हाम्रो करन्टार गाउँ

हाम्रो करन्टार गाउँ welcoming all to visit in this village.

Karantar village is one gurung village where only gurung caste are living more than 40 houses. .this village is located near Chitwan & Tanahun District ....its situated in Manakamana VDC & Gorkha District.

13/07/2026

करनटार तमु सेवा समाजको तर्फबाट सम्पुर्णमा धन्यवाद ।

गोर्खा जिल्ला सहिद लखन ३ करनटार गाउँमा यहि मिति २०८३ असार २७ गते सनिवारको दिन करनटार तमु सेवा समाज र गोर्खा त्रिबेणि युवा क्लब द्दोरा आयोजना गरिएको तमु जातिको मौलिक पहिचान बोकेको संस्कृति घाटु ,चुडका नाचलाई संरक्षण गर्ने उद्देश्यले घाटु (खोइ)भोज चुडका नाच कार्यक्रमको आयोजना गरिएको थियो ।

समाजको निम्तोलाई स्वीकार गरि विभिन्न जिल्ला र विभिन्न गाउँ टोलहरुबाट ३५ सामाजिक संघ संस्थाहरु साथै विभिन्न ब्याक्तित्व बुद्धिजीवी इष्ट मित्र मिडिया कर्मी पत्रकार ज्युहरु जोवाइ छोरी चेलीबेटीहरु पाल्नु भएको थियो ।

आयोजक करनटार तमु सेवा समाज र गोर्खा त्रिबेणि युवा क्लबको तर्फबाट हाम्रो निम्तोलाइ स्वीकार गरि करनटार गाउँमा पाल्नु भाइ घाटु (खोइ) भोज चुडका नाच कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफल पारी दिनु भएकोमा उपस्थिति सम्पुर्णमा
हृदय देखि हार्दिक अधन्यवाद नमन व्यक्त गर्दछौ ।

साथै उक्त सभ्य र भब्य कार्यक्रम हामीले सोचेको भन्दा पनि उल्लेखनीय सामाजिक संघ संस्थाहरुको उपस्थिति हुन गरेकोले हाम्रो समाजको तर्फबाट कुनै कमिकमजोरीहरु हुन गएको भए क्षमा माग्न चाहान्छौ ।

13/07/2026

गोर्खा सहिद लखन ३ करनटार गाउँमा २०८३ असार २७ गते सनिवार भएको तमु जातीको संस्कार संस्कृति घाटु खोइ चुडका भोज कार्यक्रममा उपस्थिति जनाइ दिनु भएको सम्पुर्णमा धन्यवाद सहित कार्यक्रमको बारेमा जानकारी दिनु हुँदै समाजसेवी सुर्य म्रु गुरुङ ।

करनटार तमु सेवा समाजले आयोजना गरिएको घाटु खोइ चुडका भोज कार्यक्रम २०८३ को झलकहरु भाग-२
12/07/2026

करनटार तमु सेवा समाजले आयोजना गरिएको घाटु खोइ चुडका भोज कार्यक्रम २०८३ को झलकहरु भाग-२

1. गोरखाको शहीद लखन गाउँपालिका–३, करनटारमा भव्य घाँटु भोज! ...

करनटार तमु सेवा समाजले आयोजना गरिएको घाटु खोइ चुडका भोज कार्यक्रम २०८३ को झलकहरु भाग -१
12/07/2026

करनटार तमु सेवा समाजले आयोजना गरिएको घाटु खोइ चुडका भोज कार्यक्रम २०८३ को झलकहरु भाग -१

गुरुङ संस्कृतिको अनुपम झल्को: करनटारमा घाँटु भोज सम्पन्न@Chhimkeshw...

हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा ।।सदा बर्षहरुमा जस्तै यसपाली पनि  २०८३/ ३/२७ गते शनिबारको दिन करनटार तमु सेवा सम...
28/06/2026

हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा ।।

सदा बर्षहरुमा जस्तै यसपाली पनि २०८३/ ३/२७ गते शनिबारको दिन करनटार तमु सेवा समाजको यो बर्षको घाटु खोइ चुडका भोज कार्यक्रम आयोजना गरिएको हुँदा सम्पुर्ण आदरणीय बाबा अमा ङोलो ङोल्स्योहरुलाइ कार्यक्रममा उपस्थिति भइ कार्यक्रमको शोभा बढाइ दिनु हुन हार्दिक निवेदन गर्दछौ ।

कार्यक्रम हुने मिति समय र स्थान
मिति :-२०८३/३/२७ गते
समय :-बिहान ८ बजे देखि
स्थान :- करनटार तमु सेवा समाज भवन प्राङ्गणमा

करनटार गाउँ घाटु खोइ चुडका भोज कार्यक्रम २०८२ को झलक हाम्रो गाउँ साथै हाम्रो संस्कार संस्कृतिलाई भिडियो बनाएर संसार भर च...
02/07/2025

