हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar”

  • Home
  • Nepal
  • Jajarkot
  • हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar”

हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar” It is the page of kudu"s youth as well as all people's

जाजरकोट भेरी नगरपालिका वडा नंः २ रिसाङको बस्ती नै “Red Zone” मा । आज दीनभर बर्षाको कारण धेरै ठाऊमा पहीरो गयर घर परिवार न...
15/08/2026

जाजरकोट भेरी नगरपालिका वडा नंः २ रिसाङको बस्ती नै “Red Zone” मा । आज दीनभर बर्षाको कारण धेरै ठाऊमा पहीरो गयर घर परिवार नै बिस्तापीत भयको खबर आयको छ र केही मानीस हरुको मृत्यु र केही घाईते भयको खबर छ । जो जहां हुनुहुन्छ सुरक्छीत रहनुहोला ॥

 सरकारी आवासको शौचालयमा अचेत भेटिएकी चन्द्रा सिंहको रहस्यमय मृत्युपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविल...
03/08/2026


सरकारी आवासको शौचालयमा अचेत भेटिएकी चन्द्रा सिंहको रहस्यमय मृत्युपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविलाल बी.सी. पक्राउ परेका छन् ।

श्रीमानको किटानी जाहेरी र फेसबुक च्याटमा भेटिएका केही शंकास्पद संवादपछि अनुसन्धानको सुई उनीतर्फ मोडिएको सुर्खेत प्रहरीले जानकारी दिएको हो ।

⚽🏆 चौजाहारी Sports House द्वारा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा रोमाञ्चक प्रदर्शन!ड्रागन FC कुदु vs चौजाहारी Spor...
02/08/2026

⚽🏆 चौजाहारी Sports House द्वारा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा रोमाञ्चक प्रदर्शन!
ड्रागन FC कुदु vs चौजाहारी Sports House बीचको फाइनलमा आशिष सुनारले पहिलो गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा ड्रागन FC कुदुले उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल गर्न सफल भयो भने चौजाहारी Sports House ले १ पेनाल्टी मिस गर्दै ४ गोलमा सीमित रह्यो।
यससँगै ड्रागन FC कुदुले प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्न सफल भयो। 🏆🔥
साथै, ड्रागन FC कुदुका गोलकिपर तिलक JR ले उत्कृष्ट प्रदर्शन गर्दै “Best Goalkeeper” अवार्ड जित्न सफल भए। 🧤👏
बधाई छ सम्पूर्ण टिमलाई! 💙⚽ #

02/08/2026

2084 को तयारी के छ तपाई हरुको ???

निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ । दल त्याग गरी पार्टीको विधा...
31/07/2026

निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित ६ जना जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ । दल त्याग गरी पार्टीको विधान विपरीत कार्य गरेको भन्दै एमाले केन्द्रीय सचिवालयको निर्णयका आधारमा आयोगले उनीहरू निर्वाचित भएको पद रिक्त भएको सूचना जारी गरेको हो ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पार्टीको सिफारिसको आधारमा निर्णय लिएको सूचनामाा जनाएको छ ।

पदमुक्त भएकाहरूमा एकजना मेयर, ४ वडाध्यक्ष र १ जना वडा सदस्य छन् ।

पदमुक्त भएकाहरूको विवरण-

१. प्रेमलाल शाह कानु: नगर प्रमुख, देवाही गोनाही नगरपालिका, रौतहट ।

२. राम प्रवेश प्रसाद कुर्मी: वडा अध्यक्ष (वडा नं. ४), देवाही गोनाही नगरपालिका, रौतहट ।

३. योगेन्द्र प्रसाद सुवेदी: वडा अध्यक्ष (वडा नं. ३), बेलबारी नगरपालिका, मोरङ ।

४. दल बहादुर राना: वडा अध्यक्ष (वडा नं. १०), भेरी नगरपालिका, जाजरकोट ।

५. दिनेश कुमार राई: वडा अध्यक्ष (वडा नं. १४), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ ।

६. प्रदीप आचार्य: वडा सदस्य (वडा नं. ४), खोटेहाङ गाउँपालिका, खोटाङ ।

16/07/2026

भेरी नगरपालिका १३ जाजरकोटको वार्ड कार्यसमितिको ४ बर्षको कार्यकालमा उहाँहरुले गरेको काम, कर्तव्य, बिकास, सुशासनको आधारमा तपाई कति प्रतिशत सन्तुष्टि हुनुहुन्छ ?

