सूर्योदय माध्यमिक विद्यालय धार्चे-५, गोरखा

  • Home
  • Nepal
  • Gorkha
  • सूर्योदय माध्यमिक विद्यालय धार्चे-५, गोरखा

सूर्योदय माध्यमिक विद्यालय धार्चे-५, गोरखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सूर्योदय माध्यमिक विद्यालय धार्चे-५, गोरखा, Government Organization, Gorkha.

स्थापना : वि.सं. २०१७ फागुन ११ गते
संस्थापक : तुल सिं गुरुङ
शिक्षक : पान सिं गुरुङ
स्थान : कुल्गाङ
हालको स्थान : गोइचेत
हालको प्र.अ. : लोक बहादुर गुरुङ
सम्पर्क नं : ९८५६०४३१२१
Email : [email protected]

यस विद्यालयकाे बाल क्लबद्वारा प्रकाशन गर्दै आएका यस शैक्षिक शत्र २०८३ सालकाे भित्ते पात्राेकाे पहिलो अङ्क प्रकाशित गरिया...
10/07/2026

यस विद्यालयकाे बाल क्लबद्वारा प्रकाशन गर्दै आएका यस शैक्षिक शत्र २०८३ सालकाे भित्ते पात्राेकाे पहिलो अङ्क प्रकाशित गरियाे ।

मिति २०८०/१२/२७ गते स्थायी नियुक्ति लिई धार्चे गाउँपालिका मार्फत यस विद्यालयमा पदस्थापना भई निरन्तर अध्यापन गराईरहनु भएक...
08/07/2026

मिति २०८०/१२/२७ गते स्थायी नियुक्ति लिई धार्चे गाउँपालिका मार्फत यस विद्यालयमा पदस्थापना भई निरन्तर अध्यापन गराईरहनु भएको शिक्षिका श्री साबित्रा पाण्डे (खनिया) श्री जीवन आधारभूत विद्यालय,सिरानचाेक १,केराबारी, गाेरखामा सरुवा भई जानुभएकोमा आगामी यात्रा सफलताको लागि विद्यालय परिवार शुभकामना व्यक्त गर्दछौँ साथै जाँदाजाँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक प्रगतिको कामनाका साथ अतिरिक्त क्रियाकलापहरुमा पुरस्कार वितरणको लागि शैक्षिक सामग्री सहयोग स्वरूप ५ दर्जन कपी प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद पनि व्यक्त गर्दछौंँ ।

धार्चे गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा आज धार्चे गाउँपालिकाको अध्यक्ष श्री लक्ष्मण गुरुङको प्रमुख अध्...
29/05/2026

धार्चे गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा आज धार्चे गाउँपालिकाको अध्यक्ष श्री लक्ष्मण गुरुङको प्रमुख अध्यक्षतामा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । यस महत्वपूर्ण कार्यक्रमको लागि सम्पूर्ण पालिका टिम र तालिम सहजीकरण गर्नु हुने सरलाई पनि धन्यवाद !

धार्चे गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यस विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको लागि आज मिति...
22/05/2026

धार्चे गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यस विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको लागि आज मिति २०८३/२/८ गतेका दिन मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या न्युनिकरणको लागि सचेतना कार्यक्रम सहजीकरण गरिदिनु भएकोमा धार्चे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अमृत बहादुर घलेज्यू र जनस्वास्थ्य अधिकृत बिपना भुजेलज्यूलाई विद्यालय परिवार हार्दिक धन्यावाद व्यक्त गर्दछौँ ।
सूर्योदय माध्यिमक विद्यालय परिवार
धार्चे-५, गुम्दा, गोरखा

लेजामी द लाप्राक,फ्रान्सकाे लगानी तथा गणेश हिमाल एशाेसिएसन काठमाडौंकाे समन्वयमा यस विद्यालयमा निर्माणाधीन  विद्यालय घेरा...
14/05/2026

लेजामी द लाप्राक,फ्रान्सकाे लगानी तथा गणेश हिमाल एशाेसिएसन काठमाडौंकाे समन्वयमा यस विद्यालयमा निर्माणाधीन विद्यालय घेराबार कार्यलाई एसाेसिएसनका अध्यक्ष सहितकाे टिमले स्थलगत अनुगमन गर्नुकाे साथै शिक्षाको महत्व सम्बन्धि अन्तरक्रिया सम्पन्न भयाे। महत्वपूर्ण सल्लाह र सुझाव दिनु भएकाेमा एसाेसिएसनकाे अध्यक्ष सुनार बहादुर गरूङलाई धन्यवाद व्यक्त गर्दछौं ।

शैक्षिक सत्र २०८२ को हरेक कक्षाको उत्कृष्ट नतिजा प्राप्त गर्ने ( प्रथम, द्वितीय र तृतीय स्थान) विद्यार्थी र विपन्न घरपरि...
14/05/2026