करनटार गाउँ घाटु खोइ चुडका भोज कार्यक्रम २०८२ को झलक

हाम्रो गाउँ साथै हाम्रो संस्कार संस्कृतिलाई भिडियो बनाएर संसार भर चिनाइ दिनु भएकोमा क्यामरा म्यान जमन गुरुङ ज्युलाइ हृदय देखि धन्यवाद व्यक्त गर्दछौ ।

कारन टार चुड्‌का भोज कार्यक्रम Karan Tar Chudka Bhoj 2025/2082

घाटु खोइ भोज २०८२ सहिद लखन ३ करनटार गाउँको झलक
14/06/2025

घाटु खोइ भोज २०८२ सहिद लखन ३ करनटार गाउँको झलक

Do support by leaving your feedbacks on the comment section. Cheers!OUR TEAM:Video: Bsal Tmg | Yakin GrgMusic used: Epidemic soundhttps://www.epidemicsound.c...

07/06/2025

करनटार गाउँमा घाटु खोइ भोज कार्यक्रम आज सप्पन्न हुँदै

तमु जातिको मौलिक पहिचान चिनारी संस्कार संस्कृति पनि एक रहेको छ । करनटार गाउँमा लोप हुन लागिको घाटु नाचलाई संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले करनटार गाउँमा ११ बर्ष पछि चण्डी पुर्णिामाको अवसर पारेर सति घाटु नाचलाइ यसपालि पुन जगेर्ना गरिएको थियो ।

घाटु नाच सप्पन्न भैसके पछि घाटु खोइ खाने प्रचलन रहेको छ । सोही बमोजिम यहि जेष्ठ २३ र २४ गते घाटु खोइ चुडका भोज कार्यक्रम भब्य रूपमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा लमजुङ ,तनहुँ ,गोर्खा ,चितवन गरि ४ जिल्लाहरुबाट विभिन्न गाउँ समाजहरुबाट १५ टिम चुडका नाच र ७ गाउँबाट समाजको टिम मात्रै गरि २२ गाउँ समाजको उपस्थित भएको थियो ।

घाटु खोइ चुडका भोज कार्यक्रम करनटार गाउँमा इतिहासकै सबैभन्दा अत्यधिक समाजको ब्याक्तित्वहरु उपस्थिति भइ सभ्य र भब्य रूपमा सप्पन्न भएको छ ।

06/06/2025

करनटार गाउँमा आजबाट घाटु खोइ चुडका भोज कार्यक्रम सुरु

गोर्खा जिल्ला सहिद लखन ३ करनटार गाउँमा २०८२ साल जेष्ठ महिनाको चन्डी पुर्णिामाको अवसर पारेर गुरुङ जातीको मौलिक संस्कार संस्कृति सति घाटु नाचको आयोजना गरिएको थियो ।

घाटु नाच सप्पन्न भैसके पछि घाटु खोइ भोज खाने प्रचलन रहि आएको छ । सोही संस्कार अनुसार आयोजक करनटार तमु सेवा समाज र गोर्खा त्रिबेणि युवा क्लब द्दोरा तमु जातीको मौलिक पहिचान संस्कार संस्कृति जोगाउने उद्देश्यले यहि जेष्ठ २३ र २४ गते भब्य रूपमा घाटु खोइ चुडका भोज कार्यक्रमको आयोजना गरिएको हो ।

आज २३ गते पहिलो दिन घाटु खोइ चुडका भोज कार्यक्रममा लमजुङ जिल्लाबाट चिसापानी गाउँ तनहुँ जिल्लाबाट बेनिटार गाउँ ,साखार गाउँ गोर्खा जिल्लाबाट कोडगाउ, तल्लो ग्याजा गाउँ ,माथिल्लो ग्याजा गाउँ, भुवानिटार गाउँ गरि ७ गाउँ उपस्थिति भएको छ ।

हाम्रो समाजको निम्तोलाई स्वीकार गरि विभिन्न जिल्लाहरुबाट पाल्नु भएको विभिन्न समाजहरुलाइ हृदय देखि हार्दिक विशेष धन्यवाद व्यक्त गर्दछौ ।

हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा ।।यहि महिना जेष्ठ २३ र २४ गते करनटार गाउँमा हुन गइरहेकोे घाटु चुडका खोइ भोज कार्...
03/06/2025

हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा ।।

यहि महिना जेष्ठ २३ र २४ गते करनटार गाउँमा हुन गइरहेकोे घाटु चुडका खोइ भोज कार्यक्रम हुने भएकोले विभिन्न जिल्लाहरुमा विभिन्न समाजहरुलाइ साथै विभिन्न जिल्लाहरुमा गाउँ ठाउँहरुमा कर्म थलो बनाइ बस्नु भएको सम्पुर्ण चेलीबेटीहरुलाइ चिट्ठी पत्र पठाइ सकेको छ हाम्रो समाजको तर्फबाट यदि पत्र नपाउनु भएको भए यहि पोस्टलाई निम्तो स्वीकार गरि यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

Address

Manakamana-3, Karantar
Gorkha
009779856041010

Telephone

+9779856041010

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो करन्टार गाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share