धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा

  • Home
  • Nepal
  • Gorkha
  • धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा

धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा गाउँपालिका कार्यालय, माछीखोला, गोरखा

धार्चे गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणले गाउँपालिका बाहिर बसोबास गर्दै आउनुभएका सामाजिक सुरक्षा भत्ता प्राप्त ग...
31/08/2026

धार्चे गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणले गाउँपालिका बाहिर बसोबास गर्दै आउनुभएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको परिचयपत्र नवीकरण शिविर सञ्चालन हुने सम्बन्धी सूचना।
सम्बन्धित लाभग्राहीहरूले आवश्यक कागजातसहित तोकिएको मिति, स्थान र समयमा उपस्थित भई सेवा लिनुहुन अनुरोध छ।
स्थान:- गुरुङ राष्ट्रिय परिषदकाे कार्यालय,मित्रनगर, काठमाडौ

परिक्षा मिति तोकिएको सम्बन्धी सूचना ।
31/08/2026

परिक्षा मिति तोकिएको सम्बन्धी सूचना ।

26/08/2026

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गर्दछ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष सतर्कताका लागि अनुरोध ।
26/08/2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष सतर्कताका लागि अनुरोध ।

विपद सतर्कता अपनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय,गोरखाको अत्यन्त जरुरी सुचना !
26/08/2026

विपद सतर्कता अपनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय,गोरखाको अत्यन्त जरुरी सुचना !

धार्चे गाउँपालिका क्षेत्रभित्र डेङ्गु संक्रमण पुष्टि भएका कारण थप संक्रमण फैलिन नदिन मिति २०८३ भाद्र ७ गते माछिखोला बजार...
23/08/2026

धार्चे गाउँपालिका क्षेत्रभित्र डेङ्गु संक्रमण पुष्टि भएका कारण थप संक्रमण फैलिन नदिन मिति २०८३ भाद्र ७ गते माछिखोला बजार परिसरमा सरसफाइ तथा डेङ्गु नियन्त्रणसम्बन्धी अभियान सम्पन्न भएको छ।
कार्यक्रममा माछिखोला प्रहरी चौकीका सुरक्षाकर्मी, विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यार्थी, गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी, आमा समूह तथा माछिखोला बजारमा अवस्थित स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत बजार परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गर्नुका साथै डेङ्गु रोग नियन्त्रण, लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा पानी जम्न नदिने विषयमा सचेतना प्रदान गरिएको थियो।
डेङ्गु नियन्त्रणका लागि सबैको सहकार्य र निरन्तर सरसफाइ आवश्यक रहेको सन्देशसहित अभियान सफलतापूर्वक सम्पन्न भएको छ। सहभागी सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद।

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।
22/08/2026

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

मनोसामाजिक परामर्शकर्ता आवश्यकता सम्बन्धी सूचना ।
21/08/2026

मनोसामाजिक परामर्शकर्ता आवश्यकता सम्बन्धी सूचना ।

आज मिति २०८३ साउन ३० गते  गाउँपालिकाको कभर्ड हल, माछीखोलामा आ.व. २०८२/०८३ मा सम्पादित योजना, कार्यक्रम तथा सेवा प्रवाहको...
15/08/2026

आज मिति २०८३ साउन ३० गते गाउँपालिकाको कभर्ड हल, माछीखोलामा आ.व. २०८२/०८३ मा सम्पादित योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्यूकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सातवटै वडाका वडासचिवज्यूहरूले आ आफ्नो वडाबाट गत आर्थिक वर्षमा सम्पन्न योजना, कार्यक्रम तथा सेवा प्रवाहको अवस्था र उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी गाउँ कार्यपालिकाको कार्यालयअन्तर्गतका विभिन्न शाखा प्रमुखज्यूहरूले समेत आ आफ्नो शाखाबाट सम्पन्न भएका कार्य तथा प्रमुख उपलब्धिहरूको स्लाइड प्रस्तुतिकरण गर्नुभएको थियो।
कार्यक्रममा गत आर्थिक वर्षमा गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धि, सम्पन्न महत्वपूर्ण योजना तथा सेवा प्रवाहका विषयमा समीक्षा तथा छलफल गरिएको थियो। सो अवसरमा गाउँपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्यूले गत आ.व.का योजना तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै चालु आ.व. २०८३/०८४ का स्वीकृत योजना तथा कार्यक्रमहरू रेडबुक प्रकाशनपश्चात् समयमै सञ्चालन तथा प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो।
सोही अवसरमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिक तथा सरोकारवालाहरूबाट गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, योजना तथा कार्यक्रम, बजेट कार्यान्वयन, सुशासन तथा आगामी प्राथमिकताका सम्बन्धमा जिज्ञासा, सुझाव, प्रतिक्रिया तथा गुनासाहरू प्राप्त गरिएको थियो। नागरिकबाट उठाइएका प्रश्न तथा जिज्ञासाहरूको सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीहरूबाट आवश्यक जवाफ तथा जानकारी प्रदान गर्दै गाउँपालिकाको सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही, प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद, सहभागिता र उत्तरदायित्व अभिवृद्धि गर्दै आगामी दिनमा गाउँपालिकाका योजना, कार्यक्रम तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण आधार प्रदान गरेको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण भिमसेन मिडिया एण्ड एड्भर्टाइजिङ प्रा.लि., गोरखाले गरेको थियो।

Address

Machhikhola
Gorkha

Alerts

Be the first to know and let us send you an email when धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to धार्चे गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय,गाेरखा:

Shortcuts

Share