शैक्षिक सत्र २०८२ को हरेक कक्षाको उत्कृष्ट नतिजा प्राप्त गर्ने ( प्रथम, द्वितीय र तृतीय स्थान) विद्यार्थी र विपन्न घरपरिवारका विद्यार्थीहरूलाई प्रोत्साहन र सिकाइ सहजताका लागि हाल अमेरिका बस्नुहुने श्री पदम बहादुर गुरुङको परिवारबाट रु.१,००,०००I- (अक्षरुपी - एक लाख मात्र) र SEE मा उत्कृष्ट अङ्क प्राप्त गर्ने तीन जना विद्यार्थीहरुलाई लाप्राक निवासी समाजसेवी दलवीर गुरुङबाट गतवर्ष देखि निरन्तर यो वर्ष पनि प्रोत्साहन स्वरूप जम्मा रु. ६,५००।- (अक्षरूपी - छ हजार पाँच सय मात्र) सहयोग प्रदान गर्नुभएको रकम अभिभावक भेला गरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरियो ।
सहयोगको लागि यहाँहरुलाई हार्दिक आभार प्रकट गर्दछौँ ।
सूर्योदय माध्यमिक विद्यालय परिवार

यस विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू.…    तपाईंहरूको मेहनत, गुरुहरूको निरन्तर प्रयास र मार्गनिर्देशनको परिणाम आ...
12/05/2026

यस विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू.…
तपाईंहरूको मेहनत, गुरुहरूको निरन्तर प्रयास र मार्गनिर्देशनको परिणाम आज हामी सामु छ। धार्चे परीक्षामा शीर्ष स्थान (GPA ३.६५) हासिल गर्ने सुस्मिना गुरुङलाई विद्यालय परिवार तपाईं माथि गौरवान्वित छ। तपाईंले देखाउनुभएको लगनशीलता र अनुशासनले प्रमाणित गरेको छ — कठिन परिश्रमको कुनै विकल्प हुँदैन। यसले आउने पुस्तालाई बाटो देखाउने छ।
त्यस्तै, परीक्षामा सहभागी १६ जनामध्ये ११ जना विद्यार्थी सफलतापूर्वक उत्तीर्ण हुनुभएकोमा तपाईंहरू सबैलाई हार्दिक बधाई! तपाईंहरूको जित केवल नम्बरको कथा होइन — यो विद्यालयको गौरव र गुरुहरूको त्यागको प्रतिफल हो। असफल हुनेहरूले पनि नआत्तिनुस् — तपाईंहरूको संघर्षले भोलिको सफलताको बलियो जग बनाउनेछ।

जेहेनदार विद्यार्थी सुस्मिना,
तपाईं पूरै धार्चे गाउँपालिका र विद्यालयको प्रेरणा स्रोत बन्नुभएको छ। बाँकी सबैले पनि हिम्मत नहारी गुरुहरूको सिकाइलाई मनन गर्दै अगाडि बढ्नुहोस्। सानो ठेलाले पनि ठुलो ढुङ्गा हल्लाउन सक्छ — जीवनका हरेक परीक्षा तपाईंहरूको पक्षमा रहोस्।

विद्यालय परिवारको तर्फबाट, तपाईंहरू सबैको उज्ज्वल भविष्यको कामना!

धार्चे गाउँपालिका वडा नं. ५, गुम्दा, निवासी श्री पदम बहादुर गुरुङ तथा निजको छोरी डा. विमला गुरुङको तर्फबाट यस विद्यालयमा...
08/04/2026

धार्चे गाउँपालिका वडा नं. ५, गुम्दा, निवासी श्री पदम बहादुर गुरुङ तथा निजको छोरी डा. विमला गुरुङको तर्फबाट यस विद्यालयमा अध्ययनरत कक्षागत उत्कृष्ट विद्यार्थी प्रोत्साहन रकम र गरिब तथा जेहेनदार छात्रवृत्ति स्वरुप रु. १,००,०००।- (एक लाख रुपैयाँ) सहयोग र विद्यालयलाई भलिबल, नेट, पम्प, र ग्लोब प्रदान गर्नु भएकोमा विद्यालय परिवार यहाँहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौँ ।

श्री सूर्याेदय माध्यमिक विद्यालयका १० कक्षा (२०८२) सालका विद्यार्थीहरूकाे विदाइ कार्यक्रम ।तपाईंहरूको उज्ज्वल भविष्यको क...
29/03/2026

श्री सूर्याेदय माध्यमिक विद्यालयका १० कक्षा (२०८२) सालका विद्यार्थीहरूकाे विदाइ कार्यक्रम ।
तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं।
Best of luck for your SEE exam2082! 🌸

हाम्रो यस सूर्योदय माध्यमिक विद्यालय धार्चे-५, गोरखा काे प्रधानाध्यापक श्री लाेक बहादुर गुरूङलाई प्राथमिक तह द्वितीय श्र...
23/03/2026

हाम्रो यस सूर्योदय माध्यमिक विद्यालय धार्चे-५, गोरखा काे प्रधानाध्यापक श्री लाेक बहादुर गुरूङलाई प्राथमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई सर ।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when सूर्योदय माध्यमिक विद्यालय धार्चे-५, गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share