जस्मा जननिर्वाचित वडा समिती यस्तो रहेको छ ।
[ १ ] अध्यक्ष -यज्ञ बहादुर बटाला
[ २ ] महिला सदस्य काली खत्री ( कार्यपालिका सदस्य)
[ ३ ] महिला सद्स्य सुशिला सुनार
[ ४ ] सदस्य- कुसल बस्नेत
[ ५ ] सदस्य निरज आचार्य ( क ) 5%
( ख ) 30%
( ग ) 50%
( घ ) 70%

आजको सन्धर्ब-कुदु समाचार ,सार्वजनिक ठाउँ, सडक वा चोकको नाम कुनै एक व्यक्ति वा समूहले आफैं घोषणा गरेर आधिकारिक बनाउन मिल्...
15/07/2026

आजको सन्धर्ब-कुदु समाचार ,सार्वजनिक ठाउँ, सडक वा चोकको नाम कुनै एक व्यक्ति वा समूहले आफैं घोषणा गरेर आधिकारिक बनाउन मिल्दैन। यस्तो नामकरण सम्बन्धित सरकारी निकाय (जस्तै स्थानीय तह—नगरपालिका वा गाउँपालिका) ले कानुन र निर्धारित प्रक्रिया अनुसार निर्णय गरेर मात्र आधिकारिक हुन्छ।

तर सर्वसाधारणले भने:

नयाँ नामको प्रस्ताव गर्न सक्छन्।
हस्ताक्षर संकलन गरेर वा निवेदनमार्फत स्थानीय सरकारलाई अनुरोध गर्न सक्छन्।
सार्वजनिक छलफलमा आफ्नो राय दिन सक्छन्।

अन्तिम निर्णय भने सम्बन्धित स्थानीय सरकार वा कानुनले तोकेको निकायले गर्छ। त्यसैले, कसैले सार्वजनिक रूपमा कुनै चोकको नाम घोषणा गरे पनि, सरकारी स्वीकृति नहुँदासम्म त्यो औपचारिक वा कानुनी रूपमा मान्य हुँदैन।

23/06/2026

एक दिनको मेहनत, वर्षभरिको आशा 🌾
भे.न.पा १३ कुदु – हाम्रो गर्व, हाम्रो पहिचान।”❣️

सुवर्ण अवसर! सुवर्ण अवसर!सुवर्ण अवसर!२०३२ सालमा स्थापना भएको यश भगवती मा. वि. ले २०८३ साल असार १ गते कक्षा ११ काे अनुमति...
20/06/2026

सुवर्ण अवसर! सुवर्ण अवसर!सुवर्ण अवसर!

२०३२ सालमा स्थापना भएको यश भगवती मा. वि. ले २०८३ साल असार १ गते कक्षा ११ काे अनुमति पाएकाे छ । झन्नै ५२ बर्षमा यस बिद्यालयकाे स्तर उन्नति गराउन सहयोग गर्नु हुने १३ नम्बर बासीले कहिले नि भुल्न नमिल्ने उर्जाशिल र विकासवादी युवा नेता भेरी नगरपालिका प्रमुख अादरणीय ब्यक्तित्व चन्द्र प्रकाश घर्ती (सि. पि.) नि. प्रमुख प्रशासकीय अधिकृत अादरणीय ब्यक्तित्व श्री दलबहादुर घर्ती त्यसै गरि शिक्षा शाखा प्रमुख प्रमाेद बिष्ट , चित्र अाेली र प्रेम के सी सर हरूलाई हाम्रो बिद्यालय परिवारले हृदय देखिनै धन्यवाद तथा अाभार ब्यक्त गर्दछौं। यश कार्यमा अहाेरात्र खट्टिएर सफल बनाउनु हुने तपाईं शिक्षक शिक्षिका ,अभिभावक , राजनैतिक दल वडा सरकार लगाएत तपाईं सम्पूर्ण सराेकारवाला निकायहरूलाई नि धन्यवाद दिदै पढ्ने ईच्छुक भाईबहिनीहरूले छिटोभन्दा छिटो भर्ना भई दिन हार्दिक अनुरोध गर्दछौं धन्यवाद !!!

Address

Bheri Municipality 13 Jajarkot
Jajarkot
21500

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो सुन्दर कुदु बजार “Hamro Sunder Kudu Bazar” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category