१, बक्राङ, पिपलछाप निवासी।
रोंगा पुल क्षेत्र, स्याफ्रुबेँसीतर्फ, चिन सरकारको सहोगमा पिच भैरहेको करिब १६ किमी सडक निर्माण कार्यमा Bawana Enterprise कम्पनीमार्फत डोजर अपरेटरका रूपमा कार्यरत रहनुभएको।
सम्पर्क नं.: ९८०८१०६८७०, ९७४९४६८१६५

२. कृष्ण थापा मगर
शहिद लखन गाउँपालिका–६, घैरुङ, तिनघरे निवासी। रसुवागढी भन्सार कार्यालयको नवनिर्मित भवनमा रविना कन्स्ट्रक्सनमार्फत इलेक्ट्रिसियनका रूपमा कार्यरत रहनुभएको।
सम्पर्क नं.: ९८६३७७७८५६

३. शहिद लखन गाउपालिका वडा न ८ निवासी प्रदिप खड्का पर्यटक लिएर तिब्बत ट्रेकिङ जानुभएका आज बिहान ७ बजेदेखि सम्पर्कविहीन हुनुभएको छ। उहाँलाई फेला पार्नुहुने वा उहाँबारे कुनै जानकारी प्राप्त हुनासाथ कृपया परिवारलाई तुरुन्त खबर गरिदिनुहोला:९८१८२५९५९६

४, शहिद लखन गाउँपालिका वडा नं ७ बुंकोट मकैपुर निवासी राजकुमार परियार, रसुवागढीमा होटल ब्यबसाय संचालन गरि बस्नु भएको, संपर्क नं .९८६१७३८६१९

५, शहिद लखन गाउँपालिका वडा नं ७ बुंकोट निमजुङ निवासी सुजन आले मगर, पर्यटक लिएर ट्रेकिङमा जानु भएको,
संपर्क नं. (आफन्तको) - ९७१३४१७०६० - ९८४१९३८५९१

६. शहिद लखन गाउँपालिका वडा नं.३ मनकामना हटिया निवासी राजेन्द्र श्रेष्ठ हिजो बिहान ९ बजेदेखि रसुवा टिमुरे नाकाको होटलबाट सम्पर्क विहिन
वहा ट्रक धनी चालक समेत हुनुहुन्छ
सम्पर्क नम्बर ९८६६०२४२४२
घर परिवार सम्पर्क नम्बर ९८६४५३२७६२

७, सहिद लखन गाउँपालिका वडा नं ८ बुंकोट मैलुङ निवासी क्लासिक भ्याकेसन प्रा. लि. का प्रोपाईटर चेत प्रसाद भट्ट ट्रेकिङको क्रममा जानुभएको,
संपर्क नं.९८५१०४०८०६

उहाँहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग आवश्यक समन्वयका लागि गाउँपालिका प्रतिबद्ध रहेको व्यहोरा समेत जानकारी गराउँदछौँ। सम्पर्कविहीन सबै ७ जना नागरिकको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित परिवार, सुरक्षा निकाय वा गाउँपालिकालाई जानकारी गराइदिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौँ।

यसका साथै, त्रिशूली नदी तथा नदी किनारका क्षेत्रमा अझै बाढीको जोखिम कायम रहेकाले अनावश्यक रूपमा नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा आवश्यक सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गर्दछौँ।

यस विपद्को घडीमा प्रभावित नागरिक तथा परिवारजनसँग शहीद लखन गाउँपालिका साथमा रहेको विश्वास दिलाउँदै खोजी, उद्धार, राहत तथा आवश्यक सहयोगका कार्यमा गाउँपालिकाले आफ्नो तर्फबाट सक्दो पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

विपद सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना।
26/08/2026

विपद सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना।

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when शहिद लखन गाउँपालिका, गोरखा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शहिद लखन गाउँपालिका, गोरखा ।:

Shortcuts

Share