23/07/2026
NCCAAN झापा जिल्ला समितिद्वारा Disaster Management तथा Snake Bite Prevention Demonstration कार्यक्रम एवं जिल्ला कार्यसमिति पूर्णगठन सम्पन्न ।
१. मिति २०८३/०४/०४ गते दिउँसो १:३० बजे, श्री अरिदमन गण, चारआली, झापामा एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपाल (NCCAAN), झापा जिल्ला समितिको आयोजनामा Disaster Management and Snake Bite Prevention Demonstration कार्यक्रम तथा जिल्ला कार्यसमिति पूर्णगठन कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको उद्देश्य विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै NCCAAN झापा जिल्ला समितिलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउनु रहेको थियो।
२. कार्यक्रम दिउँसो १:३० बजेदेखि ४:०० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा ८ वटा विद्यालयका क्याडेट तथा शिक्षक गरी जम्मा १३३ जना, NCCAAN का १९ जना सदस्य तथा ६ जना अतिथिहरूको सहभागिता रहेको थियो। श्री अरिदमन गणका गणपति प्रमुख सेनानी श्री सरोज थापा ज्यूको अध्यक्षतामा Snake Bite Prevention सम्बन्धी कक्षा सञ्चालन गरिएको थियो। तत्पश्चात् Sponsor, Guest तथा Commanding Officer श्री सरोज थापा ज्यूलाई Token of Love प्रदान गरी सम्मान गरिएको थियो। खाजापछि Disaster Management Demonstration सञ्चालन गरी विद्यालयका क्याडेटहरूलाई सहभागी गराइएको थियो। साथै कोशी प्रदेश सदस्य रोसव श्रेष्ठ तथा पूर्वी निर्देशक रेजिना वनको उपस्थितिमा NCCAAN को विधान, २०७५ को दफा ७(१)(क) र (ख) बमोजिम झापा जिल्ला कार्यसमितिको पूर्णगठन सम्पन्न गर्दै निर्देशक सुमीरन दुलाल, सहनिर्देशक प्रज्ञान दाहाल, १५ जना सदस्य तथा ७ जना सल्लाहकार चयन गरिएको थियो।
३. कार्यक्रम श्री अरिदमन गण, चारआली, झापाको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री अरिदमन गण, प्रशिक्षकहरू, अतिथिगण, Sponsor, NCCAAN का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, सहभागी विद्यालयहरू र सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै नवगठित झापा जिल्ला कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप सक्रिय, सुदृढ र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।