Khildhoj Panthi

Khildhoj Panthi सभापति : नेपाली कांग्रेस, गुल्मी
नगर प्रमुख : रेसुङ्गा नगरपालिका, गुल्मी
अध्यक्ष : नेपाल नगरपालिका संघ, लुम्बिनी प्रदेश

रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा प्रकाशित बी.बी.एस. तेस्रो वर्षको परीक्षामा ...
07/08/2026

रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा प्रकाशित बी.बी.एस. तेस्रो वर्षको परीक्षामा विशिष्ट श्रेणीसहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। यस शैक्षिक उपलब्धिले सम्पूर्ण क्याम्पस परिवारलाई गौरवान्वित बनाएको छ। सम्मानित सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि अझ उत्कृष्ट शैक्षिक सफलता हासिल गर्न सहयोग पुर्‍याउने छ भन्ने विश्वास लिएका छौं ।

रेसुङ्गा नगरपालिकाले आँखाको निःशुल्क उपचार सेवालाई निरन्तरता दिने उद्देश्यले जिल्ला आँखा उपचार केन्द्रसँग भएको सम्झौता न...
05/08/2026

रेसुङ्गा नगरपालिकाले आँखाको निःशुल्क उपचार सेवालाई निरन्तरता दिने उद्देश्यले जिल्ला आँखा उपचार केन्द्रसँग भएको सम्झौता नवीकरण गरेको छ। यस सम्झौतामार्फत नगरवासीहरूले पूर्ववत् रूपमा निःशुल्क आँखाको शल्यक्रिया , परीक्षण, आवश्यक परामर्श तथा तोकिएका उपचार सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ साथै नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं।

रेसुङ्गा माध्यमिक विद्यालयको  आयोजना तथा नेपाल प्रगतिशील युवा सञ्जालको सहयोगमा प्रथम रेसुङ्गा नमुना संघीय संसद सम्पन्न भ...
04/08/2026

रेसुङ्गा माध्यमिक विद्यालयको आयोजना तथा नेपाल प्रगतिशील युवा सञ्जालको सहयोगमा प्रथम रेसुङ्गा नमुना संघीय संसद सम्पन्न भएको छ । यस कार्यक्रमले विद्यार्थीहरूमा संसदीय प्रणालीप्रतिको समझ, लोकतान्त्रिक मूल्य–मान्यता, नेतृत्व क्षमता, तर्कशील सोच तथा जिम्मेवार नागरिक बन्ने चेतनाको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं ।

02/08/2026

आदरणीय नगरवासीहरू,
जल तथा मौसम पूर्वानुमानअनुसार आज र भोलि गुल्मी लगायत आसपासका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। निरन्तर वर्षासँगै बाढी, पहिरोको कारण सडक अवरोध तथा अन्य प्राकृतिक विपद्का घटना हुन सक्ने जोखिम उच्च रहेकाले सम्पूर्ण नगरवासीहरुलाई अत्यन्तै सजग र सतर्क रहन हार्दिक अनुरोध गर्दछौं । विशेष गरी नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका भिरालो बस्ती र डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने परिवारहरूले कुनै पनि जोखिमको संकेत देखिनेबित्तिकै ढिलाइ नगरी सुरक्षित स्थानमा जानुहोस्। आपतकालीन अवस्थामा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थासँग तत्काल सम्पर्क र समन्वय गरी विपद् प्रतिकार्यका लागि सहयोग पुर्‍याउनुहुन अनुरोध छ ।
सतर्कता, सजगता र समयमै गरिएको तयारीले नै सम्भावित विपद् बाट हुने क्षति न्यूनीकरण गर्न सक्छ।
"सजग बनौँ, सुरक्षित रहौँ "।

सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा (Inquiry, Evidence and Expertise) Updating Learning, Teaching and Training सम्बन्...
30/07/2026

सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा (Inquiry, Evidence and Expertise) Updating Learning, Teaching and Training सम्बन्धि ३ दिने कार्यक्रमको शुभारम्भ गरेका छौं । यस कार्यक्रमले शिक्षण–सिकाइ प्रक्रियालाई अनुसन्धान, प्रमाणमा आधारित अभ्यास तथा विशेषज्ञताको माध्यमबाट थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने छ भन्ने विश्वास लिएका छौं ।

गुल्मी अस्पतालमा CT Scan सेवा सञ्चालन गर्ने विषयमा आज स्वास्थ्य सेवा विभागका महानिर्देशक अनुज भट्टचनज्यूसँग गहन तथा सकार...
29/07/2026

गुल्मी अस्पतालमा CT Scan सेवा सञ्चालन गर्ने विषयमा आज स्वास्थ्य सेवा विभागका महानिर्देशक अनुज भट्टचनज्यूसँग गहन तथा सकारात्मक छलफल सम्पन्न भयो।
गुल्मी अस्पतालको तथ्यांकअनुसार रिफर गरिने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बिरामीलाई CT Scan आवश्यक पर्ने देखिएको छ। हाल यस सेवाको अभावका कारण बिरामीहरू थप उपचार तथा परीक्षणका लागि जिल्लाबाहिर जान बाध्य भइरहेका छन्।
यस अवस्थालाई मध्यनजर गर्दै रेसुङ्गा नगरपालिका, गुल्मीको पहलमा गुल्मी अस्पतालमा CT Scan सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको छ। यो सेवा सञ्चालनमा आएपछि बिरामीले आफ्नै जिल्लामा सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने, समय र आर्थिक भारमा उल्लेखनीय कमी आउने तथा उपचार प्रक्रिया थप प्रभावकारी बन्ने विश्वास लिएका छौँ।
यस महत्त्वपूर्ण सेवालाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल निरन्तर जारी रहनेछ।

निर्माणाधीन रिडी–तम्घास मदन भण्डारी राजमार्गको रेखाङ्कनका क्रममा तम्घास बजार क्षेत्रलाई जोगाउँदै सडक निर्माण अगाडि बढाउन...
28/07/2026

निर्माणाधीन रिडी–तम्घास मदन भण्डारी राजमार्गको रेखाङ्कनका क्रममा तम्घास बजार क्षेत्रलाई जोगाउँदै सडक निर्माण अगाडि बढाउने विषयमा आज पूर्वाधार विकास मन्त्री माननीय सुनिल लम्सालज्यूसँग गहन छलफल सम्पन्न भयो।
छलफलका क्रममा तम्घास बजारको ऐतिहासिक, आर्थिक तथा सामाजिक महत्वलाई दृष्टिगत गर्दै बजार क्षेत्रलाई संरक्षण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ।
साथै, रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रको वैकल्पिक बाइपास सडकका सम्बन्धमा गरेको सिफारिस तथा प्रस्तावलाई आधार मानी तत्कालका लागि वैकल्पिक बाइपास मार्गको अध्ययन, आवश्यक प्रक्रिया तथा कार्यान्वयन अगाडि बढाइने सहमति भएको छ।
तम्घास बजारलाई जोगाउँदै विकासलाई पनि निरन्तरता दिने यस सकारात्मक पहलले दीर्घकालीन रूपमा स्थानीय नागरिक, व्यवसायी तथा समग्र जिल्लाको हित हुने विश्वास लिएका छौँ।

Address

Resunga
Gulmi Tamghas
32600

Alerts

Be the first to know and let us send you an email when Khildhoj Panthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khildhoj Panthi:

Shortcuts

Share

Category