श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश

  • Home
  • Nepal
  • Hetauda
  • श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश

श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश,

सार्वजनिक सेवा प्रवाहलाई थप जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाई सुशासनको प्रत्याभूति दिलाउनु राज्यको प्राथमिक दायित्व भ...
20/04/2026

सार्वजनिक सेवा प्रवाहलाई थप जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाई सुशासनको प्रत्याभूति दिलाउनु राज्यको प्राथमिक दायित्व भएको हुँदा यस मन्त्रालय अन्तर्गतको कार्यालयहरुबाट प्रदान गरिने सेवाहरूलाई थप सुदृढ र नागरिकमैत्री बनाउन र सेवाग्राहीहरुको गुनासो नआउने गरी प्रचलित कानून तथा कार्यविधिहरूको पालना गर्दै कार्यसम्पादनमा थप प्रभावकारिता बृद्धि गर्न आवश्यक देखिएकाले मातहतका सबै निकाय तथा कर्मचारीहरूले निर्देशनको अक्षरसः पालना गर्ने गरी मन्त्रालयको मिति २०८२/१२/२६ को (मा. मन्त्रिस्तरीय) निर्णय बमोजिम यो निर्देशन जारी गरिएको सम्बन्धित् सवैमा सूचित गरिन्छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयका माननीय मन्त्री जयरा...
08/04/2026

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयका माननीय मन्त्री जयराम थापाज्यूको अध्यक्षता, बागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरज्यूको बिषेश आतिथ्यता, श्रीमान सचिव हेमराज भुसाल ज्यू, Embassy of Switzerland in Nepal-first secretory/program manager Cécile Rivière ज्यू, SDC का National Program Officer विभव प्रधान, खैरहनी नगरपालिकाका नगरप्रमुख श्रद्धेय शशी कुमार खनियाज्यूको आतिथ्यता तथा प्रदेश अन्तरगत रहेका अन्य मन्त्रालय, कार्यालयका प्रमुखज्यूहरु, महाशाखा प्रमुखज्यूहरु, प्राविधिक सेवा प्रदायक संस्था सामी हेल्भेटासको डेपुटी टिम लिडर रचना श्रेष्ठ, अप्रेशन मेनेजर ललिता कायस्थ, प्रदेश कार्यक्रम व्यवस्थापक, कार्यक्रम अधिकृत, जिल्ला कार्यक्रम संयोजक र कार्यक्रमका लाभग्राहीहरु सहित प्रदेश कार्यक्रम समन्वय समितिको बैठक माननीय मन्त्रीज्यूको कार्यकक्षमा सम्पन्न हुँदाका तस्विरहरुः

श्रमिकहरूको सीप विकासमा जोड दिँदै, प्रदेशभित्र रोजगारी सिर्जना गरी  वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बन...
03/04/2026

श्रमिकहरूको सीप विकासमा जोड दिँदै, प्रदेशभित्र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन र श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरी माननीय मन्त्रीज्यूको अध्यक्षतामा प्रदेश श्रम, सल्लाहाकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
२०८२ चैत्र १९, माननीय मन्त्रीज्यूको कार्यकक्षः

श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजना तथा सामी/हेल्भेटासको प्राविधिक सहयोगमा किर्तिपुर स्थित राष्ट्रिय फलफूल विकास...
24/03/2026

श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजना तथा सामी/हेल्भेटासको प्राविधिक सहयोगमा किर्तिपुर स्थित राष्ट्रिय फलफूल विकास केन्द्रमा यहि चैत्र ०८ गते देखि १० गते सम्म संञ्चालित प्रदेश स्तरमा सामी कार्यक्रमको अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा माननीय मन्त्री जयराम थापा, श्रीमान् सचिव हेमराज भुसाल, महाशाखा प्रमुख श्रीमान् सुनिता गजुरेल, प्रदेश कार्यक्रम संयोजक सागर बिक्रम बस्नेत सहित प्राविधिक सेवा प्रदायक सामी/हेल्भेटासका टिम लिडर टंक अर्याल, डेपुटी टिम लिडर रचना श्रेष्ठ, बरिष्ठ अनुगमन तथा मुल्यांकन अधिकृत प्रतिभा ज्ञवाली, बागमती प्रदेश कार्यक्रम व्यवस्थापक पुरुषोत्तम अधिकारी लगायत कार्यक्रम अधिकृतहरु, स्वास्थ्य तालिम केन्द्रका निर्देशक, स्वास्थ्य निर्देशनालयका मनोविद् सामी कार्यक्रमका जिल्ला संयोजक र बागमती प्रदेशका १३ वटै जिल्लामा संचालित आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ताहरुको सहभागितामा सम्पन्न ।

मिति २०८२ चैत्र ०९ गते यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा “सङ्घीयताको कसीमा प्रदेशको यातायात क्षेत्...
23/03/2026

