Film Journalist Association Nepal Ilam

Film Journalist Association Nepal Ilam पर्यटन प्रवर्द्धनको आधार
युवा माझ चलचित्र पत्रकार

28/10/2026
सर्ट फिल्म ‘काजु’ निर्माण टिमलाई हार्दिक बधाई तथा शुभकामनाअन्वेश थुलुङ राईको निर्देशन तथा लेखनमा निर्माण भइरहेको सर्ट फि...
02/10/2026

सर्ट फिल्म ‘काजु’ निर्माण टिमलाई हार्दिक बधाई तथा शुभकामना

अन्वेश थुलुङ राईको निर्देशन तथा लेखनमा निर्माण भइरहेको सर्ट फिल्म ‘काजु’ को छायांकन सम्पन्न हुनु नेपाली, विशेषगरी इलामको स्थानीय चलचित्र तथा सिर्जनात्मक क्षेत्रमा एउटा सकारात्मक उपलब्धि हो।

चौथो हप्तामा ‘पेन्सन पट्टा’,  काठमाडौंमा कलाकार–पत्रकारको ‘मिट एन्ड ग्रिट’काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको च...
02/10/2026

चौथो हप्तामा ‘पेन्सन पट्टा’, काठमाडौंमा कलाकार–पत्रकारको ‘मिट एन्ड ग्रिट’

काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । रिलिजको २२औँ दिनसम्म पनि दर्शकको उत्साहजनक सहभागिता कायम रहेपछि चलचित्रको निर्माण टिमले शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा चलचित्रलाई साथ, सहयोग र माया दिने सञ्चारकर्मी तथा दर्शकलाई धन्यवाद दिँदै चलचित्रका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा निर्देशक, कलाकार तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले कलाकार, पत्रकार र दर्शकको साथ–सहयोगकै कारण ‘पेन्सन पट्टा’ले सफलता हासिल गरेको बताए । चलचित्रले यति धेरै सफलता पाउँछ भन्ने आफूले सुरुवातमा नसोचेको उल्लेख गर्दै उनले दर्शकको ‘माउथ पब्लिसिटी’ नै चलचित्र सफल हुनुको प्रमुख आधार बनेको बताए । ‘पेन्सन पट्टा’को कथामा आफूले लामो समय र मेहनत खर्चिएको बताउँदै गुरुङले दर्शकले कथालाई मन पराइदिँदा आफ्नो मेहनत सार्थक भएको बताए ।

चलचित्रका अभिनेता दयाहाङ राईले ‘पेन्सन पट्टा’को कथालाई दर्शकले आफ्नै परिवार र समुदायसँग जोडेर हेर्न थालेकाले चलचित्रले दर्शकको साथ पाएको बताए । कथा बलियो भएकै कारण त्यसअनुसार पात्र र कलाकारको भूमिका पनि प्रभावकारी बनेको उनको भनाइ थियो । चलचित्र सफल बनाउन यसको सम्पूर्ण टिमको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

कलाकार पुस्कर गुरुङले ‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी चलचित्र भएकाले दर्शकले आत्मसात गरेको बताए । समयअनुसारको कथालाई दर्शकले आफ्नै जीवन र परिवेशसँग जोडेर हेरेको उनको भनाइ थियो ।

त्यस्तै, कलाकार बुद्धि तामाङले आफू सानो भूमिकामा भए पनि चलचित्रमा आबद्ध हुन पाउनु र ‘पेन्सन पट्टा’लाई दर्शकले रुचाउनु खुसीको विषय भएको बताए । उनले चलचित्रको सफलतालाई दर्शकको मायासँग जोडे ।

कलाकार विश्वास गुरुङले चलचित्र सफल भएपछि दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनु आफ्ना लागि सुनौलो अवसर भएको बताए । दर्शकसँग प्रत्यक्ष भेटेर उनीहरूको प्रतिक्रिया सुन्न पाउँदा आफू थप उत्साहित भएको उनको भनाइ थियो ।

अभिनेत्री अनुसा राईले ‘पेन्सन पट्टा’मा काम गर्न पाउनु नै आफ्ना लागि खुसीको विषय भएको बताइन् । चलचित्रमा आफूले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएको र हलमै पुगेर दर्शकको प्रतिक्रिया प्रत्यक्ष अनुभव गर्न पाउँदा निकै प्रफुल्लित भएको उनले उल्लेख गरिन् ।

चलचित्रका कलाकार तथा सहायक लेखक सुरज तमुले कथाअनुसार पात्रको भूमिका र दर्शकको निरन्तर साथकै कारण चलचित्रले सफलता पाएको बताए । आफूहरू सिनेमा हलमा पुग्दा दर्शकहरू पटक–पटक ‘पेन्सन पट्टा’ हेर्न पुगेको देख्दा उत्साहित भएको उनले बताए ।

चलचित्र प्रदर्शनको चौथो हप्तासम्म पनि दर्शकको उत्साह कायम रहँदा निर्माण टिम थप उत्साहित बनेको छ । सामाजिक यथार्थ र पारिवारिक कथावस्तुलाई केन्द्रमा राखिएको ‘पेन्सन पट्टा’ले दर्शकको प्रतिक्रियाबाट आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छ ।

26/09/2026

"बा एक याेद्धा" हेरेर के भने दर्शकले ?

इलाममा भाेली १० गते शनिबार ।
25/09/2026

इलाममा भाेली १० गते शनिबार ।

यी चलचित्रहरू आउँदैछन् ।
24/09/2026

यी चलचित्रहरू आउँदैछन् ।

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणाकाठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित...
05/06/2026

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ।

संघले सार्वजनिक आह्वान जारी गर्दै चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा २०८३ साल असोज २३ गतेभित्र तयार गरी [email protected] मा पठाउन सक्नेछन्।

प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्मको हुनुपर्नेछ। प्राप्त सामग्रीमध्ये संघद्वारा गठित छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ तथा दुई जना सान्त्वना विजेतालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।

प्रतियोगितामा सहभागी सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ। संघका सदस्यहरू तथा मौलिक लेखनलाई प्राथमिकता दिइने बताइएको छ।

संघका महासचिव गोपीकृष्ण चापागाईंले चलचित्र पत्रकारिताको गुणस्तरीय विकास र सिर्जनशील लेखन संस्कृतिलाई सुदृढ बनाउन आयोजित प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण चलचित्र पत्रकारहरूलाई आग्रह गरेका छन्।

05/06/2026
आफ्नो २७ औं स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान ग...
23/05/2026

आफ्नो २७ औं स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले प्रत्येक बर्षको जेठ ७ गते आफ्नो स्थापना दिवससँगै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सोहि अवसरमा चलचित्र पत्रकारितामा योगदान पुर्‍याउँदै आएका ६ जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

बिहीबार काठमाडौंस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा 'राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३' अन्तर्गत ५५ हजार ५ सय ५५ रूपैयाँ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरियो । त्यस्तै, 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३' जयन सुब्बा मानन्धर र कुबेरराज गिरीलाई प्रदान गरियो ।

यस्तै 'राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३' अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने 'स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३' अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित सुरक्षा भट्टराई सम्मानित भइन् ।

राष्ट्रिय 'चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान २०८३' अन्तर्गत २५ हजार रूपैयाँ राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो।

Address

Koshi Province
Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Film Journalist Association Nepal Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category