Routine Of Harkate Banda

Routine Of Harkate Banda Follow our page for more updates to Harkate situated at
Rong 03, Suryodaya 06 (Former Kanyam-5, Kolbung-1)
Illam

04/08/2026

इलाममा— बाटो चुँडिएको छ। ग्यास छैन। पानी छैन।

१) माईखोला माथी सडक बन्द भएको करिव एक महिना भयो । खुलेको छैन अझै खुल्न केही दिन समय लाग्ने सडक डिभिजन कार्यालय इलामले जा...
04/08/2026

१) माईखोला माथी सडक बन्द भएको करिव एक महिना भयो । खुलेको छैन अझै खुल्न केही दिन समय लाग्ने सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ ।

२) केचना कन्चनजङ्घा सडक अन्तरगत पुवाखोलामा लगाइएको ह्युम पाइप केही भाग बगाएको र सो माथीबाट बाढी बगिरहेको छ । सवारी कुदाउन दिएको छैन ।

३) सिमलगोलाई-तिल्केनी सडक समेत लगाइएको ह्युम पाइप माथी बाढी बगिरहेकाले सवारी गुडाउन दिएको छैन ।
हालको उत्तम बिकल्प : मेची राजमार्ग अन्तरगत माईखोला वारी र पारीबाट सवारीले सेवा दिइरहेका छन । करिव १ किलोमिटर पैदल हिड्नै पर्छ 🙏

04/08/2026

केही दिनदेखि निरन्तर बर्षा भैईरहेको छ यात्रा गर्दा सतर्कता अपनाउनुहोला ।

03/08/2026
🕊️ मलामी जाने सम्बन्धी सूचना 🕊️ईलाम जिल्ला, सूर्योदय नगरपालिका–६, तारगाउँ निवासी स्वर्गीय श्री बहादुर भुजेल तथा श्रीमती ...
03/08/2026

🕊️ मलामी जाने सम्बन्धी सूचना 🕊️
ईलाम जिल्ला, सूर्योदय नगरपालिका–६, तारगाउँ निवासी स्वर्गीय श्री बहादुर भुजेल तथा श्रीमती इन्दिरा भुजेलका सुपुत्र, वि.सं. २०११ साल असार ६ गते जन्मनुभएका श्री सोम बहादुर भुजेलको वि.सं. २०८३ साल साउन १८ गते सोमबार बिहान १:२४ बजे आफ्नै निवास, तारगाउँमा असामयिक निधन भएको हुँदा यो दुःखद समाचार सम्पूर्ण आफन्तजन, छरछिमेक, साथीभाइ, नातागोता तथा इष्टमित्रहरूमा जानकारी गराइन्छ।
उहाँको पार्थिव शरीरको अन्त्येष्टि आज बिहान ठीक १०:०० बजे मालुम घाट सिद्धीखोलामा गरिने भएकाले सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
शोकाकुल परिवार
छोरा / बुहारी
• सन्तोष भुजेल / हरिमाया भुजेल
• केशव भुजेल / दुर्गिमाया भुजेल
• घनश्याम भुजेल / कुमारी भुजेल
• छत्र भुजेल / पम्फा भुजेल

🔴 ठाडे खोलामा पलटियो बोलेरो ‼️आज झापा बेलासे हुँदै इलाम जाने सडक अन्तर्गत ठाडे खोला नजिकै बोलेरो जिप दुर्घना ।यात्रूहरू ...
02/08/2026

🔴 ठाडे खोलामा पलटियो बोलेरो ‼️
आज झापा बेलासे हुँदै इलाम जाने सडक अन्तर्गत ठाडे खोला नजिकै बोलेरो जिप दुर्घना ।यात्रूहरू सबै सुरक्षित ।

Ps: Govinda Mishra

HKR Production House द्वारा दुई नयाँ म्युजिक भिडियो विमोचन, दुई नयाँ कलाकारको डेब्युइलाम, साउन १६ – HKR Production House...
01/08/2026

HKR Production House द्वारा दुई नयाँ म्युजिक भिडियो विमोचन, दुई नयाँ कलाकारको डेब्यु

इलाम, साउन १६ – HKR Production House को आयोजनामा शनिबार दुईवटा नयाँ म्युजिक भिडियोको औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको छ।
विमोचन गरिएका म्युजिक भिडियोमध्ये ‘तिर्खाले खोली धाएको’ बोलको गीतमार्फत अंकिता अधिकारीले अभिनय क्षेत्रमा डेब्यु गर्नुभएको छ। यस गीतमा डी.पी. खनालको शब्द, **शंकर थापा ‘स्माइल’**को संगीत तथा सोनिया गोङ्गा र सन्तोष राईको स्वर रहेको छ।
त्यसैगरी ‘यो आँखाले’ बोलको म्युजिक भिडियोमार्फत सिक्कुमा लिम्बूले पनि अभिनय क्षेत्रमा डेब्यु गर्नुभएको छ।
दुवै म्युजिक भिडियोमा चर्चित कलाकार मुकेश गुरुङको अभिनय रहेको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्मा उपस्थित रहनुभएको थियो। उहाँले दुवै म्युजिक भिडियोको औपचारिक विमोचन गर्नुभएको हो।
आयोजकका अनुसार यी दुवै म्युजिक भिडियो छिट्टै दुई फरक YouTube च्यानलमार्फत सार्वजनिक गरिनेछ। भिडियो सार्वजनिक भएपछि हेरेर, शेयर गरी तथा आफ्नो प्रतिक्रिया दिएर कलाकार र निर्माण टिमलाई हौसला प्रदान गरिदिन आयोजकले सबै दर्शक तथा शुभेच्छुकहरूसँग अनुरोध गरेको छ।

Rest in Peace, Nims Dai and team. 🙏Deeply saddened by this heartbreaking loss. Your courage, dedication, and the inspira...
01/08/2026

Rest in Peace, Nims Dai and team. 🙏

Deeply saddened by this heartbreaking loss. Your courage, dedication, and the inspiration you gave to countless people will never be forgotten. May your souls rest in eternal peace, and may God give strength to your family, friends, and loved ones during this difficult time.

Gone too soon, but your legacy will live on forever

Great opportunity for Registered Pharmacists!Bhagya Laxmi Clinic, Harkate, Ilam is hiring 2 Registered Pharmacists. Sala...
01/08/2026

Great opportunity for Registered Pharmacists!
Bhagya Laxmi Clinic, Harkate, Ilam is hiring 2 Registered Pharmacists. Salary ranges from NPR 24,700–35,000 depending on accommodation. Immediate joining, performance-based increments, and long-term career growth. Contact: 9863010631.

01/08/2026

संगीत अनि संगीतको जादुगर ।

चिन्नुहुन्छ ?

Address

Ilam
57300

Telephone

+9779762995836

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Harkate Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine Of Harkate Banda:

Shortcuts

Share