मिति २०८२ चैत्र ०९ गते यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा “सङ्घीयताको कसीमा प्रदेशको यातायात क्षेत्रको कार्यान्वयनसम्बन्धी सवालहरू” विषयक अन्तरक्रिया कार्यक्रम माननीय मन्त्री जयराम थापाज्यूको प्रमुख आतिथ्यता तथा प्रदेश सचिव श्रीमान् हेमराज भुसालज्यूको सभाध्यक्षतामा सम्पन्न।

बागमती प्रदेश सरकार अन्तरगत श्रम, रोजगार तथा यातायात मन्त्रालयका  माननीय मन्त्री जयराम थापा ज्यूद्वारा यस मन्त्रालयका श्...
16/03/2026

बागमती प्रदेश सरकार अन्तरगत श्रम, रोजगार तथा यातायात मन्त्रालयका माननीय मन्त्री जयराम थापा ज्यूद्वारा यस मन्त्रालयका श्रीमान् सचिव ज्यू , महाशाखा प्रमुखज्यूहरु र शाखा प्रमुखज्यू हरूलाई सुशासन, चुस्त-दुरुस्त सेवा प्रवाह ,पारदर्शिता र शुन्य शहनशिलाताको सिद्धान्तलाई आत्मसाथ गर्दै दैनिक रुपमा बहन गर्नुपर्ने जिम्मेवारीलाई सेवाग्राही मैत्री बनाउँदै ईमानदारिताका साथ सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
२०८२ चैत्र ०२ गते,
श्रम, रोजगार तथा यातायात मन्त्रालय, माननीय मन्त्रीज्यूको कार्यकक्ष

फेरी भेटौंला कार्यक्रमः यस मन्त्रालयका सचिव श्रीमान् रामबावु पुरीले २०८२ मंसिर ०४ गतेदेखि २०८२ माघ ०७ सम्म यस मन्त्रालयक...
22/01/2026

फेरी भेटौंला कार्यक्रमः
यस मन्त्रालयका सचिव श्रीमान् रामबावु पुरीले २०८२ मंसिर ०४ गतेदेखि २०८२ माघ ०७ सम्म यस मन्त्रालयको प्रशासकीय जिम्मेवारी लिनुभई पुर्याउनु भएको योगदानप्रति मन्त्रालय परिवार हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छौं साथै आगामी दिनहरुमा समेत यहाँको थप उन्नती, प्रगती र उच्च सफलताको निम्ति शुभकामना व्यक्त गर्न चाहान्छौं ।

स्थानीय श्रम, सीप र साधनको प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सार्वजनिक सूचना
02/01/2026

स्थानीय श्रम, सीप र साधनको प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सार्वजनिक सूचना

श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको नेतृत्व तथा सामी/हेल्भेटासको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्र...
30/12/2025

श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको नेतृत्व तथा सामी/हेल्भेटासको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत आप्रवासी स्रोत केन्द्र भक्तपुर र सिन्धुली जिल्लाको रिक्त परामर्शकर्ता पदका लागि २०८२ श्रावण २० गते आह्वान गरिएको दरखास्त र भाद्र २३ गते लिईएको लिखित परिक्षाको नतिजा सार्वजनिक गरिएको छ । मन्त्रालयमा आगामी पौष १८ गते शुक्रवार संचालन हुने अन्तरवार्तामा सहभागी हुनुहुन यसै सुचनाका साथ सम्बन्धित व्यक्तिहरुलाई सुचित गरिन्छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा २०८२ पौष ०८ गते हेटौंडा स्थित होटल स्मारकमा आयोजित प्रथम त्रैमासिक समिक्षा...
23/12/2025

श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा २०८२ पौष ०८ गते हेटौंडा स्थित होटल स्मारकमा आयोजित प्रथम त्रैमासिक समिक्षा कार्यक्रमसँग सम्बन्धित् तस्विरहरु.......कार्यक्रम मन्त्रालयका श्रीमान् सचिव ज्यूको अध्यक्षता, मा.मन्त्री ज्यूको प्रमुख आतित्थ्यता तथा बागमती प्रेदशका प्रमुख सचिव ज्यूको बिशिष्ट आतिथ्यतामा सम्पन्न गरियो । जसमा मन्त्रालय अन्तरगत रहेका १२ वटै यातायात कार्यालयका कार्यालय प्रमुख ज्यूहरु र सामी/हेल्भेटासका प्रदेश व्यवस्थापक ज्यू र मन्त्रालयको महाशाखा प्रमुख ज्यूबाट त्रैमासिक अवधिसम्मको प्रगति समिक्षा गर्नु भएको थियो ।

Address

Hetauda Sub-metropolitan City
Hetauda
44107

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share